Tuesday, December 4, 2007

माओवादी सेना अब शिविरमा फर्किन्न .

'चित्त नबुझेपछि भागेर आएको हुँ, अब शिविरमा फर्किन्न पाए सेनामा जागिर खान्छु नत्र गाउँ फर्कन्छु ।' चितवनको जुटपानी स्थित माओवादी जनमुक्ति सेनाको शिविरबाट भागेर नेपाली सेनामा जागिर माग्दै काठमाण्डौ स्थित छाउनी ब्यारेक आईपुगेका माओवादी छापामार दिपक सुन्दासले सोमवार महानगरिय प्रहरी ब्रित्त सिंहदरवारमा यस्तो बयान दिनुभयो ।
सामान्य चप्पल र मैला लुगा लगाएका सुन्दासले शिविरमा आफ्नो पदिय हैसियत स्पष्ट पार्दै भन्नु भयो , 'म त्यहाँ सहायक प्लाटुन कमाण्डर थिएँ । चित्त बुझेन अनि भागेर हिडेको हुँ ।' जुटपानी शिविरमा एक बर्ष देखि बस्दै आएका सुन्दासले अहिलेसम्म आफुले तलव भत्ता केहि नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नु भयो, ' तलव भत्ताको के कुरा , खान बस्न नै गाह्रो छ । ' जागिर माग्दै छाउनी व्यारेका आई पुग्नु भएका सुन्दासलाई सुन्दासलैइ सैनिक प्रहरीले सोमवार महानगरिय प्रहरी ब्रित्त सिंहदरवारमा ल्याएर जिमा लगाएको हो ।
ब्रित्तका प्रहरी निरिक्षक दीपेन्द्र जीसीले भन्नुभयो, "उहाँ अहिले हाम्रो जिम्मामा आउनु भएको छ । हामी परिवार तथा आफन्त पत्ता लगाएर उहाँलाई बुझाउछौं । " सुन्दासलाई बुझाउन आएका सैनिक प्रहरीले भने,' जागीर खान भनेर व्यारेकको गेटमा आएको देखे पछि उहाँलाई सुरक्षाको लागि हामीले प्रहरीमा ल्याएर बुझाएका हौं । " सुन्दासले आफ्नो घर सिन्धुपाल्चोक जिल्लाको सिलाङमा रहेको बताउनु भयो । ' उहाँ २०६१ सालमा माओवादीमा प्रवेश गर्नु भहेको थियो ।
सुन्दासले विगतमा आफुले थानकोट प्रहरी चौकी आक्रमण लगायत १५ वटा आक्रमण सहभागी भएको जानकारी दिनु भयो । उहाँले भन्नु भयो , " लड्न त धेरै ठाउँमा लडियो तर अहिले सम्म चित्त बुझेको छैन । " उहाँका अनुसार अहिले माओवादी शिविर बाट भाग्ने हरुको संख्या अत्यधिक रहेको छ ।

No comments: