Monday, December 10, 2007
राष्ट्रवादीलाई समेट्नुपर्ने भनाइ समयसापेक्ष
काठमाडौँ, मङ्सिर २३ गते । मुलुकमा विद्यमान राजनीतिक गतिरोधको अन्त्यका लागि संसद्वादी दल, माओवादी र राजाको वरपर रहेका राष्ट्रवादीबीच एकता हुनुपर्छ भन्ने नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डको अभिव्यक्ति यतिखेर मुलुकको राजनीतिको प्रमुख बहसको विषय बनेको छ । ससंद्वादी दल, अन्य राजनीतिक दलका नेताहरू, नागरिक समाज र राजनीत्रि्रति चासो राख्नेहरूले समेत प्रचण्डको यो भनाइको वरिपरि रहेर आफ्नो अभिव्यक्ति दिने लहर यतिखेर खुबै चलेको छ । नेपाल पत्रकार महासङ्घले गत मङ्गलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोधको अन्त्यका लागि संसद्वादी दल, माओवादी र राजाको वरपर रहेका राष्ट्रवादीबीच एकता हुनर्ुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँले राजा किनारा लागिसकेको अवस्थामा राष्ट्रको समस्या समाधान गर्न आफूहरू, संसद्वादी दल र राष्ट्रवादी शक्तिबीच एकता आवश्यक भएको र त्यसको विकल्प नभएको समेत बताउनुभएको थियो । प्रचण्डको यो अभिव्यक्तिलाई नेपाली काङ्ग्रेसलगायतका केही दलका नेताले निकै संवेदनशील भएको बताएका छन् तर अध्यक्ष प्रचण्डको भनाइलाई तोडमोड गर्न अनुचित भएको र राजा नरहेको अवस्थामा विगतमा राजासँग नजिक भएका व्यक्तिलाई गणतन्त्रमा स्थान दिनर्ुपर्छ भन्ने भनाइ उपयुक्त र समयसापेक्ष भएको राजनीतिक दल र नागरिक समाजका व्यक्तित्वहरूले बताउनुभएको छ । राजनीतिक गतिरोध जटिल हुँदै गएको र विदेशी चलखेलसमेत बढेको अवस्थामा विगतमा राजासँग निकट रहेका राजावादीलाई समेत समेटेर अघि बढ्नु अहिलको आवश्यकता भएको पनि उहाँहरूले बताउनुभएको छ । नेकपा -माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल मुलुक गणतन्त्रमय भइसकेको अवस्थामा विगतमा राजाको शासनकालमा सहयोग गर्ने सेना, सुरक्षा निकाय, कर्मचारी र राजनीतिक दल निकट रहेका व्यक्तिहरूलाई पनि गणतन्त्रमा समेटिनर्ुपर्छ भन्ने अध्यक्ष प्रचण्डको भनाइ रहेको र त्यसलाई अन्यथा लिन नहुने बताउनुहुन्छ । राजतन्त्र कायम रहनर्ुपर्छ भन्नेसँग कुनै एकता नहुने र उनीहरू जनविरोधी, देशद्रोही र अपराधी भएको उल्लेख गर्दै उहाँले गणतन्त्र पक्षधर शक्तिसँग भने सहकार्य हुनसक्ने प्रचण्डको अभिव्यक्ति भएको नेता गजुरेलले बताउनुभयो । विगतमा सहयोग गरेनन् भनेर राजाको शासनकालमा काम गरेका कर्मचारी र राजाको निकट रहेकालाई गणतन्त्रमा पनि राजालाई जस्तै व्यवहार गर्न नसकिने उहाँ बताउनुहुन्छ । व्यवस्थापिका-संसद्का सदस्य कुमार फुदुङ प्रचण्डको अभिव्यक्ति समयसापेक्ष भएको टिप्पणी गर्नुहुन्छ । नेपालको मामिलामा विदेशी मुलुकको हस्तक्षेप नहोस् र मुलुकमा सहज रूपमा गणतन्त्र स्थापना होस् भन्नका लागि प्रचण्डको यो अभिव्यक्ति आएको र रणनीतिक हिसाबले यो निकै महìवपर्ूण्ा रहेको बताउनुहुन्छ । नेपालको राजनीतिक मामिलामा हस्तक्षेप गर्ने र वर्तमान सरकारको नेतृत्वलाई समेत यो अभिव्यक्ति चुनौतीपर्ूण्ा हुने अनुमान उहाँ गर्नुहुन्छ । विगतमा राजासँग नजिक रहेका व्यक्तिहरूमध्ये गणतन्त्र पक्षधर शक्तिसँग सहकार्य गर्ने माओवादीको भावी योजना स्वाभाविक भएको उहाँको भनाइ छ । राजा नरहने अवस्थामा राजासँग निकट रहेका व्यक्तिमध्ये कोही काम लाग्ने छन् भने उनीहरूलाई सँगै लैजाउँ भन्ने माओवादी अध्यक्षको भनाइ रहेको प्रा.डा.माणिकलाल श्रेष्ठ बताउनुहुन्छ । राष्ट्रियताको संरक्षणका लागि माओवादीले राजासँग निकट रहेका व्यक्तिहरूसँग सहकार्य गर्न खोजेको उहाँ स्पष्ट गर्नुहुन्छ । राजासँग र सेनामा भएका सबै व्यक्तिहरू राजावादी नरहेको अवस्थामा गणतन्त्र पक्षधर शक्तिसँग सहकार्य गर्न सकिने उहाँले बताउनुभयो । २०३२ सालमा पनि राजा वीरेन्द्रको आग्रहमा राष्ट्रियताको संरक्षणका लागि मनमोहन अधिकारीलगायतका कम्युनिस्ट नेताहरूको राजनीतिक असहमतिका बीच पनि राजासँग कार्यगत एकता भएको उहाँले खुलासा गर्नुभयो । राजासँग घाँटी जोडिएको छ भन्ने बीपी कोइरालाको पार्टर्ीीेपाली काङ्ग्रेस र त्यसका नेताले विगतमा राजाको वरिपरि रहेका शक्तिसँग सहकार्य गर्न सकिने प्रचण्डको अभिव्यक्तिको आलोचना गर्नु अर्थहीन रहेको प्रा.श्रेष्ठ बताउनुहुन्छ । माओवादीको राजसंस्थासँग विगत र हाल पनि भएका सबै व्यवहार खुला भएको अवस्थामा हाल प्रचण्डको अभिव्यक्तिलाई लिएर माओवादीलाई जानाजान बदनाम गर्न खोजिएको उहाँ बताउनुहन्छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment