Friday, April 4, 2008

कसले जित्दा कसले हार्ने

काठमाडौं, चैत २१ - माओवादी अध्यक्ष प्रचण्डले बुधबार टु“डिखेलको चुनावी सभामा भने- 'एमाले र कांग्रेसले हारे अमेरिका र भारतले हार्छन् ।'
अमेरिकाविरोधीका रूपमा चिनिएका भेनेजुएलाका राष्ट्रपति ह्युगो चाभेजले केही महिनाअघि जनमतसंग्रहमा यस्तै नारा दिएका थिए । उनले भनेका थिए- 'मलाई भोट नदिनु भनेको अमेरिका र जर्ज बुसलाई जिताउनु हो ।'
संविधान संशोधन गरेर बढी शक्ति लिने चाभेजको प्रयास निर्वाचनमा पराजित भयो । यसपछि नीति विश्लेषणमा नामी बेलायती साप्ताहिक 'दी इकोनोमिस्ट' ले टिप्पणी गर्दै लेख्यो- 'बिनाप्रयास बुसले भेने जुएलामा निर्वाचन जिते ।' कांग्रेस र एमालेले जनताको मत पाए यस्तै टिप्पणी हुनेछ ।
अमेरिकाको जति विरोध गरे पनि माओवादी अध्यक्ष प्रचण्डले विश्व बैंकका उपाध्यक्षस“ग ४ पटक भेटे, पर्ूव अमेरिकी राष्ट्रपति कार्टरस“ग हात मिलाए, भारतीय राजदूतलाई पटकपटक भेटे र युरोप भ्रमण
गरे । व्यवहार जे भए पनि वापमन्थीहरूको अमेरिका विरोध नया“ होइन । छिमेकी भारतसहित विश्वभरका वामपन्थीहरूले दिने समान नारा छ । उनीहरू अमेरिकालाई 'साम्राज्यवादी' का रूपमा चित्रण गर्छन् ।
चार दिनअघि एमाले महासचिव माधवकुमार नेपालले यही मञ्चमा 'कम्युनिस्ट कब्जा हु“दैन' भन्दै पोलपोटलगायत कम्युनिस्ट तानाशाहीको विरोध गरेर आफूलाई फरक धारमा उभ्याए । त्यहा“ उनले माओवादीप्रति पनि आक्रामक अभिव्यक्ति दिए । यसअघि नेेेपालले सात दलको एकता अझै चाहिने र्सार्वजनिक गरेका थिए । केन्द्रीयस्तरका आमसभा नगरेको कांग्रेसले पनि अर्को पार्टर्ीीे विरोध गर्न पछि छैन । पार्टर्ीी आरोप प्रत्यारोपमा जनताका सवाल ओझेलमा छन् ।
पार्टर्ीीबीच देखिएको तीक्तता कम गर्न हालैको दसबु“दे सम्झौताले केही सघाएको छ । अझै देशको मूल मुद्दामा भने ऐक्यबद्धता आउन सकेेको देखि“दैन ।
निर्वाचन अनुगमनको बझाङको अनुभव सुनाउ“दै अर्थ सचिव -राजस्व) रामेश्वर खनाल भन्छन्- 'मैले द्वन्द्वमा नेपाल छाडेका थुप्रै युवालाई बाटोमा भेटे । उनीहरूको माग शान्ति र रोजगारी थियो ।' खनाल भन्छन्- सामान्य साक्षर यी युवालाई कसरी रोजगारी दिने यो चुनौती छ ।
गणतन्त्र र राजनीतिक अग्रमन निर्वाचनमा पार्टर्ीीको राजनीतिक मुद्दा हो । पछिल्लो जनआन्दोलनपछि यी स्थापित मान्यता भइसकेका छन् । जनता यसभन्दा बढी संविधानसभाले धेरै कुरा दिन्छ भन्ने बुझाइमा छन् । आमजनताको पहिलो र्सत भनेको शान्ति हो । शान्ति दिनेलाई जनता भोट दिन चाहन्छन् । यसपछि रोजगार, विकास, मह“गी नियन्त्रण आम जनताका सवाल हुन् ।
पार्टर्ीीका घोषणापत्रमा देशलाई संघीय बनाउनेदेखि १० वर्षा १० हजार मेघावाट विद्युत् उत्पादन, भूमिसुधारसम्मका प्रतिबद्धता छन् । विगतका निर्वाचनमा पनि यस्ता नारा आउ“थे । उपभोक्ताले अहिले चर्को मूल्यवृद्धिको सामना गर्नुपरेको छ । केही महिनायता चामल, खाने तेल, दाललगायतका वस्तुको मूल्य ३० प्रतिशतसम्म बढेको छ । सीमित र न्यून आय भएका परिवारलाई मूल्य वृद्धिले पिरोलेको छ । आम जनता यी सब कुरा बिर्सर्ेेचुनावी अभियानमा सरिक भएका छन् । बुटवल बजारमा भेटिएका युवा चुनावप्रति उत्साहित थिए । तर उनको गुनासो थियो- 'चुनाव उठ्नेमा पुराना पनि छन् उनीहरूले हाम्रा लागि केही गर्लान् र - ती युवाको चाहना पनि रोजगार नै थियो । सुनसरीका मतदाताले पनि विकास र रोजगारी चाहेका थिए । मोरङमा दर्ुइ पर्ूवअर्थमन्त्री चुनावी मैदानमा छन् । उनीहरूस“ग पनि जनताले जागिर र विकासै मागे । काठमाडौं-१ मा धेरै गृहिणीको चाहना खानेपानीको अभाव नहोस् भन्ने छ । यस क्षेत्रका उम्मेदवारस“ग मतदाताले खानेपानी मागेका थिए । खप्तडको उकालोमा गाईबस्तु गोठालो लाग्दै गरेका वृद्धको भनाइ उद्धृत गर्दै खनालले भने- 'तल बिजुली र सडक आएको छ भन्छन् । आफूले देखेको छैन । यहा“सम्म आए हाम्रो विकास हुन्थ्यो कि ।'

'मुलुक परिवर्तनको नेतृत्व काँग्रेसको काँधमा'-उपसभापति पौडेल

पोखरा, २२ चैत/ नेपाली काँग्रेसका उपसभापति तथा शान्ति मन्त्री रामचन्द्र पौडेलले नेपाली काँग्रेसको अग्रसरता विना मुलुकको स्थायी शान्ति असम्भव रहेको बताउनुभएको छ । 'नेपाली काग्रेसकै अग्रसरतामा मुलुकमा धेरै परिवर्तनहरु भएका छन् ।' कास्कीका विभिन्न ठाउँमा भएका चुनावी सभालाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो-'कम्युनिष्टहरु समस्या झिक्न सक्छन्, तर समाधान गर्न सक्दैनन् ।' लोकतान्त्रिक निकासको लागि काँग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गर्दै उपसभापति पौडेलले काँग्रेस बाहेक अन्य दलको नेतृत्व सम्भवना नभएको दावी गर्नुभयो । थारुहट, लिम्बुवान, खुम्बुवान, मधेको समस्याको समाधान नेपाली काँग्रेसले गरेको स्पष्ट पार्दै उहाँले काँग्रेसकै नेतृत्व अहिले पनि जनताले चाहेको ठोकुवा गर्नुभयो । 'कम्युनिष्टहरु समस्या उब्जाउँछन, जनतालाई भड्काउँछन र अन्त्यमा आफैं गुटमुटिन्छन् ।' पौडेलेको भनाई थियो-'काँग्रेसकै नेतृत्वको कारण चुनाव हुन लागेको हो ।'उहाँले संविधान सभा प्रजातन्त्र बचाउन अग्निपरीक्षाको रुपमा रहेका बताउँदै मुलुकमा दिगो शान्ति र स्थायितत्वको लागि काँग्रेसले नै जित्नुपर्ने जिकिर गर्नुभयो । 'महिल दलित, जनजातिको प्रतिनिधित्व एवं अधिकार सुनिश्चित गर्न काँग्रेसको बहुमत आउनुपर्छ ।' उहाँले भन्नुभयो-'अन्यथा जनताले चाहेजस्तो संविधान आउन असम्भव छ ।' मन्त्री पौडेलले महिला दलित र जनजातिको आवाजलाई उठाउन काम प्रतिनिधि सभाले गरेका प्रसंग उठाउँदै प्रतिनिधि सभा पनि काँग्रेेसकै पहलमा भएको स्पष्ट पार्नुभयो । 'लोकतन्त्र चाहनेले काँग्रेसमा भोट हाल्नुपर्छ ।' उहाँले भन्नुभयो-'काँग्रेसले नजिते अधिनायकवाद आउँछ ।' मन्त्री पौडेलले चैत २८ गतेको चुनाव फुत्किएको अवस्थमा मुलुक युगौंयुग पछि धेकेलिने बताउँदै तानाशाही र्फकने जानकारी दिनुभयो । 'चुनाव लोकतन्त्र र अधिनायक बीचको लडाँइ हो ।' उहाँले भन्नुभयो-'तर केहीले मुकुण्डो भिरेर तानाशाही फर्काउन खोजेका छन्, लोकतन्त्र बचाउन जनता जागरुक हुनुपर्छ।'

मादक पदार्थ बिक्रीमा रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले निर्वाचन हुने दिनभन्दा तीन दिनअगाडिदेखि तीन दिनपछिसम्म होटल, पसल, रेस्टुरेन्टसमेतका र्सार्वजनिक स्थलमा मादक पदार्थ बिक्री-वितरण तथा सेवन गर्न रोक लगाएको छ। र्सार्वजनिक स्थलमा लाठी, खुकुरी, भालालगायतका हातहतियार बोकी प्रदर्शन गर्ने, उत्तेजना तथा त्रास फैलाउनेजस्ता कार्य गर्न पनि स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी रोक लगाइएको कार्यालयले जनाएको छ। सोअनुसार चैत २५ देखि आगामी २०६५ वैशाख १ गतेसम्म ती काम गर्न पाइनेछैन।कसैले सो आदेशको बर्खिलाप हुने गरी मादक पदार्थको बेचबिखन तथा सेवन गरेमा र हातहतियार लिई हिँडेमा कानुनबमोजिम कारबाही हुने जनाइएको छ।

नेपालको दुवै टिम विजयी

प्रथम इन्डो-नेपाल अन्तर्राष्ट्रिय ट्वान्टी-२० क्रिकेट सिरिजको बिहीबार नेपालको यु-१९ र सिनियर टिमले विजय पाएका छन्।अल इन्डिया ट्वान्टी-२० क्रिकेट फेडेरेसनविरुद्धको सिरिजमा यु-१९ तर्फ४० रनको विजय पाएको नेपालले सिनियरमा १ सय ८ रनको विजय नतिजा निकाल्यो। यु-१९ को विजयमा पवन दासले ४९ र धनबहादुर कार्कीले ४८ रन तथा सोनाम गौतमले ४ र रितेश सिंहले ३ विकेटको योगदान गरेका थिए।त्यस्तै सिनियरमा महबुब आलमले अलराउन्ड प्रदर्शन गरेपछि नेपालको विजय सहज बन्यो। उनले अर्द्धशतक (५३) बनाउनुका साथै ३ विकेट पनि लिएका थिए। यशवन्त सुवेदीले ४० र राहुल विकले ३६ रनको थप योगदान दिए।

Wednesday, April 2, 2008

चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने

भद्रपुर, २० चैत । आसन्न संविधानसभा निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न गर्नका लागि झापा जिल्लामा चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सो अनुसार, नेपाल प्रहरी १ हजार ३११ र म्यादी प्रहरी एक हजार ५२९गरी नेपाल प्रहरीको तर्फबाट दुई हजार ८४० जना परिचालन गरिनेछ ।त्यसैगरी, सशस्त्र प्रहरीका ५४० र सशस्त्रतर्फो म्यादी १५५ गरी ६९५ जना परिचालन हुने बताइएको छ ।जिल्लाको ७०८ वटा मतदान केन्द्रको सुरक्षाका लागि ती सुरक्षाकर्मी परिचालन गरिने छ ।प्रत्येक मतदान केन्द्रमा कम्तीमा छ सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।

काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने

पोखरा, १९ चैत/नेपालका लागि बंगलादेश राजदूतबासका प्रथम सचिव मोहम्मद मन्जुर अजिजले पर्यटन प्रबर्द्धन गर्न काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने बताउनुभएको छ ।'पर्यटन प्रवर्द्धन गर्न काठमाडौंदेखि ढाकासम्म सिधा बस सञ्चालन अनिवार्य छ ।' पोखरा उद्योग बाणिज्य संघले मंगलबार आयोजना गरेको नेपाल बंगलादेशबीचको ब्यापार ब्यवसाय बिकासको संभावना विषयक छलफल कार्यक्रममा उहाँले भन्नुभयो-'नियमित रुपम सञ्चालन गर्न सकिए पर्यटन आगमनमा उल्लेख्य बृद्धि हुने थियो । गतबर्ष५ लाख बंगलादेशीले भारतको र ३ लाखले युरोपको भ्रमण गरेका उल्लेख गर्दै उहाँले सिधा बस सेवा सञ्चालन भए नेपालमा वाषिर्क दुई लाख बंगलादेशी पर्यटक भित्रिने दावी समेत गर्नुभयो । गतवर्षपोखरा उद्योग बाणिज्य संघसँग भएको छलफलका क्रममा समेत काठमाण्डौ बंगलादेश सिधा बस सेवाको कुरा उठेपनि कार्यन्वयनको पहल नभएकोप्रति अजिजले गुनासो गर्नुभयो । बितेको अंग्रजी बर्षो जनवरीमा आठ सय बंगालादेशी पर्यटक नेपाल भित्रिएकोमा यो बर्षो सोही अवधिमा १ हजार ७ सय बंगलादेशी पर्यटक नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो । नेपाल र बंललादेशबीच हप्तामा ११ वटा उडान हुने गरेको छ । 'हवाईसँगै सिधा बस सेवा सञ्चालन भए बंगलादेशी पर्यटक बढ्छन् ।' उहाँले भन्नुभयो-'हवाई सेवा मात्रै भएकोले पनि बंगलादेशी पर्यटक नेपाल आउन नसकेका हुन् ।' बंगलादेशी पर्यटकहरु कम पैसा खर्च गर्ने स्वभावले पनि हवाई यात्रा गर्दै नेपाल आउन नसकेको उहाँले स्पष्ट पार्नुभयो । भारतीय पर्यटक प्रवर्द्धन गर्न काठमाडौं र पोखराबाट दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । सिधा बस सेवा सञ्चालनले भारतीय पर्यटकहरुको आगमन पछिल्लो समयमा निकै उत्साहप्रद रहेका छ । गर्मीसिजन शुरुवातसँगै भारतीय पर्यटकको विशेष गरी पोखरा घुम्न आउने गरेका छन् ।पर्यटनसँगै व्यापार व्यवसायको लागि नेपालदेखि बंगालसम्मको फूलबारी मार्गबाट दुबै देशले फाइदा लिन नसकिएकोमा दुखेसो पोख्दै उहाँले सो मार्गको समुचित उपयोगमा दुवैदेश विशेष चासो दिनुपर्नेमा जोडदिनुभयो । बंगलादेश नेपाललाई बंगलाबन्द सुख्खा बन्दरगाह उपयोग गर्न दिन तयार रहेपनि नेपालले कुनै पहल नगरेका उहाँको गुनासो थियो । फूलबारी मार्ग उपयोगमा देखिएको समस्या सुल्झाउन नेपाल र बंगलादेशले संयुक्त रुपमा भारतीय पक्षसँग कुरा गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । छलफलमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले पोखराका उद्यमी/ब्यवसायीहरु बंगलादेशसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने बस्तु तथा सेवाकोबारे जानकारी लिँदै ब्यवसायमा सरलता आउनुपर्नेमा जोड दिनुभयो । बंगलादेशसँगको ब्यापार नबढ्नुमा यातायात सेवा बाधक रहेको स्वीकार गर्दै उहाँले यसतर्फदुबै देशको तर्फाट पहल गर्नुपर्ने बताउनुभयो

मन्त्रिपरिषद् बैठक बस्दै

२ अप्रिल, ०८ । लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सबै मन्त्रीहरू चुनावी प्रचारमा आ-आफ्नो जिल्ला गएका कारण लामो समयदेखि मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । दिउँसो ३ बजे बस्ने वैठकमा चुनाबका लागि चारदिन दिइने भनिएको सरकारी बिदाको बिषयमा छलफल हुनेछ । वैठकमा संविधान सभा चुनावका लागि सुरक्षा रणनीतिबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकमा भोलिदेखि विशेष सुरक्षा योजना लागू गर्ने र सुरक्षाका लागि सीमामा गरिने निगरानी बढाउने विषयमा पनि बैठकमा छलफल हुनेछ । संविधानसभा चुनावअघि विभिन्न ठाउँमा दलका कार्यकर्ताबीच भइरहेका झडपबारे छलफल हुने र नागरिक समाजका प्रतिनिधिको संलग्नतामा छानबिन समिति गठन गरिने बुझिएको छ । आजको बैठकमा तराइका विभिन्न सशस्त्र समूहसँगको वार्ता र अबको सरकारी रणनीतिका विषयमा पनि छलफल हुने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ ।

कार्टर चैत २५ गते नेपाल आउने

अप्रिल, ०८ । अमेरिकाका पूर्व राष्ट्रपति जिमि कार्टर संविधानसभा निर्वाचन पर्यवेक्षणको लागि चैत २५ गते नेपाल आउनुहुने भएको छ । कार्टर सेन्टरले मंगलबार जारी गरेको विज्ञप्तीमा कार्टर र उहाँकी पत्नी रोजालिन पर्यवेक्षणका लागि नेपाल आउन लाग्नुभएको जानकारी दिएको छ । चुनावको वातावरण वनाउने सिलसिलामा यसअघि दुइपटकसम्म नेपाल आइसक्नु भएका कार्टरले नेपालस्थित कार्टर सेन्टरको कार्यालय मार्फत पर्यवेक्षणको नेतृत्व गर्ने वताइएको छ । कार्टर सहितका पर्यवेक्षकहरु चैत २५ गतेभित्र नेपाल आइसक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।सेन्टरले हालैका दिनमा आठजना माओवादी कार्यकताको हत्या भएको, जनमोर्चाका उम्मेदवारको हत्या गरिएको तथा विराटनगरको मस्जिदमा भएको विष्फोटको निन्दा समेत गरेको छ ।

६६ उम्मेदवारको उमेर पुगेन

२ अप्रिल, ०८ । समानुपातिक निर्वाचन प्रणालीका लागि दलहरुले पेश गरेको वन्दसुचिमा रहेकामध्ये ६६ जनाको उमेर नपुग रहेको भेटिएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी विभिन्न दलका ६६ उम्मेदवारको उमेर २५ वर्ष मुनि रहेको जानकारी दिएको छ । निर्वाचन कानुनमा २५ वर्षमुनिका उम्मेदवार वन्न नपाउने ब्यवस्था वमोजिम उनीहरुको नामावली रद्द गरिने आयोगले जनाएको छ । सो स्थानमा दलहरुले अन्य उम्मेदवारको नामावली पठाउन पाउने छैनन् । यद्यपी कागजात नपुग भए वा प्रमाण पेश गर्न सकिने स्थिती रहे आजसम्म आयोगले समय दिएको छ । आयोग स्रोतका अनुसार उमेर कम हुने धेरैजसो उम्मेदवार नेकपा माओवादीका रहेका छन् । यसैगरी २ सय २७ जना उम्मेदवारले आफ्नो नागरिकताको प्रमाणपत्र आयोगमा पेश नगरेको जानकारी दिएको छ । दलहरुले पेश गरेको वन्द सुचिमा उमेर र कागजात नपुगेका उम्मेदवारको सफाइ पेश गर्न निर्वाचन आयोग आज अन्तिम समय दिएको छ ।

Tuesday, April 1, 2008

साउदीमा ३१ नेपाली घर फिर्ती प्रक्रियामा

दोहा, चैत १८ - साउदी अरबको रियादस्थित जेलमा रहेका ३१ नेपाली घर फिर्तीको प्रक्रियामा लागेका छन् ।
घर फिर्ती जेलमा जानसमेत दलाललाई पैसा ख्वाइएको र त्यो प्रक्रियासंगत नभएपछि आइतबार उनीहरूलाई त्यहाबाट प्रहरी अनुसन्धानमा पुर्‍याइएको थियो ।
रियादस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार बढीमा दर्ुइ महिनाअघि भारतको बाटो हुदै साउदी छिरेका नेपाली कामदारले नेपालमा बढीमा १ लाख रुपैया म्यानपावर एजेन्सीलाई ख्वाएका थिए । साउदीमा घर फिर्ती जेलमा रहेका व्यक्तिलाई सरकारले टिकट दिने प्रावधान रहेकाले उनीहरू जेल जान चाहेका हुन् । हामीले प्रहरी घर फिर्ती केन्द्रका प्रक्रिया बुझेका छौं नियोगका तृतीय सचिव पुष्पराज भट्टर्राईले फोेनमा भने ।

आनन्दीदेवीको रिट खारेज

नेपाल सदभावना पार्टी आनन्दीदेवीले दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरेको छ । संविधानसभा निर्वाचनको प्रक्रिया सुरु भइसकेका कारण निवेदकको माग बमोजिम आदेश गर्न नमिल्ने ठहर गर्दै सर्वोच्चले रिट खारेज गरेको हो । न्यायधीशद्वय दमोदरप्रसाद शर्मा र कल्याण श्रेष्ठको संयुक्त इजलासले सो फैसला सुनाएको हो । मुद्दा खारेज भएपछि मन्त्री पदमा कसलाई राख्ने हो भन्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छन् । आनन्दीदेवीको असन्तुष्ट पक्षले कोषाध्यक्ष तेजकान्त झाले दायर गरेको रिटको आज फैसला भएको छ ।

जनकपुर-जयनगर रेल र जापानी मेट्रो

आफू बसेको होटेलको बुइल्डिङ र आफूले टेकेर हिँडेको भुइँभन्दा तल मुसाले जताततै प्वाल पारेझैं गरेर मेट्रो रेलका गन्तव्यहरू यता र उतातिर तेर्सिएका छन् । कतै ग्रीन, कतै रेड, कतै एलो र कतै ब्राउन कलरका चिन्हहरूले भुइँका कुना कुना रङ्गिएका छन् । छिया छिया परेका भुइँभित्र आफ्नै संसार छ, लाग्छ त्यो छुट्टै र अचम्मको दुनियाँ हो । लगभग चौबीसै घण्टा उत्तिकै व्यस्त लाखौँ मान्छेहरूको ओहरदोहर, रेल आउने र जाने क्रममा देखिएको निरन्तरता, निश्चितता र प्रभावकारिताकै अर्को नाम हो । टोकियोको मेट्रो सेवा र सिष्टम । मैले पनि जापानको मेट्रो सेवा लिने उद्देश्यले होटलको रिसेप्सनमा गएर मेट्रो म्याप र टोकियोको म्याप मागें । लबीमा गएर दुवै म्याप पल्टाएँ । अङ्ग्रेजीमा लेखे पनि जापानी नाम उच्चारण गर्न र सम्झन भने मलाई निकै असजिलो भयो । म बसेको होटल अनाबाट मेट्रो रेल्वेस्टेसन २ मिनेट पनि लाग्दैनथ्यो । होटलबाट भुइँ तलामा पनि झर्नु पर्दैनथ्यो । त्यो भन्दा माथिबाटै बाहिर निस्केर सपिङ मल हुँदै इलेक्ट्रोनिक भर्‍याङको माध्यमबाट बाहिर निस्किएँ । गिन्जा लाइनको मेट्रो स्टेसन त्यही रहेछ । भित्र पसेँ । अरु केही देशमा देखेको भन्दा नितान्त भिन्न लाग्यो । स्टेसनभित्रको सब-वे, रेल्वे सूचना डेस्क र रेल्वे कनेक्सन प्रणाली, सिम्बासी स्टेसनसम्मको टिकट लिने विचार गरेँ । आफूसँग ५०० येनको सिक्का थियो । त्यसैलाई मेसिनमा हालिदिएँ र नम्बर हाने । लाग्ने १६० येनको टिकट र बाँकी पैसा ३४० येन मेसिनले फिर्ता दियो । लिएँ र गन्तव्यतिर जान खोजेँ । ठाउँ ठाउँमा सुरक्षा गार्ड जस्ता देखिने युनिर्फम लगाएर कसको लागि सेवा गर्न पाइएला भने जस्तो गरी अत्यन्त शालीन, अत्यन्त उत्साही र हँसिलो मुख लगाएर उभिएका व्यक्तिहरू देखिन्थे तर ती मध्ये भाषाको कारणले हामीलाई मद्दत गर्न भने बडो समस्या थियो उनीहरूलाई । तथापि मैले किनेको टिकट देखाइदिएँ । देख्ने बित्तिकै मैले जानु पर्ने लेन देखाइदिन्थे । यो मेरो टोकियो बसाइँको लगभग दैनिकी नै थियो । रेल चढ्न प्रतीक्षा गर्नेहरू प्रशस्तै हुन्थे । लगभग हरेक २ मिनेटभित्रमा रेल आइसक्थ्यो । स्टेसनमा आएर यता र उताबाट आउनेमध्ये मलाई जानु पर्ने डेस्टिनेसन पत्ता लगाउने बित्तिकै सबै समस्या समाधान भई हाल्थ्यो तर शुरुमा डेस्टिनेसन पत्ता लगाउन हम्मे पर्‍यो । त्यो समस्याबाट पार पाउन मैले हरेक २ मिनेटमा आउने २ वटा रेल छोडिदिएँ र दायाँ बाँया हर्ेन थालेँ । करिब ६/७ मिटर पर भित्तामा नक्सा रेलको रङ्ग र त्यो रेलले पुर्‍याउने स्टेसनहरूको नाम लेखिदिएको रहेछ । त्यो नक्सा र जानकारी नै मेरो लागि गुरु शिक्षा बन्यो । त्यसबेलाको लागि मात्र नभएर अरु दिनको लागि, अरु ठाउँको लागि र अरु देशको लागि पनि त्यो गुरु शिक्षा नै बन्यो । करिव ५ मिनेटपछि म पनि रेल चढेँ । चढ्ने बित्तिकै गेट बन्द भयो । रेलले तुफान गति लियो । जापानी रेल छिटा हुन्छन् र बुलेट रेल पनि जापानमै चढ्न पाइन्छ भन्ने सुनेको थिएँ । त्यो सुनाइले मलाई रेलको गतिले त्यति धेरै नौलोपन दिएन । मेरो देशमा मेट्रो रेलको कल्पनै नभएको भए पनि जापानी मेट्रो रेल देख्दा म पुलकित भएँ र पनि माइण्ड मेकअप भइसकेकाले होला, आर्श्चर्य लागेन । रेल्वे स्टेसनमा उभिँदा उभिँदै म विभिन्न कल्पनामा डुब्न थालेँ । मानसिक तरङ्ग मैले अमेरिकामा चढेको मेट्रो रेलसम्म पुग्यो र दिल्लीमा गत वर्षेखि मात्र सञ्चालनमा आएको रेलसम्म फैलियो । अनि जनकपुर जयनगर रेलमा झुण्डिएर जयनगरमा बबी सिनेमा हेर्न गएको याद आयो । विदेशी उपनिवेशबाट जापानले र राणा एकतन्त्रीय शासनबाट नेपालले लगभग उस्तै प्रकृतिबाट स्वतन्त्रता पाएका थिए । सधैँजसो भुइँचालो आइरहने र कैयौँ पटकका भुइँचालाले अर्बाैं डलरका भौतिक संरचना र मानवीय विनासको दर्द भोग्न बाध्य भएको जापानको भौतिक प्रगति देख्दा आर्श्चर्य नलाग्ने कुरै हुँदैन । त्यसमाथि, दोस्रो विश्व युद्धमा हिरोसिमा र नागासाकीमा खसालिएका लिटिलब्वाय र फ्याटम्यानका करामतले कति वर्षसम्म मरुभूमिको रूपमा रहन बाध्य भएका ती जापानका सहरहरूको वर्तमान विकास सुन्दा मरुभूमिको कल्पना सम्म पनि हुँदैन ।मेरो कल्पना जापानमै हिँडेको एउटा बिहानको घटनासँग तरङ्गति हुन पुग्दछ । म र एक जना चिनिया भित्र मर्निङ वाक गर्दै थियौँ । बिहानै भएकाले बाटोमा त्यति धेरै भीडभाड र घुइचो थिएन बरु चकमन्न र सुनसान थियो । फेरि हामी हिँडेको बाटो मेन रोड पनि नभएकाले होला गाडीका आवाज पनि निकै कम सुनिन्थ्यो । प्रायः अधबैंसे युवा युवती जोडी एउटा कुकुर लिएर हिँडेका देखिन्थे । नेपालमा कहिले काहीं बिहान चाबेलबाट पशुपति, गुहृयेश्वरी जाने अभ्यासले गर्दा मर्निङवाकमा कुकुर लिएर हिँड्नेहरूको बढ्दो सङ्ख्या र दृश्यले जापानमा देखेको दृश्य सामान्य अनुभव हुन्थ्यो । त्यति सम्म ठिकै थियो । तर कुकुरले बाटोमा गरेको दिसा ककुर मालिकले प्लास्टिकमा राखेर लिएर हिँडेको दृश्यले भने मलाई आर्श्चर्यान्वित बनाएको थियो । मलाई याद छ- कुकुरलाई दिसा पिसाब गराउन नेपालमा पनि बाहिर लगिन्छ, तर प्लाष्टिक बोकेर त्यसमा दिसा पिसाब गराएको देख्न पाएको छैन, त्यो दृश्य मैले त्यहीं देखेँ । जापानी मेट्रो रेलको नजिकैको लबीमा एकैछिन उभिँदा मेरो मनमा तरङ्गति भएका यस्ता घटनाहरूले म खुसी र पीडाको दोधारमा परेँ । खुसी यस अर्थमा कि मानवीय प्रगतिको एउटा दृष्टान्त देख्न पाएँ भन्ने र बेखुसी यस अर्थमा कि विश्वका झण्डै २०० देशमा नेपाल र जापान दुवै पर्ने भए पनि जापानको प्रगति र उन्नतिको अगाडि नेपालको अवस्था हुम्ला, जुम्ला र काठमाडौँको जस्तो पार्थक्य र विभेद देख्नु पर्दा । त्यसपछि सिम्वासी जाने रेल चढेँ । रेलभित्र चढ्ने बित्तिकै गेट बन्द भयो । रेल हुइँकियो । यात्रुहरू आधी जापानी र आधा विदेशी जस्तो लाग्यो । जापानीहरूलाई अङ्ग्रेजी बोल्न अप्ठेरो रहेछ । त्यसैले सोध्ने कुरै भएन । विदेशीहरू उनीहरू आफै विदेशी भएकाले सोध्ने कुरा व्यावहारिक लागेन । गेटको ठिक माथितिर नक्सा, गन्तव्य स्टेशनका नाम र तुरुन्त आउने (रेल रोकिने) स्टेसनको बारे माइकबाट सूचना सम्प्रेषण हुँदो रहेछ । जसले गर्दा म जस्ता नौला र पहिलो पटक यात्रा गर्नेहरूका लागि पनि कुनै असजिलो अनुभव भएन । मेरो गन्तव्यमा गएर रेलबाट बाहिर निस्केँ र नक्सा, इलेक्ट्रोनिक भर्‍याङ हुँदै इनर ट्राकमा पुगेँ । मैले यात्रा गरेको रेलको टिकट छिराएँ, त्यसपछि आग्लो उघ्रियो र म बाहिर निस्केँ । कसैले विना टिकट वा कम टिकटमा यात्रा गर्ला भन्ने आशङ्का कतै छैन । प्रणालीले व्यवस्थित गरेको हुँदा पुलिसको आवश्यकता थिएन । चारैतिर लेखिएका, टाँगिएका र टाँसिएका चित्र, सूचना र जानकारी मूलक सङ्केतहरूले जस्तो सुकै नौलो भए पनि आफैले बाटो पहिल्याउन सकिने मेट्रो रेल्वे प्रणाली निकै नै प्रशंसायोग्य र सरल लाग्यो । एक करोड ३० लाख जनसङ्ख्या भएको टोकियो सहर, आफ्नै हितायी, मित्सुबिसी, पजेरो जस्ता वाहनले सजिसजाउ भएको देखिन्छ । बाटोमा सडक जाम हुने सम्भावना भए पनि व्यवहारमा त्यो समस्या कमै भोग्नु पर्‍यो । सहर र चोकहरूमा त फ्लाइ ओभर, डबल ट्राक जस्ता विकल्पहरूले सडक जाम हुने सम्भावनालाई निकै न्यून बनाएको देखियो । यस्तै दृश्य, अनुभव र यथार्थ बोकेर पुनः मेट्रो रेलकै सहायताबाट म मेरो होटल अना आइपुगेँ । अनि नेपालको यातायात र जापानको यातायात सुविधाकाबारे घोत्लिँदै थिएँ, भुसुक्क निदाएछु ।

एमालेका १० कार्यकर्ता अपहरित

१ अप्रिल, ०८ । माओबादीले जाजरकोट जिल्लाको भगबती गाबिसको ठुला बगरबाट एमालेका १० जना कार्यकर्ता अपहरण गरेको छ । माओबादीले इलाका कमिटिका उप सचिब पुर्णप्रसाद बस्नेत सहित १० जना कार्यकर्तालाई अपहरण गरेको जानकारी एमाले जाजरकोट जिल्ला कमिटिका सदस्य नरेन्द्र शाहले दिनु भएको छ । एमालेका कार्यकर्ताहरुलाई गत शनिबार राती माओबादीका जिल्ला कमिटि सदस्य बुद्दि बहादुर गुरुङको नेत्तृत्बमा रहेका माओबादी कार्यकर्ताहरुले अपहरण गरेको दाबी एमालेले गरेको छ । तर माओबादी जाजरकोट जिल्ला कमिटिका सल्लाहाकार लक्ष्मी प्रसाल शर्माले भने सो घटनाका बारेका कुनै जानकारी नभएको बताउनु भयो । यसैवीच बर्दियाको बेलुवामा माओबादी आक्रमणमा परि गम्भिर घाईते भएका एमालेका सकृय कार्यकर्ता झुरेला साईलाई उपचारका लागि राजधानी लगिएको छ । हिजो एमालेले निकालेको साईकल र्यालीमा माओबादी कार्यकर्ताले आक्रमण गर्द साई गम्भिर घाईते हुनुभएको हो । उहांको टाउकोमा खुकुरी प्रहार गरिएको छ । एमाले भेरी अंचल प्रचार बिभागले सोमबार नेपालगंजमा पत्रकार सम्मेलनको आयोजना गरि माओबादीका जिल्ला नेता बलराम काफ्लेको नेर्ततवमा एमालेको र्यालीमा आक्रमण भएको जनाएको छ । माओबादी र एमाले कार्यकर्ता बिच झड्प हुने आशंकामा हिजोसांझदेखि नै बर्दियाको बेलुवा र बांसगढि क्षेत्रका बासिन्दा त्रसित भएका छन ।

राजावादी माओवादीमा प्रवेश

१ अप्रिल, ०८ । राजावादीका रूपमा चिनिएका मनोनीत राष्ट्रिय सभाका पूर्वसदस्य र राष्ट्रिय जनशक्ति पार्टी कार्यसम्पादन समितिका सदस्य जनार्दन आचार्य सोमबार माओवादी सम्वद्घ देशभक्त गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेका छन । आचार्यले पार्टीको नीतिगत अस्पष्टता र कार्यशैली चित्त नबुझेर माओवादी प्रवेश गरेको बताए । 'माओवादीले निजी स्वार्थभन्दा पनि देश र राष्ट्रियतालाई प्राथमिकता दिएकाले प्रवेश गरेको उनले बताएका छन । एक वर्षअघि २० केन्द्रीय सदस्यसहित राजपामा मिसिएका प्रजातान्त्रिक नेपाल नामक दलका आचार्य सहअध्यक्ष थिए । उनका अनुसार राजपा केन्द्रीय समितिका उत्तम परियार र पूर्वमेयर प्रेमलाल महर्जन पनि माओवादी प्रवेश गरेका छन् । राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य मोहन पोखरेल पनि गणतान्त्रिक एकता अभियानमा प्रवेश गरेको आचार्यले बताए । पञ्चायतकालका अञ्चलाधीश सूर्यबहादुर सेनलगायतको समूह 'निष्क्रिय पुराना र नयां राष्ट्रवादी तथा गणतन्त्रवादी'लाई सक्रिय बनाउन जिल्ला दौडाहामा लागेको बताईएको छ ।'पुराना र नयां राष्ट्र तथा गणतन्त्रवादीलाई सक्रिय बनाउन घुमिरहेका छौं,' अभियानका संयोजकसमेत रहेका सेनले भने- 'माओवादीले मात्र गणतन्त्र स्थापना गर्न सक्छ । त्यसैका लागि भोट मागेर हिंडिरहेका छौं । सबै शक्तिलाई संगठित र एकताबद्घ बनाइरहेका छौं ।' उनका अनुसार अभियानमा पूर्वप्रहरी र सैनिक अधिकृतहरू छन् । यसैगरी एमालेका पूर्वसांसद एवं केन्द्रीय सल्लाहकार समिति सदस्य रामचन्द्र भट्टराई माओवादीमा प्रवेश गरेका छन् । देश र जनताको मुक्तिवाहक माओवादी नै हो भनेर प्रवेश गरेको उनले बताए उनले माओवादी विश्व र नेपालका वस्तुगत चुनौती सामना गर्ने एकमात्र सक्षम र सच्चा कम्युनिस्ट भन्ने लागेर प्रवेश गरेको बताए । एमालेमा अझै पनि थुप्रै इमानदार साथीहरूको पंक्ति छ । उहाहरूलाई पनि आउन अनुरोध गर्छु भट्टराईले भने- केही पाउला भनेर आएको पनि होइन । भट्टराई २०२७ सालमा पुष्पलालको कम्युनिस्ट पार्टीबाट राजनीतिमा सक्रिय भएका हुन् । उनी राष्ट्रिय सभा सदस्य जनसांस्कृतिक मञ्चका महासचिव लगायत पदमा बसेका थिए ।

भिच्छुको रगत बग्दा कोही बोल्नेवाला छैनन



स्वतन्त्र तिब्बतको माग गर्दै नेपालमा रहेको चीनको दुतावास अगाडि धर्ना दिन पुगेका तिब्बतीमुलका बौद्ध भिच्छुहरु प्रहरीद्धारा कुटिएका छन । स्वतन्त्रताको माग गर्नेहरुको टाउकोमा नेपाल प्रहरीको लाठि बर्षिएको छ । २ सय भन्दा बढि पक्राउ परेका छन । अनी त्यत्तिनै मात्रामा घाइते भएका छन । रातो वस्त्रधारीको शरिर रातै रगतमा लत्पतिएको छ । बुद्धम शरणम गच्छामी भन्दै शान्तिको कामना गर्ने भिच्छुहरु नै अहिले अशान्ति र िहंशाको सिकार भएका छन ।
प्रजातन्त्रको माग गर्दै बर्माको सडकमा उत्रिएका रातो बस्त्रधारी बौद्ध भिक्ष्ाहरुका बारेमा अन्तराष्ट्रिय क्षेत्रको ध्यान तानिएको थियो । त्यो बेलामा शान्तीकामी बुद्धका अनुयायिहरुमाथि भएको बर्बर दमनका विरोधमा अन्तराष्ट्रिय समुदायले समेत ऐक्यवद्धता प्रर्दशन गरेका थिए । बर्माको सैनिक सरकारले गरेको बर्बर दमनको विरोधमा विश्वभर छरिएर रहेका ब्लगर समुदायले ऐक्यवद्धता जनाउंदै एक दिन ब्लग पोष्ट गरेका थिएनन । त्यसमा नेपाली ब्लगरहरु समेत सहभागि भएका थिए ।

अहिले वर्माको स्वरुप नेपालको सडकमा छाताछुल्ल भएको छ । दृष्य उही छन । सडकमा राता वस्त्रधारीहरु कुटिएका छन । परिर्वतन भएका भनेका दमनकारी र माग मात्र हुन । बर्मामा प्रजातन्त्रको माग गरिएको थियो भने नेपाल लगायत विश्वव्यापी रुपमा विरोधमा उत्रिएका तिब्बतीयनहरुले राष्ट्र मागिरहेका छन । तर यसले नेपालको सन्चार माध्ययम र ब्लगमा त्यत्तिको प्राथमिकता पाउन सकेको छैन । जो विडम्बनापुर्ण छ ।

विश्वलाइ थर्काउन सक्ने शक्तिको रुपमा उदाएको चीनवाट तिब्बत छुट्टिएला या नछुट्टिएला त्यो अलग बहसको विषय हो । कोही छुटिनसक्छ भन्ने तर्कमा होला कोही सक्दैनन भन्ने पक्षमा । यो विवादलाइ थाति राखेर नेपालको सडकमा बगिरहेको बौद्ध भिक्ष्ाहरुको रगत भने रोकिनुपर्छ अब ।
नेपालको परराष्ट्र नीति एक चीन नितिमा रहेको छ । त्यसैको आधारमा नै नेपालमा हुने चीन विरोधी गतिविधिप्रति नेपाल सरकार चनाखो रहेको छ । तर चनाखो रहनुको मतलव शान्तिपुर्ण विरोध प्रदर्शनमा उत्रिएका भिक्ष्ाहरुलाइ निर्धात कुटपीत गर्नु टाउको फुटाउनु भने हैन । चीन विरोधी गतिविधि रोक्नका लागि नेपालका शुरक्षाकर्मीले शान्तिपुर्ण बाटो आवलम्बन गर्नसक्नुपर्छ ।
चीनको विषयमा नेपालमा राजनीतिक दलहरु मात्र हैन नागरिक समाज समेत मौन देखिएको छ यो बेलामा । नेपाल सरकारले विज्ञप्ती मार्फत एक चीन नितिको पक्षका वकालत गरेको छ । कांग्रेस मौन बसेको छ भने एमाले माओवादीले तिब्बतीको आन्दोलनको विरोध गर्दै चीनको भक्ति गान गाएका छन । कांग्रेस मौन बस्नु भनेको समर्थनमै हो है ।
बर्मामा भिक्ष्ा कुटीदा नेपालको सडकमा विरोध प्रर्दशन गर्ने नेपाली विक्ष्ाहरु पनि मौन छन । कारण के हो थाहा छैन एक चीन नीतिको विरोध नगरेपनि कमसेकम भिक्ष्ाहरुमाथि भएको दमनको विरोध गर्नुपथ्यो नै ।
मानवअधिकारवादी भन्नेहरु पनि मौन छन यो मामिलामा । केही संस्थाले विज्ञप्ती जारी गरेझै लाग्छ । तर नाम कहलिएका संस्थाहरु मौन नै देखिएका छन । यसले नेपालले प्रतिवद्धता ब्यक्त गरेको मानव अधिरकारको हनन भएको छ नै शान्तिकामी भिक्ष्ाहरु िहंशाको सिकार भएका छन । यस्तो बेलामा के मौन बस्नु उचित हुन्छ र ?

काठमाडौं १० एमालेले आत्मसर्मपण गर्यो

लामो समयपछि तीन दलको शिर्ष नेताहरु शिर्ष नेताको आरक्षणका विषयमा सहमत भएका छन । तालमेलको अभावमा अशुरक्षित देखिएपछि एमाले र माओवादीविच बढ्दो तनाव कम गर्न बालुवाटारमा बसेको तीन दलका शिर्ष नेताहरुको बैठक सकेसम्म सात दलका शिर्ष नेतालाई जिताउन सहयोग गर्न सहमत भएका छन ।
एमाले काठमाडौं क्षेत्र नम्बर १० मा माओवादी अध्यक्ष प्रचण्डलाइ सहयोग गर्न राजी भएको छ । एमाले नेता अमृतकुमार बोहोराले बैठकको बारेमा जानकारी िदंदै माओवादीलाइ जंगलजानवाट रोक्न आफ्नो दलले एक सिट त्यागेको बताए । बोहोराका अनुसार कांग्रेसले रोप्ला २ कि उम्मेदवार भिमकुमारी बुढाको स्थानमा प्रचण्डलाइ नै सहयोग गर्ने निर्णय समेत गरेको छ ।

यसको बदलामा माओवादीले रौतहटवाट समेत उम्मेदवार बनेका एमाले महासचिव माधव नेपाललाई रौतहट र काठमाडौं क्षेत्र नम्बर २ मा सहयोग गर्ने सहमति भएको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समानुपातिकको उम्मेदवार भएकाले कांग्रेले काठमाडौं क्षेत्र नम्बर एकका उम्मेदवार प्रकाशमान िसंह डडेल्धुरावाट उम्मेदवार बनेका वरिष्ठ नेता शेरबहादुर देउवा विना विभागिय मन्त्री सुजाता कोइराला शेखर कोइराला र डा शसांक कोइरालालाई सहयोग गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

बालुवाटारस्रोतका अनुसार अन्य उम्मेदवारको बारेमा माओवादी सकारात्मक देखिएपनि सुजाताका बारेमा भने सहमत भइसकेका छैनन । प्रधानमन्त्री कोइरालाले आफ्नी छोरीको सहज जीतका लागि माओवादी असहमत भएपछि प्रचण्डसंगै १५ मिनेट छुट्टै बैठक समेत गरेका थिए ।

एमाले नेताको विद्रोह


आफ्नो पकड बलियो भएपनि माओवादी अध्यक्ष प्रचण्डलाइ जिताउनका लागि एमालेले माओावदीलाई सहयोग गर्ने सहमति भएपछि काठमाडौं क्षेत्र नम्बर १० का एमाले उम्मेदवार सानु श्रेष्ठले पार्टीमा विद्रोहको घोषणा गरेका छन । उनले विज्ञप्ती मार्फत पार्टीले जनतालाई धोका दिएकाले आफु स्वतन्त्र उम्मेदवार रहेको उल्लेख गर्दै भ्रममा नपर्न आफ्ना क्षेत्रका मतदाता समक्ष आग्रह गरेका छन । उनले आफ्नो विजय सुनिश्चत भएकाले नेताहरुको सहमतीले कुनै प्रभाव नपर्ने दावी समेत गरेका छन ।
पुनश्च : सहमतिको बारेमा एमाले महासचिव माधवकुमार नेपाल माओवादी अध्यक्ष प्रचण्ड अनी प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग सम्पर्क राख्दा तीनै जनाले आजको क्यालेन्डरको मिति, गते, अनी आज मनाइने दिवस हेर्न आग्रह गरेका छन ।

नमुना मतदान सम्पन्न

दमौली, १९ चैत । जिल्ला निर्वाचन कार्यालय र शुक्ला गण्डकी जेसिज दुलेगौडा तनहुँद्वारा दुलेगौँडामा आयोजित नमुना मतदान कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रत्यक्षतर्फ ८५ र समानुपातिकतर्फ ९४ गरी कुल १७९ मत खसेको बताइएको छ । संविधानसभा निर्वाचनका लागि मतदातालाई सुसूचित गर्ने उद्देश्यले उक्त मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसअघि पनि तनहुँको घाँसीकुवा गाविस- ५ को गोल्लामा सम्पन्न नमुना मतदान कार्यक्रममा १४६ मत खसेको थियो ।

Monday, March 31, 2008

'आयोगले चुनाव गरेरै छोड्छ'-प्रमुख निर्वाचन आयुक्त

पोखरा, १७ चैत/प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीति दलका नेताहरुले जेसुकै भनेपनि निर्वाचन आयोगले आउँदो २८ गते चुनाव गरेर छाड्ने प्रतिबद्ध रहेको बताउनुभएको छ । द्धन्द्धपछिको व्यवस्थापनमा जटिलता देखिएपनि आयोग निर्वाचन सम्पन्न गर्नतर्फकेन्द्रीत रहेको उल्लेख गर्नुभयो । कास्की, तनहुँ, पर्वत, बाग्लुङ र म्याग्दीको चुनावी अवस्थाको बारेमा अनुगमन गरी र्फकनुभएका पोखरेलले आइतबार पोखरामा सञ्चारकर्मीसितको कुराकानी गर्दै जिल्लाहरुमा चुनावी चहलपहल निकै उत्साहप्रद र बातावरण सुमधुर भएको आफुले पाएको जानकारी दिनुभयो । 'चुनावको लागि मुलुक तयार छ । निर्वाचनप्रति कसैले शंका गर्नुपर्दैन् ।' उहाँले भन्नुभयो-'द्धन्द्धपछिको अवस्थामा सामान्य घटना भने घटिरहन्छन । आयोग निर्वाचन गर्ने अन्तिम तयारीमा छ ।'उहाँले कुनै पार्टीविसेस राजनीतिक नेताहरुले चुनावप्रति उठाएका नकारात्मक आवाजलाई निरुत्साहित गर्नेतर्फसञ्चारमाध्यमको ध्यानाकर्षा गराउनुभयो । 'बातावरण सुमधुर छ । सबै उत्साहित भएका छन् ।' उहाँले भन्नुभयो-'मतदातालाई ढुक्क भएर मतदान गर्न आयोग आग्रह गर्छ ।' उहाँले आयोगले चुनाव गर्ने हो भन्दै राजनीतिक दलका नेताहरुले के भन्छन त्यसप्रति कुनै चासो नलिन समेत र्सवसाधारणलाई आग्रह समेत गर्नुभयो । 'आयोगले चुनाव गर्ने हो दलले होइन् ।' उहाँको भनाई थियो । प्रमुख आयुक्त पोखरेलले चुनावको लागि विदेशी पर्यवेक्षक ७ सय र स्वदेशी पर्यवेक्षक ४३ हजार नाघेको जानकारी दिदैं निर्वाचनमा कुनै पार्टीविसेस प्रचार प्रसार गर्दै हिडेको अवस्थामा पर्यवेक्षकको परिचय पत्र रद्द गर्दै आवश्यक कार्वाही गरिने बताउनुभयो । 'व्यक्ति विशेष योग्यताको आधारमा पर्यवेक्षक बनाएका छैनौं ।' उहाँले भन्नुभयो-'विश्वासका आधारमा संघसंस्थालाई पर्यवेक्षकको जिम्मा दिइएका छौं ।' उहाँले पर्यवेक्षकले आफना आस्थालाई चनाव प्रचारप्रसारमा प्रतिविम्वित गर्न नहुने स्पष्ट पार्नुभयो । निर्वाचनको तिथि डेढसाता मात्रै बाँकी रहेको अवस्थामा हिसांत्मक गतिविधि बढ्दै गएकोप्रति उहाँले आयोग त्यस्ता घटनाहरुले चिन्ता चासो र दुख व्यक्त गर्दै सुरक्षास्थिति तर्फसरकार चनाखो बन्नुपर्ने जोडदिनुभयो । निर्वाचनको समयमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई सबै बुथमा पुग्न आयोगको आग्रह रहेको बताउनुभयो । बुथ क्याप्चर गर्नेलाई कानून अनुरुप कार्वाही गरिने उहाँले जानकारी दिनुभयो ।

आज बिहान ३ बजे एउटी महिलाको हत्या

भद्रपुर, १८ चैत । झापा जिल्लाको काँकडभिट्टास्थित इँटाभट्टामा आज बिहान ३ बजे एउटी महिलाको हत्या भएको छ । पैत्तीस वषर्ीया फुलमाया टुडुको हत्या उनकी श्रीमान भगतलाल टुडुले धारिलो हतियार कोदालोले प्रहार गरी हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्षक दीपक गिरीले बताउनुभयो । सो हत्याको अभियोगमा भगतलाललाई पक्राउ गरिएको छ ।

दोषिमाथी कारबाहीको माग राख्दै सुनसरीमा मुस्लिम समुदायद्वारा प्रदर्शन

विराटनगर बम विष्फोटका दोषीमाथि कारबाहीको माग गर्दै मुस्लिम समुदायले आज पनि बिहानैबाट सुनसरीका विभिन्न स्थानमा प्रदर्शन सुरु गरेका छन् ।
प्रदर्शनका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरी कोशी ब्यारेज खण्ड, कोशी राजमार्ग अन्तर्गत सोनापुर खण्डमा यातायात अवरुद्ध भएको छ।
दोषीमाथि कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै उनीहरुले इनरुवा, झुम्का, दुहवी, रामनगर, भुटाहा, नसिंगालगायतका बजार बन्द गराएका छन् ।
विराटनगरको सरौचियास्थित छोटी मस्जिदमा दुई दिनअघि राजावादी संगठन डिफेन्स आर्मीले गराएको बम विष्फोटनमा दुई जनाको ज्यान जानुका साथै दुई जना गम्भीर घाइते भएका थिए ।
सुनसरीका दुई दर्जन बढी मदरसा र मस्जिदमा सोमबार बिहानै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्री र सेनापतिवीच भेट

३१ मार्च, ०८ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र प्रधान सेनापति रुकमाङगत कट्वालबीच आज विहान भेटवार्ता भएको छ । भेटमा चुनावी सुरक्षाको वारेमा छलफल भएको वताइएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा विहान साढे आठवजेपछि भएको भेट करिव ४५ मिनेटसम्म चलेको थियो ।

उमेर नपुगेका २२ उम्मेदवार रद्द हुने

काठमाडौं, चैत १७ - निर्वाचन आयोगले समानुपातिक सिटको बन्दसूचीमा रहेका २२ जनाको उमेर नपुगेको भन्दै उम्मेदवारी रद्द गर्ने तयारी गरेको छ ।
ऐनमा उम्मेदवार हुन कम्तीमा २५ वर्षहुनर्ुपर्छ । कांग्रेस, माओवादी, राप्रपालगायत दलले ऐनको प्रावधान ख्याल नगरी कम उमेरकालाई बन्दसूचीमा समावेश गरेको पाइएको छ । '२२ जना उम्मेदवारको उमेर नपुगेको पाइएको छ,' आयोगको नियमित प्रेस भेटघाटमा प्रवक्ता लक्ष्मणप्रसाद भट्टर्राईले भने । समानुपातिकको प्रतिस्प्ार्धाका लागि ५४ दलले कुल ६ हजार उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए ।
आयोग स्रोतका अनुसार उमेर नपुग्ने उम्मेदवारमा अधिकांश माओवादीका छन् । त्यसबाहेक राप्रपाका दर्ुइ र कांग्रेसका एक रहेको आयोगका एक अधिकारीले जानकारी दिए । कांग्रेसको समानुपातिक
सूचीमा रहेकी नवलपरासीकी २३ वषर्ीया रूपा फौजदार ऐनअनुसार अयोग्य भएकी हुन् ।
आयोगले भने उमेर नपुगेका उम्मेदवारको संख्या बताए पनि नाम र्सार्वजनिक गरेको छैन । समानुपातिकका बन्दसूचीको अन्तिम नामावली आगामी शुक्रबार प्रकाशित गर्ने आयोगको कार्यक्रम छ ।
यसैगरी बन्दसूचीमा समावेश झन्डै २ सय उम्मेदवारले अझै आयोगमा नागरिकता बुझाएका
छैनन् । आउ“दो बुधबारसम्म नागरिकता बुझाइसक्न दलहरूलाई निर्देशन दिइएको प्रवक्ता भट्टर्राईले जानकारी दिए । उनका अनुसार नागरिकता नबुझाउने व्यक्तिको नामसमेत बन्दसूचीबाट हटाइने छ ।
कतिपय दलले प्रत्यक्ष्ँमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि समानुपातिकको बन्दसूचीमा राखेको पाइएको आयोगले जनाएको छ । त्यस्ता उम्मेदवारको नामावली परीक्षण भइरहेको र दोहोरिएका उम्मेदवारी रद्द गरिने आयोगले बताएको छ । ऐनमा एउटै व्यक्ति प्रत्यक्ष र समानुपातिक दुवै प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था छ ।
मतपत्र छापियो
आयोगले संविधानसभा निवर्ँचनको प्रत्यक्ष र समानुपातिक दुवै सिटका लागि आवश्यक सबै मतपत्र शनिबार राति छापिसकेको छ । प्रत्यक्ष सिटका लागि २ सय ४० प्रकारका कुल २ करोड ४ लाख र समानुपातिकका लागि मुलुकभर एउटै हुनेगरी २ करोड ८ लाख मतपत्र छापिएको आयोगले जनाएको छ ।
प्रत्यक्ष सिटको प्रतिस्पर्धामा प्रत्येक निर्वाचन क्षेत्रमा फरक-फरक व्यक्ति र दल उम्मेदवार हुने भएकाले २ सय ४० प्रकारका मतपत्र छापिएको हो ।

वस दुर्घटनामा चारको मृत्यु

३१ मार्च, ०८ । काठमाण्डौवाट झापाको काकडभिट्टा तर्फ गइरहेको ना २ ख ७९२७ नम्वरको यात्रुवस आज दुर्घटनाग्रस्त हुँदा चार जनाको ज्यान गएको छ । सप्तरीको सितापुरमा भएको दुर्घटनामा अन्य दर्जनै घाइते भएको र उनीहरुको उपचार सगरमाथा अंचल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

Sunday, March 30, 2008

असुरक्षाको कारण देखाउँदै प्रचण्डका सभा स्थगित

३० मार्च, ०८ । असुरक्षाको कारण देखाउँदै माओवादी अध्यक्ष प्रचण्डले उपत्यका वाहिरका चुनावी सभामा सम्वोधन गर्ने कार्यक्रम स्थगित गर्नुभएको छ । भोली चितवनमा हुने भनिएको जनसभालाइ प्रचण्डले संवोधन गर्ने भनिएपनि सो सभा अन्तिम समयमा आएर स्थगित गरिएको छ । माओवादी चितवनले शनिबार एक विज्ञप्ती जारी गरी माओवादीको पक्षमा जनलहर देखेपछि देशी विदेशी प्रतिक्रियावादीले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना वनाएको भन्दै सभा स्थगित गर्नुपरेको जानकारी दिएका छन् । यसअघि आज वुटवलमा हुने भनिएको चुनावी सभामा प्रचण्ड सहभागी हुने भनिएपनि उहाँ वुटवल जानुभएन् । प्रचण्डले संवोधन गर्ने भनि निर्धारण गरिएका कार्यक्रममा अव अरु नेताहरु सहभागी हुनेछन् । केहीदिनदेखि लगातार काठमाण्डौ वाहिरका चुनावी सभामा सहभागी रहादै आउनुभएका प्रचण्ड अव उपत्यकाका सभामा मात्र सहभागी हुने वताइएको छ ।

राजधानीकै गेष्टहाउसमा एकको हत्या

३० मार्च, ०८ । राजधानीको सामाखुशीमा रहेको पशुपति गेष्टहाउसमा आज बिहान धारिलो हतियार प्रयोग गरी बर्दिया देउडाकला घर भएका ३० बषिर्य तीर्थ कार्कीको हत्या गरिएको छ ।घटनामा पाँच जना घाइते भएका छन् । गेष्ट हाउसमा सुतिरहेका ६ जनालाई अज्ञात हतियारधारी समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन् । मुखमा कालो पट्टी बाँधेर गएका हतियारधारी समूहको प्रहारबाट कालिकोटका देवानन्द उपाध्याय, जाजरकोटका लोकराज शाही, रामकाजी श्रेष्ठ, मोहन गंगा र कुशल कार्की घाइते हुनु भएको छ । घाइतेहरुको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले घटनामा संलग्न भएको शंकामा तीन जनालाई पक्रेको छ । हतियारधारी समूहले ६ जनाको साथमा रहेको दुइ तोला सुनको गहना र १ लाख १७ हजार रुपैयाँ नगद लुटेका छन् ।

धार्मिकस्थलमा विस्फोट दर्ुइको मृत्यु

विराटनगर, चैत १६ - विराटनगरको सरौचियास्थित छोटी मस्जिदमा शनिबार सा“झ अज्ञात समूहले गराएको बम विस्फोटमा दर्ुइ जनाको मृत्यु भएको छ भने दर्ुइ घाइते छन् । घटनापछि मोरङ प्रशासनले घटनास्थल र आसपासका सीमित क्षेत्रमा सा“झ ९ बजेदेखि अनिश्चितकालीन कफर््र्यु जारी गरेको छ ।
बेलुकीको नवाज पर््रार्थना गरिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले फालेका तीन बम विस्फोट हु“दा चार जना सख्त घाइते भएका थिए । उपचार्रार्थ धरानको वीपी प्रतिष्ठान लैजा“दै गर्दा विराटनगर-७ का फिरोज खान र परवेज इराकी अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खर्ुर्सर्ेेअन्सारीको धरान र महमद राजु मियाको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोट हु“दा मस्जिदभित्र ६० जना पर््रार्थना गरिरहेका थिए । प्रत्यक्षदर्शी मालिक आलम कुरेसीका अनुसार दर्ुइ जनाले मोटरसाइकलको स्र्टार्ट बन्द नगरी मस्जिदको गेटबाट चारवटा बम फालेर भागेका
थिए । त्यसलगत्तै तीनवटा विस्फोट भए ।
नेपाल 'डिफेन्स आर्मी' ले विस्फोटको जिम्मेवारी लिएको छ । त्यसका 'सर्वोच्च सैन्य कमान्डर' आरपी मैनाली -परिवर्तन) ले विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएका हुन् । तनाव नियन्त्रण गर्न प्रशासनले महेन्द्रचोकदेखि भृकुटीचोकसम्म र पश्चिममा केसलिया नहरसम्म कफर््र्यु लगाएको छ ।

Friday, March 28, 2008

माओवादी दरबारबाट सञ्चालित’

मोरङ, (नेस) नेकपा (एमाले) का वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले आफनो हत्या गरेर चुनाव बिथोल्ने प्रयास गरिरहेको दाबी गर्नुभएको छ। बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता ओलीले भन्नुभयो- ँमाओवादीले मेरो हत्या गर्ने निर्णयागरेको सूचना मैले पाएको छु। उनीहरूले निरन्तर ममाथि गरेको आक्रमणले पनि मेरो हत्याको योजना पुष्टि हुन्छ।’माओवादी जोत्न लगाइँदै गरेको बरगोरु भएको संज्ञा दिँदै ओलीले भन्नुभयो- ँशुरूमा बरगोरुलाई जोताउन गाह्रो हुन्छ किनकि उसले जोत्न जानेकै हुँदैन। त्यति बेला बरगोरुले जे पनि गर्छ। अहिलेको माओवादी यही बरगोरु हो।’हिजो खसीको टाउको देखाएर बाख्रीको मासु बेच्ने भनेर संसद्लाई भन्ने माओवादीले आज त्यही संसद्मा पसल थापेर रँडाको मच्चाइरहेको उल्लेख गर्दै ओलीले भन्नुभयो- ँमाओवादीको बोली र गराइको ठेगान छैन।’ माओवादीप्रति आक्रामक देखिने ओलीले माओवादी दरबारबाट सञ्चालित भएको आरोपसमेत लगाउनुभयो।उहाँले भन्नुभयो- ँकहिले कमल थापासँग त कहिले रमेशनाथ पाण्डेसँग चाकडी बजाउने माओवादी दरबारबाट सञ्चालित छन्, यिनीहरूसँग कुनै चुनावी तालमेल हुँदैन।’ तर माओवादी सुध्रिएर आए भने तालमेल हुने उहाँले बताउनुभयो।निष्ठापूवक लोकतान्त्रिक आचरण देखाए माओवादीसँग तालमेल हुन्छ’, ओलीले भन्नुभयो- ँतर यस्तै आचरणले तालमेलको सम्भावना छैन।’

जाति र क्षेत्रको आधारमा राज्य बनाए देश विखण्डन हुने दावी

काठमाडौं, २७ मार्च । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले जाति र क्षेत्रको आधारमा राज्य बनाए देश विखण्डन हुने बताउनु भएको छ । बिहीबार नेमकिपाले भक्रपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । साथै उहाँले जातियता आधारमा राज्यको पुनसंर्चना गरेको खण्डमा मुलुक टुक्रा/टुक्रा हुने दावी गर्नु भयो । उहाँले भन्नु भयो हालका १४ अञ्चललाई प्रान्तमा विकास गर्नु पर्नेमा जोड दिनु भयो ।

आयात घट्यो, बजारमा प्रभाव देखि“दैन

काठमाडौं, चैत १४ - घर-जग्गा र हाउजिङ कारोबार विस्तार भए पनि राष्ट्र बैंकको पछिल्लो तथ्यांकले निर्माण सामग्रीको आयात घटेको देखाउ“छ ।
सिमेन्ट, स्यानिटरी वेयर, एमएस वायर रड, इनामेल, रङ्ग, ढोकामा लगाउने ताल्चाजस्ता अधिकांश निर्माण सामग्री कम भित्रिएका छन् ।
त्यतिमात्र होइन, बच्चाहरूको पाउडर दूध, अन्य दुुग्ध पदार्थ, जुुत्ता, चप्पल, कपडा, चियाजस्ता उपयोग्य वस्तुुको आयात घटेको छ । कस्मेटिक्स -शृंगार सामग्री) पनि कम भित्रिएका छन् ।
केन्द्रीय बैंकले र्सार्वजनिक गरेको आर्थिक वर्ष२०६४/६५ को पहिलो छ महिनाको तथ्यांकले उपभोग्य वस्तुु आपर्ूर्तिको जस्तो स्थिति देखाउ“छ, बजारले भने त्यसलाई पुुष्टि गर्दैन ।
आयात घटेको भनिएका कुुनै पनि वस्तुुको बजारमा अभाव छैन । नया“ घर बनाइरहेका उपभोक्ताले सिमेन्ट तथा अन्य कुुनै पनि निर्माण सामग्रीको अभाव झेल्नुुपरेको छैन । निर्माण सामग्रीहरूको मूल्य भने बढेको छ । बजारमा जुुत्ता, चप्पल, दूध, कपडाजस्ता उपभोग्य वस्तुु नपाइएको भन्ने उदाहरण पनि छैन ।
निर्माण सामग्री डिलर एसोसिएनका अध्यक्ष रोशन दाहालले पछिल्लो समय निर्माण कार्यमा शिथिलता आए पनि निर्माण सामग्रीको आयात यति धेरै नघटेको बताए । 'विकास निर्माणको काममा गत वर्षेखि कमी आएको हो तर व्यक्तिगत रूपमा हुुने निर्माण कार्य बढेका छन्,' उनले कान्तिपुुरस“ग भने- 'निर्माण सामग्रीको आयात यति धेरै -राष्ट्र बैंकले भनेजति) घटेको मान्न सकिंदैन ।'
यस वर्ष९० करोड १० लाख रुपैया“ बराबरका सिमेन्ट आयात भएको राष्ट्र बैंकको तथ्यांकमा छ । यो अघिल्लो वर्षन्दा १९ प्रतिशत कम हो । इनामेल तथा अन्य रङ्गहरूको आयात ४ प्रतिशत घटेर १५ करोड १० लाख रुपैया“मा झरेको छ ।
स्यानिटरी वेयर २६ प्रतिशत घटेर ९ करोडको मात्र आयात भएको छ । ढोकामा लगाउने ताल्चा आधा घटेर ५७ लाख रुपैया“मा सीमित भएको छ । एमएस वायर रड ६३ करोड ९० लाख रुपैया“को मात्र आयात भएको देखिन्छ । यो अघिल्लो वर्षन्दा १२ प्रतिशत कम हो ।
भारतबाट हुुने पाइप तथा पाइप फिटिङ्सको आयात भने चार गुुणा बढेर ५८ करोड २० लाख पुुगेको
छ । तेस्रँे मुुलुुकबाट पनि ४१ प्रतिशत वृद्धि भई १४ करोड ९० लाख रुपैया“का पाइप सामान भित्रिएका छन् ।
उपभोग्य वस्तुुअर्न्तर्गत बच्चाहरूले प्रयोग गर्ने दूध पाउडर र अन्य दुुग्ध उत्पादनको आयात झन्डै आधा घटेको छ । यस वर्षछ महिनामा १३ करोड ९० लाख रुपैया“का दुुग्ध पदार्थ आयात भएको राष्ट्र बैंकको तथ्यांकमा छ ।
कस्मेटिक्सको आयात भारतबाट १२ प्रतिशत घटेर २६ करोड ३०
लाख रुपैया“मा र तेस्रँे मुुलुुकबाट ४ प्रतिशत घटेर १८ करोड १० लाखमा झरेको छ ।
जुुत्ता-चप्पलको आयात पनि भारत र तेस्रँे मुुलुुक दुुवै ठाउ“बाट झन्डै एकचौथाई घटेको छ । तेस्रँे मुुलुुकको कपडा आयात एक-तिहाई तल झरेको छ । राष्ट्र बैंकका अनुुसार यस वर्ष६६ करोड ८० लाख रुपैया“का कपडा भित्रिएका छन् । केन्द्रीय बैंकले देखाएको यो तथ्यांकप्रति सम्बन्धित व्यवसायी तथा बजार विश्लेषकहरू भने सहमत छैनन् ।
'यति धेरै आयात घटेको भए तत्काल बजारमा प्रभाव देखिन्थ्यो तर उपभोक्ताले अभाव झेल्नुुपरेको छैन,' अर्थशास्त्री डा. विश्वम्भर प्याकुुरेलले भने- 'यसले औपचारिकभन्दा अनौपचारिक माध्यमबाट बढी व्यापार भइरहेको संकेत गर्छ ।'
छालाजुुत्ता उत्पादक संघका अध्यक्ष रामकृष्ण प्रर्साईं पनि आयात तथ्यांक सही नभएको बताउ“छन् । 'चिनिया“ जुुत्ताको बढ्दो प्रवेशले भारतबाट आयात घटेको छ तर तेस्रँे मुुलुुकबाट पनि घटेको मान्न सकिं“दैन,' उनले भने ।
सम्बन्धित व्यवसायीहरू अहिलेको तरल राजनीतिक अवस्था र सबै निकायको ध्यान निर्वाचनमा केन्द्रित रहेको मौका छोपेर अवैध पैठारी फस्टाएको बताउ“छन्् ।
भन्सारका अधिकारीहरू भने यस वर्षसरकारी अनुुमानभन्दा बढी राजस्व असुुल भइरहेकाले अवैध कारोबार बढेको मान्दैनन् । 'राजस्व असुुली बढेको छ । भन्सार गस्ती पनि बढाएका छौं । अवैध कारोबार भएको छैन,' भन्सार विभागका एक अधिकारीले भने । भन्सार विभागका एक पर्ूव महानिर्देशकको विचार भने फरक छ । 'अवैध कारोबार बढ्दा राजस्व असुुली पनि बढ्छ । यसको विशेषता भनेकै त्यही हो ।
भन्सार अनुुगमन खुुकुुलो हुु“दा अवैध कारोबार बढ्छ र यसले केही परिमाणमा राजस्व पनि बढेको देखिन्छ,' उनले भने- 'पैठारीकर्ताहरूले जति सामान राजस्व तिरेर ल्याउ“छन्, त्योभन्दा बढी छलेर ल्याइरहेका
हुुन्छन् ।' राष्ट्र बैंकका अनुुसार यस वर्षछ महिनामा आयात ६ दशमलव २ प्रतिशतमात्र बढेको छ । यो पछिल्लो एक दशकको सबभन्दा कम वृद्धिदर हो । यस अवधिमा ९९ अर्ब ३४ करोड रुपैया“का सामान भित्रिएका छन् ।
निर्यात पनि ५ दशमलव ८ प्रतिशत घटेर २९ अर्ब ५५ करोड रुपैया“मा सीमित भएको छ । गत वर्षयसै अवधिमा ३१ अर्ब ३७ करोड रुपैया“ बराबरका सामान निर्यात भएका थिए ।

आगलागिबाट एक करोडको क्षति

२८ मार्च, ०८ । हिजो दिउसो १ बजेदेखि विराटनगर- ९ स्थित कालुराम तोदीको जुटको गोदाममा लागेको आगोबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।दुइ लाख ४० हजार किलो जुट राखेको गोदाममा भएको आगलागी नियन्त्रण गर्न आज दिनभरि लाग्ने प्रहरीले जनाएको छ । जुटमा लागेको आगोमा माथिबाट पानी हाले पनि भित्रभित्रै बलिरहेको आगो निभाउन गाह्रो भएको मोरङ प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न हिजो मोरङ, सुनसरी र झापा जिल्लाका सबै दमकल परिचालन गरिएको भए पनि आज विराटनगरका मात्रै दमकलले आगो निभाइरहेका छन् । समयमै आगो नियन्त्रण प्रयास थालिएकाले जुट गोदामसगै रहेको तोदीकै करोडौँको इलेक्ट्रोनिक्स सामान भने जोगिएको छ ।

बस दुर्घटनामा ५ को ज्यान गयो

२८ मार्च, ०८ । रोल्पाको रिचीतिलामा आज बिहान भएको यात्रुबस दुर्घटनामा ५ जनाको ज्यान गएको छ । रोल्पाको तिलाबाट दांगको घोराहीका लागि छुटेको लु १ ख २६१६ नम्बरको बस बिहान ८ बजेतिर रिचीतिलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा ४ जनाको घटनास्थलमै र १ जनाको उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृत्यु हनेमा रोल्पा रांसीका लोक बहादुर डांगी, यनी वली कुलेलीका ढोले डांगी र खाराकी तिलमती कुंवर रहनुभएको छ । एक जनाको सनाखत हुन बाकी छ । दुर्घटनामा घाईते भएका मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुमध्ये २ जनालाई उपचारका लागि दांग ल्याईदै छ । भिरालो बाटोमा चालक ओड नराखेर बस रोकी सडकमा निस्किए लगत्तै बस तल खसेको बताईएको छ । चालकसंगै केही यात्रु बसबाट ओर्लेका कारण कम मानबिय क्षती भएको रोल्पाबाट सहयोगी हिमाल गैरेले जनाएका छन ।

Thursday, March 27, 2008

संविधानसभा चुनावका लागि भोट माग्न भ्वाइस मेल

नजिकिँदै गएको संविधानसभा चुनावका लागि सूचनाप्रविधिको उपयोगले समेत सहयोग पुर्žयाएको छ । राजधानी काठमाडौंको क्षेत्र नं. १ मा विद्युतीय मतदान हुने निर्वाचन आयोगले जानकारी दिएको छ । राजधानी बाहिरका लागि चुनाव प्रचारमा नेपाल टेलिकमको सिडीएमए फोनबाट निःशुल्करुपमा प्रदान गरिएको भ्वाइसमेलले चुनाव प्रचारका लागि सहयोग पुर्žयाएको छ । दलका नेता तथा कार्यकर्ताहरुले चुनाव प्रचारसँगै भ्वाइसमेल मार्फत भोट मागिरहेका छन् । कविता, गीत तथा विभिन्न सन्देशको रुपमा एक-अर्कामा भ्वाइस मेल पठाउनेहरुको ताँती लागेको छ । जसका कारण चुनावप्रति मानिसको चासो बढ्नुका साथै चुनावी माहोल बढेको सुकुमका कृष्णप्रसाद तिमल्सिनताले वताए । यसैगरी एसएमएसबाट समेत भोट माग्ने कार्य पनि वढेको छ । तर, केही दलले भने अर्को दललाई होच्याएर भ्वाइसमेलको उपयोग गरिएको पनि पाइएको छ । उनीहरुको सन्देशमा आफ्नो दलमात्र राम्रो भएको भन्दै अन्य दललाई गाली गरेको पाइएको छ । यस्तो कार्यमा भने नियन्त्रण गर्नुपर्ने प्रयोगकर्ताहरु वताउँछन्

एसएलसी परीक्षा आजबाट सम्पन्न

मध्यपुरथिमी, १४ चैत । यही चैत ४ गतेदेखि मुलुकभर एकै साथ सञ्चालित -प्रवेशिका) एसएलसी परीक्षा आजबाट सम्पन्न भएको छ । परीक्षामा मुलुकभरबाट तीन लाख ७९ हजार ३७७ जना परीक्षार्थी परीक्षामा सामेल भएको र यसका लागि कार्यालयले मुलुकभर एक हजार २९९ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले दिनुभयो । यस वर्षपहिलोपटक खुला विद्यालयका रुपमा रेडियो, पत्रपत्रिका र स्वाध्ययनबाट परीक्षाको तयारी गरेको पाँचवटा खुल्ला विद्यालयका १४८ जना तथा नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीमध्ये पाकिस्तानी दुई विद्यार्थीले समेत पहिलोपटक परीक्षा दिएका छन् । त्यसैगरी यस वर्षकेन्द्रीय कारागारका तीस कैदीले पनि सो परीक्षा दिएको कार्यालयले जनाएकोछ । अन्धा अपाङ्गका लागि सहयोगी लेखक राखेर परीक्षा दिने व्यवस्था गरिएको थियो भने अन्धा, अपाङ्ग, सुस्त मनस्थितिका परीक्षार्थीलाई निर्धारित समयभन्दा बढीमा एक घण्टा ३० मिनेट समय थप गरिएको थियो । यस वर्षगाउँगाउँमा समेत परीक्षा केन्द्र राखिएकाले गत वर्षभन्दा ११३ परीक्षा केन्द्र थप गरिएको थियो । परीक्षामा मुलुकभर एक हजार २९९ जना केन्द्राध्यक्ष, एक हजार ८०० भन्दा बढी सहायक केन्द्राध्यक्ष, १५ हजार १६० निरीक्षक, चार हजार परिचर र १५ हजार सुरक्षाकर्मी खटाएको सो कार्यालयले जनाएको छ ।

'हामी भ्रष्टाचार र सत्ता दुरुपयोग गर्दैनौ'-डा भट्टर्राई

पोखरा,१३ चैत/'हामी भ्रष्टाचार गदैर्नौ । राज्यसत्ता दुरुपयोग गर्दैनौं ।' नेकपा माओवादीका बरिष्ट नेता डा बावुराम भट्टर्राईले पर्यटकीय पोखराको लेकसाइडमा चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो-'नयाँ नेपाल निर्माणको लागि नयाँ नेतृत्व चाहिन्छ ।'कास्की क्षेत्र नं ३ को चुनावी सभामा सम्बोधन गर्न पोखरा आउनुभएका नेता भट्टर्राईले अन्य राजनीतिक दलहरुले पटक पटक राज्य सत्ता सञ्चालन गरेपनि व्यापक भ्रष्टाचार र राज्य सत्ता दुरुपयोग गरेकेले अब नयाँ शक्तिलाई सत्तामा पुर्‍याउनुपर्ने बताउनुभयो । आउँदो २८ गते हुने संविधान सभाको निर्वाचनलाई संसदको चुनावको रुपमा नहेन जनतालाई आग्रह गर्दै उहाँले संविधान बनाउने निर्वाचनमा सक्षम नेतृत्वलाई जिम्मा दिनुपर्नेमा जोडदिनुभयो । 'तपाईहरुले पटक पटक सबै दलहरुलाई हेरिसक्नुभयो ।' उहाँले भन्नुभयो-'अब हामीलाई हेर्नुहोस ।''नयाँ नेपालको स्पष्ट खाका कोर्न नयाँ शक्तिको रुपमा माओवादी देखिएको छ ।' उहाँले भन्नुभयो-'त्यसैले अब एकपटक माओवादीलाई सत्ता चलाउने अवसर प्रदान गर्नुहोस ।' उहाँले राष्ट्रिय सम्पदा सरंक्षण र पोखरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन माओवादीले आफनो स्पष्ट धारणा अघिसारेको जानकारी दिनुभयो । 'पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय गन्तव्य बनाउन रेल मार्ग र हवाई अडड्ा बन्नर्ुपर्छ । जुन माओवादीको योजनामा स्पष्ट छ ।' नेता भट्टर्राईले भन्नुभयो-'दशवर्षभत्रमा रोजगारी समस्या समाधान र आर्थिक बिकासले नेपाललाई समृद्ध बनाउने छौं ।' उहाँले विभिन्न पक्षबाट राष्ट्रियता माथि पुर्‍याएको आँचप्रति जनतालाई गम्भीर हुन आग्रह गर्दै आगामी संविधान सभाले सक्षम र नयाँ नेतृत्व नपाए झनै खतरा हुने दावी गर्नुभयो । नेता भट्टर्राईले राष्ट्रियतामाथि विदेशी हस्तक्षेप र अतिक्रमण रोक्न विगतमा अन्य राजनीतिक दलहरु सक्षम नभएको भन्दै विदेशी हस्तक्षेप र राजतन्त्र माओवादीलाई स्वीकार्य नहुने बताउनुभयो । सभामा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा विधायक दिननाथ शर्माले नयाँ नेपाल निर्माणको लागि आफनो पार्टी जित्नैपर्ने दावी गर्नुभयो । कास्की क्षेत्र नं ३ का उम्मेदवार झलकपाणि तिवारीले मुलुकभर देखिएको जनलहरले निर्वाचन माओवादीका पक्षमा रहेको ठोकुवा गर्नुभयो । कार्यक्रममा विभिन्न पार्टीआवद्ध र्सवसाधारणहरु माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई डा भट्टर्राई तथा शर्माले टिका लगाई स्वागत गर्नुभएको थियो ।

सशस्त्र समूह वार्तामा तयार

काठमाडौं, चैत १३ - तर्राईमा संर्घष्ारत चार सशस्त्र समूहले सरकारस“ग वार्ताका लागि औपचारिक पत्र पठाएका छन् ।
सरकारी वार्ता समितिको आमन्त्रण स्वीकार गर्दै उनीहरूले बुधबार पत्र पठाएका हुन् । मधेस मुक्ति टार्इगर्स, तर्राई कोब्रा, राजन मुक्ति अध्यक्ष रहेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चा र पवन संयोजक रहेका संयुक्त जनतान्त्रिक मुक्ति मोर्चाले वार्ताका लागि पत्र प्राप्त गरेको र आफूहरू कुराकानीका लागि तयार रहेको प्रतिउत्तर पठाएका हुन् ।
पत्रमा वार्ता र छलफलको आधारमा तर्राईवासी, मधेसीहरूलाई विश्व मान्यताअनुरूप अधिकारहरू दिने सर्न्दर्भमा वार्ता गर्न तयार रहेको उल्लेख छ । चार सदस्यीय अधिकार सम्पन्न वार्ता समिति बनाएको जनाए पनि उनीहरूले टोलीको नाम र्सार्वजनिक गरेका छैनन् । पत्रमा सहजकर्तामार्फ वार्ताको मिति र स्थान बिहीबार तय गर्न आग्रह गरिएको छ ।
उनीहरूले वार्ताको वातावरण बनाउन आफ्ना बन्दी साथीहरूको रिहाइ र मुद्दा खारेजीको माग गरेका छन् । 'वार्ता समितिको सुरक्षाको जिम्मेवार सरकारको रहने र औपचारिक वार्ता सुरु नभएसम्म आन्दोलनको निर्धारित कार्यक्रम यथावत् रहने' पत्रमा छ ।

प्रचण्डको सभाबाट हतियारधारि समातिए

२७ मार्च, ०८ ।माओवादी अध्यक्ष प्रचण्डको सभामा हतियारसहित पस्न खोज्ने एकजनालाई माओवादीको जनमुक्ति सेनाले नियन्त्रणमा लिएको समाचार छ । चाइनिज पेस्तोलसहित सभास्थलमा प्रवेश गर्न खोज्ने दुईजना फरार भएका छन् भने नियन्त्रणमा आएका एकजनालाई माओवादीले प्रहरीलाई बुझाएको छ ।सिराहाको लाहानमा आयोजित केन्द्रीय चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड मञ्चमा प्रवेश गरे लगत्तै तीन हतियारधारी पनि सभामा प्रवेश गर्न खोजेका थिए । माओवादी जनसेनाका डेपुटी कमान्डर बलदेवका अनुसार नियन्त्रणमा परेका राजीव झाले सुरुमा आफू प्रहरी र पछि नेपाली सेनाको सिपाही भएको बताएका थिए । वाइसिएल कार्यकर्ताले प्रचण्डलाई सुरक्षा दिन तीनवटा सुरक्षा-घेरा बनाएका थिए । सिराहाको ठाढी निवासी बताउने राजीव झाले आफू प्रहरीको अनुसन्धान सेलमा कार्यरत रहेको बताउँदै अपराह्न २:२० बजेतिर कार्यक्रमस्थलको पहिलो सुरक्षा-घेरा पार गरे लगतै संका लागेर समातिएको थियो ।

माओवादीद्वारा पूर्वका ६ जिल्ला बन्द

२७ मार्च, ०८ सोलुखुम्बुमा हिजो कांग्रेससंगको झडपमा माओवादी कार्यकर्ता मारिएको भन्दै माओवादी निकट किराँत राज्य समितिले पूर्वका ६ जिल्ला आज बन्द गरेको छ । सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपूरमा एसएलसी परिक्षा केन्द्रबाहेकका सबै शैक्षिक संस्था, यातायात, कलकारखाना तथा अन्य संघ-संस्था समेत बन्द गरिएका छन् । सोलुखुम्बुको सिसाखोलामा हिजो कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । झडपमा आफ्ना जिल्ला सदस्य गंगा भुजेलको मृत्यु भएको माओवादीले बताएको छ । घट्नामा कांग्रेस उम्मेदवार बलबहादुर केसी सहित १२ कार्यकर्ता तथा माओवादीका ८ कार्यकर्ता घाँईते भएका थिए ।

Wednesday, March 26, 2008

चुनावी सभामा फेरि आक्रमण / एमाले उम्मेदवारको प्रहरीद्वारा उद्धार

दीपक रिजाल/इश्वरराज ढकाल (छत्रेदेउराली, धादिङ)सात राजनीतिक दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकले एकअर्काको राजनीतिक कार्यक्रममाथि हस्तक्षेप नगर्ने लिखित प्रतिबद्धता व्यक्त भएको भोलिपल्ट मंगलबार धादिङको जीवनपुर गाविस-७ चण्डीभन्ज्याङमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गरिरहनुभएका धादिङ क्षेत्र नं. ३ का उम्मेदवार राजेन्द्र पाण्डेमाथि वाईसीएलका कार्यकर्ताहरूले आक्रमण गरेपछि उहाँलाई सशस्त्र र नेपाल प्रहरीले सकुशल उद्धार गरी काठमाडौं लगेका छन्।जीवनपुर गाउँ पार्टीमिटीद्वारा आयोजित चुनावी सभामा नेकपा (माओवादी) धादिङ जिल्ला कमिटीका सदस्य दीपक लामिछानेको नेतृत्वमा रहेको वाईसीएल समूहले कार्यक्रम शुरू हुनासाथ आक्रमण थालेको थियो।काठमाडौंबाट वाईसीएल कार्यकर्तासहित तीनवटा बसबाट करिब ५ सयको संख्यामा आएको समूहले उम्मेदवार पाण्डेसहित एमाले कार्यकर्तामाथि ढुंगामुढा गरी तीन घण्टा नियन्त्रणमा लिएको थियो।जीवनपुर गाविस भवनमा आयोजना गर्न लागेको कार्यक्रम बिथोलेपछि चण्डीभन्ज्याङमा आयोजना गरिएको कार्यक्रममा वाईसीएल कार्यकर्ताले आक्रमण गरेका थिए। आक्रमणबाट एक दर्जन एमाले कार्यकर्ता घाइते भएका छन् भने आधा दर्जन मोटरसाइकल क्षँत्रिरस्त भएका छन्।ज्यानै मार्ने उद्देश्यका साथ कार्यक्रमस्थलमा आक्रमण गरेको बताउँदै उम्मेदवार पाण्डेले माओवादीले चुनाव रोक्न षड्यन्त्र शुरू गरेको आरोप लगाउनुभयो।पाण्डेमाथि माओवादीले घेराबन्दी गरेपछि सशस्त्र प्रहरी बल मुख्यालयबाट गएको पाँच ट्रक सुरक्षाकर्मीले उहाँलाई उद्धार गरेको थियो। दिउँसो साढे ३ बजेदेखि शुरू भएको चुनावी सभास्थलमा माओवादीले घेरा हाली डाँडाबाट ढुंगा प्रहार गरेको थियो।राजधानीबाट करिब २० किमि टाढा रहेको सो स्थानमा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि सीतापाइलादेखि नै जनता आतंकित भएका थिए। कडा सुरक्षाका साथ पाण्डेलाई काठमाडौं लग्दा आक्रमणमा गएका माओवादी कार्यकर्ताले पिछा गरेका थिए। ँसोही क्षेत्रका माओवादी उम्मेदवार शालिकराम जमरकट्टेलको प्रत्यक्ष निर्देशनमा आफूमाथि आक्रमण गरिएको पाण्डेले बताउनुभयो।उता काठमाडौं क्षेत्र नं. ८ का एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको नेतृत्वमा मंगलबार निकालिएको चुनावी र्यालीमाथि माओवादी कार्यकर्ताहरूले आक्रमण गरेको एमालेले जनाएको छ।महिलाहरू सहभागी रहेको सो र्याली न्युरोड पुग्दा माओवादी कार्यकर्ताहरूले हस्तक्षेप गरी र्यालीमा सहभागीहरूको हातबाट पार्टी झन्डा खोस्ने, डन्डाले घोच्ने, तान्नेजस्ता दुर्व्यवहार गरेको एमाले केन्द्रीय कार्यालयद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।विज्ञप्तिमा माओवादीलाई यस खालका ज्यादतीपूण कार्य तुरुन्त रोक्न ध्यानाकर्षा गराइएको छ।

काँग्रेस र माओवादीविच भिडन्त, एक माओवादीको मृत्यु

सोलुखुम्बुको शिशाखोला क्षेत्रमा नेपाली कांग्रेस र नेकपा माओवादीका कार्यकर्ताबीच भिडन्त हुदा माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।

१३ चैतमा दुवै दलले एकै स्थानमा चुनावी सभा गर्न लाग्दा भएको विवाद झडपमा परिणत हुदा माओवादी कार्यकर्ता गंगाबहादुर भुजेलको मृत्यु भएको हो ।
घटना दुवै पक्षका दर्जनौं घाइते छन् । त्यस क्षेत्रको स्थिति तनावग्रस्त छ । घटना हुंदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सोलुका उम्मेदवार बलबहादुर केसी र नेकपा माओवादीका उम्मेदवार गोपाल खुम्बु पनि उपस्थित थिए ।

शसस्त्र प्रहरीको गाडी एम्बुसमा

२६ मार्च, ०८ । सिराहको फुल्काहाकट्टी ५ मा गएराती शसस्त्र प्रहरीको गाडी एम्बुसमा परेको छ । सिराहको सुखीपुर बेस क्यामबाट गोलबजार तर्फजादै गर्दा गरेको गाडी राती ९ बजे एम्बुसमा पर्दा २ जना घाइते भएका हुन ।एम्बुसमा परि प्रहरी सहायक निरिक्षक नवराज के सी र प्रहरी जवान राम कुमार चौधरी घाइते भएका हुन ।घाइते दुबैको सिराहाकै लाहान अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको शसस्त्र प्रहरी दन्तकालिगण बरमझियाका गणपती प्रलाद केशीले बताउनु भयो । गस्तीमा जादै गरेको शसस्त्र प्रहरीको एम्बुसमा पुग्नु अगाडि नै बिष्फोट भएकाले ठुलो क्षति नभएको केसीले जानकारी दिनुभयो ।बिष्फोटको जिम्मेवारी कुनै समुहले नलिएपनि सबिधानसभा बिरोधीले बिष्फो गराएको आशका गरिएको छ । घटनामा सम्लग्न भएको आशकामा प्रहरीले रातीनै नौ जनालाइ पक्राउ गरेको छ। पका्रउ परेकाको साथबाट २ वटा मोटरसाइकल र एउटा कटुवा पेष्तोल बरामद गरिएको गणपति केसीले जानकारी गराउनु भयो । तर पक्राउ परेकाको नाम भने खुलाइएको छैन ।

झडपपछि इनरुवामा कर्फ्यु

२६ मार्च, ०८ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा स्थानीय प्रसासनले दिउँसो साढे एक बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।सदरमुकाम इनरुवास्थित भगवती उच्च माविमा भइरहेको एसएलसी परीक्षामा चिट चोराउन गएका केही व्यक्ति र प्रहरीबीच दोहोरो भडप भएपछि उत्पन्न तनावलाई साम्य पार्न कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।दोहोरो झडप हुँदा छ नागरिक, एक म्यादी प्रहरी र एक ट्राफिक प्रहरी घाइते भएका छन् ।

तर्राईमा जातीय मत तानातान

वीरगन्ज, चैत १२ - २०५६ सालको आमनिर्वाचनमा एमालेबाट र्सलाही-५ का उम्मेदवार केशव ढुंगाना प्रचारका क्रममा सेखौना पुगेपछि उनकै पार्टर्ीीट निर्वाचित गाविस अध्यक्ष लक्ष्मी रायले आदरसत्कारमा कुनै कमी हुन दिएनन् । वैशाखको घाममा दही, लस्सी, मिर्ठाईलगायतका परिकार खुवाएपछि रायले भने- 'कमरेड बेटी अ भोट दुसरा जात मे नही देव -छोरी र भोट अरू जातमा दिन्न“) ।'
ढुंगानास“गै प्रचारमा रहेका एमाले कार्यकर्ता विदुर प्याकुरेलका अनुसार यस क्षेत्रका स्थानीय निकायमा बहुमत हु“दाहु“दै रायको जवाफपछि उनीहरू निराश भए ।
पछिल्लो समयमा मधेसमा जातीय राजनीति हावी हु“दै गएको छ । प्रमुख दलदेखि क्षेत्रीय दलसम्मका स्थानीय नेता कार्यकर्ता आफ्नो उम्मेदवारले जित्ने प्रमुख आधार जातीय कारण बताइरहेका छन् । स्थानीय बुद्घजिीवी विनोद गुप्ता बिहार र उत्तर प्रदेशमा जातीय राजनीति प्रभावी हु“दै गएका बेला माओवादी व्रि्रोहले त्यसलाई स्थापित गर्न निर्ण्ाायक भूमिका खेलेको बताउ“छन् । मधेसमा यसपटक धेरैजनाको जितहारको प्रमुख कारण जातीय हुने गुप्ताको अनुमान छ ।
रौतहट क्षेत्र-२ मा एमाले उम्मेदवार रेवन्त झा आफ्नो जिल्लामा जात र हतियार निर्ण्ाायक हुने गरेको बताउ“छन् । मार्क्सवादको कखराबाट राजनीति सुरु गरेका झा भन्छन्- 'उत्तरबाट जति दक्षिण लाग्यो वर्गीय राजनीति कमजोर र जातीय राजनीति प्रबल हु“दै जान्छ ।'
सबैभन्दा बढी मण्डल -धानुक) मतदाता रहेको धनुषा-२ मा किशोरी मण्डलको उम्मेदवारीकै कारण माओवादी बलियो देखिएको छ । यो क्षेत्रमा अन्य प्रमुख पार्टर्ीीट मण्डल उम्मेदवार छैनन् । त्यस्तै र्सलाही-१ मा चुरेभावर राष्ट्रिय एकता पार्टर्ीी अर्जुन चौधरी जातीय कारणले कमजोर भन्न नमिल्ने उम्मेदवार बनेका छन् । १२ हजारभन्दा बढी भोट थारू मत एकलौटी पार्ने सम्भावनाले जित्ने विश्वासमा रहेको एमाले पनि सशंकित बनेको छ ।
पर्सर्ााोत्र-२ मा सुरुमा कमजोर ठानिएका एमाले उम्मेदवार विचारी यादव जातका कारण चुनाव नजिकिने क्रमस“गै सशक्त हु“दैछन् । चानचुन १३ हजारजति यादव मत एकलौटी गर्न नसकेमा थपथाप संगठनको मतले विजयी हुनसक्ने आ“कलन एमालेले गर्न थालेको छ । र्सलाहीमा पञ्चायतकालदेखि यादवविरुद्घ पचकोनिया -यादवबाहेकका जात) बीच जातीय राजनीति हु“दै आएको छ । मधेसका क्षेत्रीय दलबीच तालमेलमै अवरोधका रूपमा रहेको र्सलाही क्षेत्र-४ मा तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी नेता रामचन्द्र राय यादव मतदाताको कारण मजबुत छन् भने पचकोनिया मत एकलौटी हुने विश्वासमा सद्भावना पार्टर्ीी कार्यकर्ता अध्यक्ष राजेन्द्र महतोको विजयप्रति आश्वस्त छन् ।
पर्सर्ाा मा कर्ुर्मी मतका कारण राप्रपाका गोखुल कर्ुर्मी मजबुत उम्मेदवार भएका छन् । पर्सर्ाा सबैभन्दा बढी जनसंख्या रहेको मुस्लिम समुदायलाई समानुपातिकमा समेत नसमेटेपछि कांग्रेसका उम्मेदवारलाई मुस्लिम भोट बैंक गुम्ने चिन्ताले सताएको छ । पर्सर्ााोत्र-१ मा एमालेले बाबुजान अलीलाई उम्मेदवार बनाएका कारण कांग्रेस राप्रपाका विमल श्रीवास्तवमाथि हावी भएको विश्लेषण गरिरहेको छ । नगर प्रमुखमा मुस्लिम समुदायले श्रीवास्तवमाथि विश्वास गर्दै आएका छन् ।
तर जातीय आधारमा भोट प्राप्त गर्न उम्मेदवार पनि सशक्त हुन आवश्यक रहेको मधेसी जनअधिकार फोरम पर्सर्ाा अध्यक्ष्ँ शशिकपुर मिया“ बताउ“छन् । 'जित्नसक्छ भन्ने लाग्यो भने मात्र मतदाताले आफ्नो जातका उम्मेदवारलाई भोट हाल्ने हुन्,' उनी भन्छन्- 'हार्ने उम्मेदवारलाई घरकै परिवारले पनि भोट दि“दैनन् ।'

Tuesday, March 25, 2008

चुनावी सभामा माओवादी आक्रमण

नेपाल समाचारपत्र (पोखरा) नेपालले गणतन्त्र धान्न सक्दैन। सात दलले मुलुकमा गणतन्त्र जबर्जस्ती लाद्न खोजे देश सिक्किम, कम्बोडिया र अफगानिस्तानजस्तै बन्छ’ -राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यसो भन्दै गर्दा माओवादी कार्यकर्ताले हस्तक्षेप गरे।चर्को नाराबाजी गर्दै माओवादी कार्यकर्ताले स्टेजमा ढुंगा र इँटा बर्सा पनि थापाले आफनो सम्बोधन टुंग्याएरै छाड्नुभएको थियो।सभास्थलमा खटिएका जनपद र सशस्त्र प्रहरीको सहयोगमा मञ्चबाट बाहिरिएका थापा तथा केन्द्रीय सहमहामन्त्री गणेश शेरचनसहित अन्य नेता सुरक्षित स्थलतर्फलागेका थिए। माओवादी कार्यकर्ताको आक्रमणबाट राप्रपा नेपालका कार्यकर्तासहित १० जनाभन्दा बढी घाइते भएका छन्। आक्रमणबाट विशेष गरी सो पार्टी जिल्ला सहसचिव वरुणविक्रम राणा, कार्यकर्ता बुद्धिबहादुर थापालगायत घाइते भएका छन्। थापालाई माओवादी कार्यकर्ताले हिर्काएको ढुंगाले मुखमा चोट लागेको छ। उहाँको सिर्जनाचोकस्थित फेवा सिटी हस्पिटलमा उपचार भइरहेको राप्रपा नेपालले जनाएको छ। उहाँलाई प्रहरीको भ्यानमा राखेर अस्पतालसम्म ल्याइएको थियो। राणालाई भने माओवादी कार्यकर्ताले प्रहरीकै बीचमा कुटपिट गरेका थिए। माओवादी कार्यकर्ताले राप्रपा नेपालका कार्यकर्तालाई खोजीखोजी आक्रमण गरेका थिए।अध्यक्ष थापाले सम्बोधनकै क्रममा माओवादीले आक्रमण गरेपछि राप्रपा नेपालका कार्यकर्ता पनि र्यालीमा प्रयोग गरिएका लट्ठी र बाँसका साटा लिएर प्रतिकारमा उत्रिए। माओवादी कार्यकर्ताले स्टेजअगाडिबाटै ढुंगा, इँटा र पानीको बोतलले हिर्काउन थालेपछि राप्रपा नेपालका कार्यकर्ताहरू भागेका थिए। राप्रपा नेपालका नेता तथा कार्यकर्ता भागेपछि माओवादी कार्यकर्ताले स्टेज कब्जा गर्दै नाराबाजी गरेका थिए। माओवादी कार्यकर्तालाई प्रहरीले संयम हुन आग्रह गरे पनि उनीहरू संयमित नभएपछि उनीहरूलाई तितरबितर गराउन लाठी चार्जसमेत गरेको थियो। प्रहरीको लाठीबाट केही र्सवसाधारणसमेत घाइते भएको बताइएको छ।

माओवादी र मसाल एक हुने

नेकपा माओवादी र नेकपा (एकता केन्द्र मसाल) एकीकृत पार्टी निर्माण गर्न सहमत भएका छन् । एकताका लागि साङ्गठनिक प्रक्रिया पूरा गर्न छलफल र गृहकार्यका लागि एकता संयोजन समिति बनाउने निर्णय पनि गरिएको छ । मंलबार माओवादी अध्यक्ष प्रचण्ड र मसालका महासचिव प्रकाशले संयुक्त रुपमा हस्ताक्षरीत प्रेस विज्ञप्तिमा संगठनिक एकिकरणको प्रक्रिया पूरा गर्नका लागि आवश्यक छलफल एवं गृहकार्य गरी पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको उल्लेख गरिएको छ । साथै जनआन्दोलनको लक्ष्य पूरा गर्न सकिन्छ भन्ने मान्यताले एकता गर्न सहमत भएको र निर्वाचनका सम्भावित षड्यन्त्रलाई चिर्दै बाम पार्टीलाई जिताउन आग्रह समेत गरिएको छ ।

एमालेका नेता ओलीमाथि माओवादीको आक्रमण

नेकपा माओवादीका कार्यकर्ताले एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीमाथि आक्रमण गरेका छन् । ११ चैतमा झापाको भद्रपुरमा आयोजित चुनावी सभामा सहभागी हुन जान लागेका ओली चढेको सवारीमाथि ढुंगामुढा गरी क्षति पुर्‍याएका हुन् ।
आक्रमणबाट गाडीको सिसा फुटेको छ । उनी सभास्थल पुगेपछि पनि माओवादी कार्यकर्ताले नारावाजी गरेका थिए । द्विपक्षीय झडपको स्थिति बढेपछि कार्यक्रम बिथोलिएको छ । कार्यक्रम बिथोलिएपछि संचारकर्मीसंग कुरा गर्दै नेता ओलीले माओवादीको 'अराजक' क्रियाकलापका कारण चुनावी तालमेल हुननसकेको बताए । उनले माओवादीलाई अझै हिंसामा विश्वास राख्ने शक्तिका रुपमा टिप्पणी गरे ।
माओवादीका विषयमा कडा टिप्पणी गर्दै आएका ओलीमाथि भएको पछिल्लो आक्रमण सात दलबीच एक अर्काका कार्यक्रममा अवरोध नपुर्‍याउने र आक्रमण नगर्ने सहमति भएकै दिन भएको हो ।

माओबादीद्धारा दुइ घण्टा देशब्यापी चक्काजाम

२५ मार्च, ०८ । शान्ति संझौता बिपरित सरकारले हतियार भित्राएको भन्दै माओबादीले आज देशभर दुइ घण्टा चक्काजाम गरेको छ । हिजो बेलुका भैरहवा नाका हुँदै काठमाण्डौ आउनलागेका तीन ट्रक हतियार माओबादीले कब्जामा लिएपिछ प्रसासनले आज बिहान बल प्रयोग गरी काठमाण्डौ पठाएको थियो । सरकार चुनाब भाँड्न हतियार ल्याएको भन्दै बुटबलमा प्रदर्शन भइरहेको छ भने माओबादीले देश भर १२ बजेदेखि २ बजे सम्म चक्काजाम गरेको छ । यसैबीच माओबादी अध्यक्ष प्रचण्डले आज गर्ने चुनाबी सभालाइ बिरोध सभा बनाइने बताउनु भएको छ । आज बिहान इटहरीमा हुने आसभालाइ बोधन गर्न पुग्नुभएका प्रचण्डले संचारकर्मीहरुलाइ यस्तो जानकारी दिनु भएको हो ।माओबादीले संबिधान सभाको चुनाब भाँड्को लागि सरकारले हतियार भित्राएको आरोप लगाउँदै चक्काजामको घोषणा गरेको हो । आकष्मिक भएको देश ब्यापी चक्काजामले जनजीवन कष्टकर बनवेको छ ।

तीन जिल्ला बन्द, तनाब जारी

२५ मार्च, ०८ । सरकारले संविधानसभा आचारसहिँता विपरित ट्रकमा हतियार भैरहवा नाका हुँदै नेपाल भित्रयाएको भन्दै माओवादीले हिजो कब्जामा लिएका तीन ट्रक प्रशासनले बल प्रयोगरी काठमाण्डौ पठाएपछि माओबादीले बिरोध स्वरुप तीन जिल्ला बन्द गराएका छन् । सोमबार राती १० बजे माओवादीले तीन ट्रक हतियार अवैधरूपमा ल्याएको भन्दै ट्रक कब्जामा लिएका थिए । स्थानीय प्रशासनले सोमबार राती ३ बजे कर्फ्र्यु लगाएर ट्रक काठमाण्डौ तिर पास गराएपछि तनाब शुरु भएको थियो । स्थानीय प्रशासनले भने अति संवेदनसिल चुनाव सामग्री भएको र हतियार नल्याएको दावी गरेको छ । माओवादी कार्यकर्ताका अनुसार प्रहरीले तीन ट्रक हतियार ल्याएको स्वीकार गरेको छ । आजै बिहानैदेखि माओवादी कार्यकर्ताहरूले बुटवलका बिभिन्न ठाउँमा रहेका प्रहरी विटमा आगजनी गरेका छन् । आज माओबादीले बिरोध स्वरुप रुपन्देही कपिलबस्तु र नवलपरासी जिल्ला बन्दको आह्वान गरेका छन् । जारी रहेको एसएलसि परिक्षा वाहेक कुनैपनि कलकारखाना, शिक्षण संस्था यातायात चल्न दिएका छैनन् ।प्रहरी र माओबादी कार्यकरु्ताबीच झडपहुँदा प्रहरीको कुटाइबाट पत्रकार लेखनाथ सजकसहित १५ जनाभन्दा बढी माओवादी कार्यकर्ता घाइते भएको माओबादीले जनाएको छ।

बुटबलमा तीन ट्रक हतियार माओवादी कव्जामा

२५ मार्च, ०८ ।भारतबाट नेपाल भित्रीदै गरेको अवस्थामा हातहतियार सहितको ३ वटा ट्रकलाई हिजो सांझ वुटवलमा माओवादी सुत्रले थाहा पाईना साथ घेराबन्दी गरि नियन्त्रणामा लिइ गृह मन्त्रालय तथा अनमिन अघिकारीलाइ जानाकारी गराईसकेको कुरा थाहाभएको छ।कस्को निर्देशनमा ति हतियार भित्रिए भन्ने बाहिर नआए पनि नियन्त्रित हतियारहरु वुटबलकै जोगिकुटीमा माओवादी घेरा बन्दीमा रहेको समाचारमा जनाईएको छ ।संविधानसभालाई तहशनहस पार्न संविधानसभा विरोधीहरुको योजनामा उक्त ३ ट्रक मात्र होईन ३० ट्रक हतियार नेपाल भित्रएको सूचना रहेकोले खोजविन र छानविनका लागि अनमिन सुरक्षा निकायका अघिकारी तथा गृहमन्त्रालय श्रोतलाई जानाकारी गराईसकेको कुरा माओबादी नेता देवेन्द्र पौडेलले बताउनु भएको प्राप्त जानाकारी जनाईएको छ ।नियन्त्रीत ट्रकमा हतियार रहेको कुरा जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रमुख सुरेन्द्र रावलले निरिक्षण पश्चात वताउनु भएको थाहाभएको छ ।

Monday, March 24, 2008

निर्वाचन प्रकिया िहंसात्मक मोडमा

मधेसको शुरक्षा अवस्थामा सुधार आएपनि निर्वाचन प्रवि्रुया बिथोल्नका लागि हत्या िहंसा तथा उम्मेदवार र मतदाताहरुलाई डरधम्की देखाउने प्रवृित्त बढेर गएको छ ।
माओवादी कार्यकर्ताहरुले उनीहरुको आधार इलाकामा अन्य पार्टीलाई प्रचार प्रसार नगर्न पटक पटक चेतावनी दिएका छन् ।
१२ वर्षसम्मका कलिला केटाकेटीलाई स्कूलबाट निकालेर वाईसीएलमा संलग्न गराएको ।
माओवादीले मतदाताहरुलाई कसलाई मत दिए भन्ने आफूलाई थाहा हुने र अरु पार्टीलाई मत दिनेलाई कार्वाही गरिने बताएको छ ।
मतदानका दिनमा िहंसा फैलाउने र बुथ कब्जा गरिने एवम् परिणाम घोषणापछि पनि िहंसा हुनसक्ने कुरामा सबैले चासो राखेका छन् ।
व्यारेकमा रहेका कुल सैन्यमध्ये १२ प्रतिशतभन्दा बढीलाई एकसाथ बिदामा बस्ने अनुमति दिइने छैन ।
अनमिनको प्रतिवेदनको सम्पादीत अंश

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चासित सम्झौतामा हस्ताक्षर भए पछि मधेसको सुरक्षास्थितिमा उल्लेखनीय सुधार आएको उल्लेख गरेको छ । गएको दुई साता यता सशस्त्र समूहहरुका गतिविधि तीब्र भएको तथा निर्वाचन प्रवि्रुया बिथोल्नका लागि हत्या िहंसा तथा उम्मेदवार र मतदाताहरुलाई डर­धम्की देखाउने प्रवृित्त बढेर छ ।

पार्टी समर्थकहरु बीचको भिडन्त अन्य प्रकारका िहंसा डर र धम्कीको प्रयोग सम्बन्धी दिनहुँजसो प्राप्त भइरहेका सूचनाले निर्वाचन प्रकियाले बढ्दो रुपमा िहंसात्मक मोड लिइरहेको छ । राजनीतिक दलहरुका बीचमा अविश्वास र आव्रुाेशको खाडल बढेको छ ।

निर्वाचनको प्रचार प्रसारको सिलसिलामा दुईजनाको मृत्यु भएको राष्ट्रिय जनमोर्चाका एक जना उमेदवारको हत्या बाहेक एमाले कार्यकर्तालॆ निर्वाचनको प्रचार प्रसारका क्रममा माओवादीका ९ जना कार्यकर्तालाई पिटेर घाइते बनाएको छ ।
चैत ६ मा रोल्पामा माओवादीका दुई जना कार्यकर्ताहरुको हत्या निर्वाचनसँग सम्बन्धित थियो वा थिएन भन्ने स्पष्ट हुन सकेको छैन ।

योङ कम्युनिस्ट लिग समेतका माओवादी कार्यकर्ताहरुले दार्चुला धनकुटा सिन्धुपाल्चोक चितवन बर्दिया बैतडी ललितपुर ओखलढुङ्गा गोर्खा कास्की कालिकोट धादिङ सल्यान लगायतका क्षेत्रहरुमा अन्य पार्टीका कार्यकर्ताहरुको स्वतन्त्रतापूर्वक भेला हुन पाउने अधिकारमा विभिन्न प्रकारले अवरोध सिर्जना गरेका माओवादीले मतदाताहरुलाई उनीहरुले कसलाई मत दिए भन्ने आफूलाई थाहा हुने र अरु पार्टीलाई मत दिनेलाई कार्वाही गरिने चेतावनी दिएको भेटिएको छ ।

फागुन २९ गते रामेछापमा भएको एउटा गम्भीर घटनामा नेकपा­माओवादीका कार्यकर्ताको आव्रुमणबाट निर्वाचनको प्रचार प्रसार कार्यव्रुम सकिएपछि फर्कदै गरेका एक जना उमेदवारसहित एमालेका १९ जना कार्यकर्ता घाइते भएको तथा ओएच्सीएच्आरको भ्रमणपछि सो आव्रुमण नियोजित रहेको पुष्टि भएको छ ।

विभिन्न स्रोतबाट ओएच्सीएच्आरलाई प्राप्त जानकारी अनुसार त्यहाँको समुदायलाई वाईसीएलले डर देखाएको धम्की दिएको र १२ वर्षसम्मका कलिला केटाकेटीलाई स्कूलबाट निकालेर वाईसीएलमा संलग्न गराएको छ ।

फागुन १३ गते बर्दियामा माओवादीका एक कार्यकर्तालाई मधेशी जनअधिकार फोरमका ६ जना मानिसहरुले फोरममा संलग्न हुन दवाब दिँदै गोली हानेका सुनसरीमा निर्वाचनको काम सकेर फर्कँदै गरेका नेपाली काँग्रेसका कार्यकर्ताहरु माथि मधेशी जनअधिकार फोरमका समर्थकहरुबाट आव्रुमण गरेकेा हो ।

ठूला राजनीतिक दलका युवा सङ्गठनका प्रतिनिधिहरुले निर्वाचनका दिन मतदान केन्द्रको ूसुरक्षाू का लागि ठूलो सङ्ख्यामा युवाहरु परिचालन गर्ने कुराको सङ्केत गरेको उल्लेख छ । परिचालन अिहंसात्मक हुने र निर्वाचन प्रवि्रुयाको सहजीकरणका लागि हुने दाबी भएपनि मतदान केन्द्र नजिकै सङ्गठितरुपमा प्रतिस्पर्धी दलहरुसँग सम्बद्ध युवाहरुको उपस्थितिका कारण िहंसा हुन सक्ने देखिएको छ ।
विस्तृत शान्ति सम्झौतामा दुवै पक्षका सेनाले कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न र पक्ष विपक्षमा लाग्न नपाउने सहमति भएपनि सहमति विपरित माओवादी सेनाबाट बिदाइ नभइकनै माओवादी सेनाका कमान्डरहरु र सदस्यहरुलाई उम्मेदवारका रुपमा मनोनित गरेकोतर्फ माओवादी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
हतियार र सेना व्यवस्थापनको अनुगमन सम्बन्धी सम्झौता अनुसार यसका पक्षहरुको आपसी सहमतिमा बाहेक कुनै पनि अस्थायी शिविर वा व्यारेकमा रहेका कुल सैन्यमध्ये १२ प्रतिशतभन्दा बढीलाई एकसाथ बिदामा बस्ने अनुमति मिल्दैन ।

नेपाली सेनाले आपुना सबै तहका कर्मचारीहरुका आकस्मिक बाहेक सबै बिदा चैत ७ गतेदेखि लागु हुनेगरी रद्द गरेको र माओवादी अध्यक्ष प्रचण्डले पनि माओवादी सेनालाई आकस्मिक अवस्थामा बाहेक बिदा नदिन र बिदामा रहेकालाई पनि शिविरमा फर्कन आदेश दिइसकेको जानकारी संयुक्त अनुगमन समन्वय समितिलाई जानकारी प्राप्त भएको छ ।

तर माओवादी कमान्डरहरुलाई आदेश दिनु अगावै उल्लेख्य सङ्ख्यामा माओवादी सैनिकहरु बिदामा गइसकेका थिए । केही अवस्थामा यो सङ्ख्या १२ प्रतिशत नाघेको छ र लडाकूहरु राजनीतिक प्रचारमा संलग्न रहेका छन् भन्ने अन्मिनलाई विश्वास छ ।

सैन्यदस्ता तथा हवाई आवागमन र अभ्यास सम्बन्धी जानकारी संयुक्त अनुगमन समन्वय समितिलाई ४८ घण्टा अगावै उपलब्ध गराउनु पर्नेभएपनि सेनाले आफूले विमानस्थल र भन्सार कार्यालय लगायत ५० वटा विभिन्न स्थानमा सैन्यदस्ताहरु खटाएको जानकारी संयुक्त अनुगमन समन्वय समितिलाई ढिला गराएको छ ।

शीर्ष नेतालाई जिताउन तालमेल हुने: प्रधानमन्त्री कोईराला

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा निर्वाचनमा शीर्ष नेताहरूलाई जिताउन तालमेल गर्न कांग्रेस तयार रहेको बताउनु भएको छ ।

अहिलेको अवस्था दलहरूले मिलेर जानुपर्ने भएकाले तालमेलका लागि सबै पक्षसँग छलफल गर्ने बताउनु भएको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग आइतबार बिहान भएको भेटमा प्रधानमन्त्री कोइरालाले चुनावी वातावरणका लागि वाईसीएलका गतिविधि रोक्न आग्रह गर्नुभयो । वाईसीएलका गतिविधिबाट सबै दलहरू सशंकित रहेकोले शान्तिपूर्ण रूपमा चुनाव हुनेमा शंका व्यक्त गर्नुभएको थियो ।

उम्मेदवारको हत्यारा सार्वजनिक

बाँके क्षेत्र नं. २ मा आज राष्ट्रिय जनमोर्चाका तर्फबाट सीता अधिकारीले उम्मेदवारी दर्ता गराएकी छन् । गत मङ्गलबार तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) का कार्यकर्ताहरुले उम्मेदवार कमलप्रसाद अधिकारीको हत्या गरेपछि सो स्थानमा उनकी श्रीमती सीताले उम्मेदवारी दर्ता गराएकी हुन् ।
अधिकारीका हत्यारालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । अधिकारीलाई जनतान्त्रिक तराई मुक्तिमोर्चा (ज्वालासिंह) समूहले हत्या गरेको थियो । मोर्चाका रामवरण कुर्मी सहित २ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

राति आफ्नै श्रीमतीको घाँटी रेटेर वीभत्स हत्या

सप्तरी, ११ चैत । सप्तरीको इनर्वा फुलवडिया- ३ बस्ने परमेश्वर राम चमारले गए राति आफ्नै श्रीमतीको घाँटी रेटेर वीभत्स हत्या गरेको छ ।

चमारले २५ बर्सीय गुलजरीयादेवीलाई सुतिरहेको अवस्थामा घाँटी रेटेर वीभत्स तरिकाले हत्या गरी नजिकैको गहुँखेतमा फालेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । हत्याको कारण भने अहिलेसम्म खुल्न सकेका छैन । हत्या गर्ने चमारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैत २० देखि बिद्यालय बन्द हुने

२४ मार्च, ०८ । सरकारले संविधान सभाको निर्वाचनको लागि चैत २० गतेदेखि बैशाख ३ गतेसम्म बिद्यालय तथा शैक्षिक संस्थाहरुमा बिदा दिने भएको छ ।

शिक्षा मन्त्रालयले बिद्यालयहरुमा मतदान केन्द्र परेको तथा शिक्षकलाइ घर फर्किन र निर्वाचनमा परिचालन हुन समय आवश्यक परेकोले बिद्यालयहरु बन्द गरिने निर्णय गरेको जनाएको छ ।

यस अघि देशभरीका क्याम्पसहरुमा समेत बिदा दिने निर्णय भइसेको छ ।

प्रधानमन्त्री कोइराला र भारतिय राजदुतबीच भेट

२४ मार्च, ०८ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालका लागि भारतिय राजदुत शिबसंकर मुखर्जीसंग भेटवार्ता गर्नु भएको छ ।

आज बिहान प्रधानमन्त्री निबास बालुवाटारमा भएको भेटमा चैत २८ मा हुनलागेको चुनfब र भारतको सहयोगका बिषयमा छलफल भएको थियो । करिब आधा घण्टाको भेटमा प्रधानमन्त्री कोइरालाले चुनाको बेला सिमा क्षेत्रमा हुन सक्ने अपराधिक घटना रोक्न सिमा क्षेत्रमा सुरक्षा ब्याबस्था कडा बनाउन राजदुत संग आग्रह गर्नु भएको थियो ।

राजदुत मुखर्जीले भार सहयोगको लागि सधै तयार भएको बताउनु भएको थियो ।

यसैबीच चुनाब नजिकिदै गइरहेकाबेला मुलुकको सुरक्षा अबस्थाकाबारे प्रधानमन्त्री कोइरालाले ससश्त्र प्रहरीका महानिरिक्षक बासुदेब वलीसंग जानकारी लिनु भएको छ ।

चुनाब प्रचार प्रसारका क्रममा दैनिक जसो झडप र हत्याका धटना बृद्धि भइरहेकाबेला भयरहित बाताबरणमा सर्बसाधारणलाइ भोट हाल्ने ब्याबस्था बनाउनको लागि प्रधान मन्त्रीले वलीसंग छलफल गर्नु भएको हो ।

कोइरालाले भयरहित बाताबरणमा सर्बसाधारणले भोटहाल्ने अबस्था बनाउन निर्देशन दिनु भएको थियो ।

Sunday, March 23, 2008

तरबार लिएर आतङ्क मच्याउँदै हिँड्ने तीन जना ब्यक्ति पक्राउ

दमौली, १० चैत । तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारमा तरबार लिएर आतङ्क मच्याउँदै हिँड्ने तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
व्यास नगरपालिका, वडा नं. २ का विभिन्न चोकमा आतङ्क मच्याइरहेको बेलामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । अभियुक्तहरूले प्रयोग गरेको दुई/तीन हात लामो तरबार पनि प्रहरीले आफ्नो कब्जामा लिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाले उनीहरूको नाम भने दिन चाहेन । सो घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ ।

प्रचण्ड कामरेडको सवारी


यो तस्विर हो माओवादी अध्यक्ष प्रचण्डको रोल्पा यात्राको । भनिन्छ वास्तवीकता के हो तस्विर आफैं बोल्छ । भनेपछि यो तस्विरले के देखाइरहेको छ भनेर किन शब्द खर्च गर्नु हैन र ?

कोइराला र प्रचण्डबीच भेट, नेपालसंग हुँदै

२३ मार्च, ०८ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड वीच आज विहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा दैनिक भएका कुटपिट, हत्या र आचारसंहिता उल्लंघनका घटनाका वारेमा छलफल भएको वताइएको छ ।
भेटमा प्रधानमन्त्रीले माओवादीका तर्फवाट अन्य दलका कार्यक्रम र कार्यकर्तामाथि आक्रमण वढेको भन्दै त्यसो नगर्न र मिलेर जान आग्रह गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले भने छिटपुट घटना भएको र त्यसलाइ अतिरंजित वनाइएको जानकारी दिनुभएको थियो । यसैवीच आजै अपरान्ह प्रधानमन्त्री कोइरालाले एमाले महासचिव माधवकुमार नेपालसंग भेट गर्दै हुनुहुन्छ ।

सवारीसाधन लुट्ने समूह पक्राउ

काठमाडौं, चैत ९ - सवारीसाधनलाई एकान्त ठाउ“मा पारेर लुट्ने ६ जनाको समूहलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेकाहरूले एक वर्षभत्र उपत्यकामा गुड्ने सयभन्दा बढी सवारीसाधन लुटेको स्वीकारेको प्रहरीको दाबी छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको ठूलो पाखर-६ घर भई ललितपुर बस्ने २५ वषर्ीय रमेश लामा, मकवानपुर सिस्नेरी-९ टेकर घर भई शंखमूल बस्ने २४ वषर्ीय अशोक वाइवा, बारा निजगढ-५ घर भई धुम्बाराही बस्ने २५ वषर्ीय संजीव लामा, मोरङ शनिश्चरे-२ घर भई ठमेल बस्ने २६ वषर्ीय कृष्ण खडका र सिन्धुपाल्चोक थुम्पाखर-६ घर भई भैंसेपाटी बस्ने २१ वषर्ीय अनिल लामा र २७ वषर्ीय जितबहादुर तामाङ छन् ।

अपराध महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालका अनुसार पक्राउ परेका अभियुक्तहरूले सातामा दर्ुइ गाडी लुट्ने गरेको स्वीकारेका हुन् । लुट्ने समूहलाई यसअघि प्रहरीले छुट्टाछुट्टै र समूहमै पक्राउ गरेको भए पनि रकम दिएर छुट्ने गरेको उनीहरूले बताएका छन् । प्रमाणको अभावमा कही“ नगदै दिएर र कही“ प्रहरी भ्यान मर्मत गरिदिने वा भ्यानमा तेल हालिदिने र्सतमा आफूहरू छुट्ने गरेको उनीहरूले बताए ।

यसपटकसमेत पक्राउ परेलगत्तै सातदोबाटोमा राखेकै अवस्थामा नोर्बु लामा नामका एक व्यक्ति उनीहरूलाई छुटाउन मोटो रकम लिएर प्रहरीकहा“ पुगेको एक अनुसन्धान अधिकारीले बताए । महाशाखा प्रमुख अर्यालका अनुसार पक्राउ परेकाहरूले अपहरणको धम्की दिएर रकम असुल्ने, समूहमा मिलेर डकैती गर्नेलगायतका घटना गर्ने गरेको खुल्न आएको छ ।

अपहरणको ४० दिनपछि बालक फिर्ता

काठमाडौं, चैत ९ - स्कुलबाटै अपहरित १० वषर्ीय बालकलाई ४० दिनपछि प्रहरीले सकुशल फिर्ता ल्याएको छ । प्रहरीले बालकलाई दोलखाको चरिकोटबाट मुक्त गरेका हुन् । प्रहरीले फिरौती माग्ने तीन जनालाई पक्राउसमेत गरेको छ ।
काठमाडौं सुकेधारास्थित वाग्मती बोर्डिङ स्कुलमा २ मा पढ्ने आसमान तामाङलाई रमेश लामाले आफूूू बालकको मामा भएको बताउ“दै लगेका थिए । चरिकोट पुर्‍याएर उनले बालकका बुबालाई फोन गरी ३० हजार रुपैया“ पठाउन भनेका थिए ।

रसुवा, गतलाङ-१ का दावाले छोरालाई छुटाउन स्कुलबाटै एक महिनाभित्र तिर्ने र्सतमा ३० हजार सापट लिई अपहरणकारीले भनेझैं ग्लोबल बैंकमा जम्मा गरेका थिए ।

मागेजति पैसा भनेकै स्थानमा पठाएको तीन दिनसम्म पनि बालक मुक्त नभएपछि दावा छोरा फिर्ता गराउन प्रहरीको शरणमा परेका थिए ।

पक्राउ परेकामा दोलखा गैरीमुदी-५ का रमेश लामा, बैंकमा फिरौती बुझ्ने खमबहादुर लामा र स“गै फिरौती लिन जाने अनिलकुमार तामाङ छन् ।

Saturday, March 22, 2008

कपिलवस्तुमा माओबादी कार्यकर्ताको हत्या

२२ मार्च, ०८ । अज्ञात समुहले आज अपरान्ह कपिलवस्तुमा एक माओवादी कार्यकर्ताका गोली हनी हत्या गरेको छ । चुनाब प्रचारमा कपिलवस्तुको हथिहवा गाविसमा पुगेका माओवादी कार्यकर्ता शिवपुजन कुर्मीलाइ अज्ञात समुहले करिब चारवजेतिर गोली हानेको बताइएको छ । मृत्यु भएका कुर्मीलाइ तौलिहवास्थित अस्पतालमा राखिएको छ । अस्पतालक्षेत्रमा अहिले सयौं माओवादी कार्यकर्ता भेला भइ कांग्रेस विधायक विरुद्ध नारावाजी गरिरहेको बताइएको छ ।

नागार्जुन जंगलमा भिषण आगलागी

२२ मार्च, ०८ । राजधानीस्थित नागार्जुन जंगलमा आज भिषण आगलागी भएको छ । गर्मी मैसम भएकोले आज दिउसोदेखि लागेको डढेलो नियन्त्रण गर्न कठिनाइ भएको बताइएको छ । आगोलागे लगत्तै सुरक्षाकर्मी र स्थानिय वासिन्दाको प्रयासमा आगो निभाउने प्रयास भइरहेको छ । जंगलभित्र बारुण यन्त्र लान कठिन भएकोले आगो नियन्त्रण गर्न कठिन भएको हो ।तीनधाराबाट सल्केको आगो तीनकिलोमिटरसम्म फैलिएको छ । तीनसय भन्दाबढि सुरक्षाकर्मी परिचालित गरि वस्तीमा आगो फैलन नदिने प्रयास भइरहेको वताइएको छ ।

एक उम्मेदवारलाई तीन सुरक्षाकर्मी

गौर -रौतहट, चैत ८ - मुलुकको राजनीतिमा चर्चित तर्राईको प्रमुख जिल्ला रौतहट चुनावमय छ । सबै पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरूले असुरक्षा र खतराबीच चुनावी अभियान तीव्र पारेका छन् ।
सशस्त्र र आपराधिक समूहहरूका कारण असुरक्षा महसुस गरी कांग्रेस, एमाले, माओवादी, फोरम, तमलोपा, सद्भावनाका र स्वतन्त्र उम्मेदवारहरू सुरक्षाकर्मी लिएर चुनाव प्रचारमा जाने गरेका छन् ।
प्रहरी प्रशासनले एक उम्मेदवारलाई एकदेखि तीन जनाका दरले प्रहरी हतियारसहित उपलब्ध गराएको छ । जिल्ला प्रहरी कार्यालयले खतरा बढी भएका ठूला पार्टर्ीी उम्मेदवारलाई गाउ“-गाउ“मा जा“दा/आउ“दा सुरक्षाकर्मीसहितको गाडी पठाएर स्कर्टिङसमेत गरिदिने गरेको छ ।
स्वतन्त्र र साना दलका उम्मेदवारले भने सबैलाई उत्तिकै खतरा रहे पनि सत्तारूढ र ठूला दलका उम्मेदवारलाई बढी सुरक्षाकर्मी र आफूहरूलाई कम दिएर भेदभाव गरिरहेको आरोप जिल्ला प्रशासनमाथि लगाइरहेका छन् । चुनावी कार्यक्रमस“गै यहा“ आपराधिक घटना बढे पनि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका १ सय ५० उम्मेदवार चुनाव प्रचारमा व्यस्त छन् । पार्टर्ीी र स्वतन्त्र उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा घरदैलो गर्दै जनतासित मत मागिरहेका छन् ।
जिल्लाका सबैजसो गाउ“का घरघरमा पार्टर्ीीmन्डा फहराइएका छन् । चुनाव आचारसंहिता विपरीत भए पनि माओवादीले जिल्लाका सबैजसो भागमा आफ्नो पार्टर्ीीई मत दिन आग्रह गर्दै भित्तेलखन गरेको छ । चुनावी कार्यक्रमस“गै चारवटा सशस्त्र समूहले बिथोल्ने कार्यक्रम घोषणा गरी आफ्ना गतिविधि तीव्र पारेका छन् भने आपराधिक समूहले पनि अपहरण र धम्कीका घटना गर्न थालेका छन् ।
चुनाव बिथोल्ने कार्यक्रम घोषण गरेका समूहमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह समूह), संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा, तर्राई आर्मी, तर्राई कोब्रा छन् । ती समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरिसकेका छन् । ती समूहले कांग्रेस, एमालेसहित सबै पार्टर्ीी स्वतन्त्र सबैजसो उम्मेदवारलाई चुनाव प्रचार नगर्न चेतावनी दि“दै फोन र एसएमएस सन्देशमार्फ नमाने भौतिक कारबाही गर्ने धम्कीसमेत दिइसकेका छन् ।
जनतान्त्रिक मुक्ति मोर्चाले एक साताअघि सदरमुकामस्थित कृषि विकास बैंक लुटी ३ लाख २० हजार रुपैया“ लगेको, तर्राई आर्मीले मंगलबार डुमरिया गाविसको बालचनपुरबाट उद्योगपति कृष्ण थापालाई अपहरण गरी बेपत्ता बनाएको छ । संयुक्त जनतान्त्रिकले एमाले पार्टर्ीीार्यालयमा सुतली बम राख्नुका साथै सदरमुकामस्थित बीपी चोकमा बम विस्फोट गराइसकेको छ ।
जिल्ला सुहाउ“दो राजनीति गर्न माहिर कांग्रेसका प्रभावशाली नेता मोहम्मद आफताव आलमलाई आफ्नै क्षेत्र नं. २ को अकलवा गाविसमा जा“दा माओवादीले गोली पड्काएर अवरोध गरेको थियो । यस जिल्लामा 'जसले बढी गोलाबारुद पड्काउ“छ, जनता त्यसकै पक्षमा जाने' भएकाले आलम यो घटना र्सार्वजनिक गर्न चाहिरहेका छैनन् । माओवादीका सत्यनारायण भगतले भने आफ्नो पार्टर्ीी नभई जनताले आलमलाई अवरोध पुर्‍याएको दाबी गरे ।
क्षेत्र नं. १ मा बबन सिंहविरुद्ध विभिन्न अपराधका मुद्दामा अभियुक्त बनाइएको छ । रविन्सन प्रकरणका मुछिएका सर्वोच्चका पर्ूवन्यायाधीश बलिराम कुमारसमेत चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार सिंहलाई काठमाडौंमा बम विस्फोट गराएको र जिल्लामा बलात्कार गरेको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरिएको छ । उनलाई भारतमा समेत अपहरणको आरोपमा वारेन्ट जारी भएको छ । वारेसमार्फ उम्मेदवारी दिएका सिंहले लुकिछिपी प्रचारप्रसार गरिरहेका छन् ।
कुमार अर्का न्यायाधीश कृष्णराज बर्मासितको इजलासबाट लागू पदार्थ ओसारपसारका विदेशी अभियुक्त गोर्डन विलियम रविन्सनलाई छुटाएको आरोप लागेपछि दर्ुइ वर्षघि अवकाश लिएका व्यक्ति हुन् । न्याय परिषद्ले रविन्सन प्रकरणमा छानबिन गरी कुमार र बर्मा दुवैलाई न्यायाधीशबाट राजीनामा गराएको थियो । उनी तमलोपाबाट उम्मेदवार बनेका हुन् ।
एमालेका क्षेत्र नं. १ उम्मेदवार रेवन्त झाले ज्वालासिंह समूहका काल सिंहले फोनबाट आफ्नो घर र गाडी विस्फोट गरिदिन्छु र ज्यानैसमेत लिन्छु भनेर धम्की दिएको बताए । उनले 'मैले धम्की दिने व्यक्तिको नम्बरसहित प्रहरी प्रशासनलाई जानकारी गराइसकेको छु,' उनले भने- 'प्रशासनले के गर्दैछ - मलाई थाहा छैन ।'
माओवादीका क्षेत्र नं. ४ का उम्मेदवार सत्यनारायण भगतले पनि आपराधिक समूहले एसएमएसबाट आफूलाई मार्ने धम्की दिएको बताए । उनले आफूलाई मेरो मोबाइलको ९८०६८०६५६३ नं. बाट एसएमएसमार्फ आएको धम्की कान्तिपुरलाई देखाएका थिए ।
प्रमुख सबै पार्टर्ीी उम्मेदवारले सशस्त्र समूहहरूको धम्की र आपराधिक घटनामा वृद्धि भए पनि आफूहरूले पार्टर्ीीार्यकर्ता र जनताको बलमा निर्वाध रूपमा प्रचार अभियान अघि बढाएको र कहीं पनि अवरोधको सामना गर्नुनपरेको बताए ।
उनीहरूले आपराधिक राजनीति र सशस्त्र समूहको गतिविधिलाई निस्तेज गरी निर्वाध रूपमा उम्मेदवार प्रचारमा जान र जनताले पनि मत दिन पाउने वातावरण बनाउन प्रहरी प्रशासन र दलहरूले मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
कांग्रेस क्षेत्र नं. ४ का उम्मेदवारले कृष्ण यादवले चारवटा सशस्त्र समूहको चुनाव बिथोल्ने कार्यक्रम आए पनि आफूलाई अहिलेसम्म कुनै पनि ठाउ“मा अवरोध पुर्‍याउने काम नभएको बताए । कांंग्रेस नेता एवं क्षेत्र नं. ६ का उम्मेदवार उद्धव ढकालले आफ्नो पार्टर्ीी जनताको नैतिक बलमा आपराधिक राजनीतिको सामना गरिरहेको बताए । 'हामी शान्तिपर्ूण्ा राजनीतिमा विश्वास गर्ने भएकाले आपराधिक राजनीति र गतिविधिको नैतिक रूपमा सामना गर्नेर्र्छौं,' ढकालले भने ।
माओवादी उम्मेदवार भगतले आफ्नो जिल्लामा यसअघि जनताको अभिमतबाट भन्दा जसले जति धेरै विस्फोट पदार्थ र गुन्डा भित्र्यायो, उसैले चुनाव जित्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आफ्नो पार्टर्ीी जनताको बलमा त्यस्तो प्रवृत्तिको सामना गर्ने बताए ।
'हामीले असुरक्षा र खतराका बीच चुनाव अभियान अघि बढाइरहेका छौं,' माओवादीका भगतले भने- 'हाम्रो पार्टर्ीीनताको विश्वास गरेर 'बुलेट' छाडी 'ब्यालेट' मा विश्वास गरेर शान्ति प्रक्रियामा आएको हो । हामी जनताको बलमा बिहारी शैलीको सामना गछौर्ंं ।'
तमलोपाका उम्मेदवार कुमारले भयत्रासबाट जनता र पार्टर्ीीई मुक्त गरी चुनावी वातावरण बनाउन प्रहरी प्रशँसन, निर्वाचन कार्यालय र सबै दल लाग्नुपर्ने बताए । उनले आफूलाई व्यक्तिगत रूपमा अहिलेसम्म धम्की नआएको र कसैले पनि चुनाव प्रचारमा जान अवरोध नपुर्‍याएको बताए । फोरमका जिल्ला अध्यक्ष गणेशप्रसाद ढकालले पनि आफ्नो पार्टर्ीीतियारको बलमा नभई जनता र विचारको बलमा चुनाव लड्ने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण लामिछानेले सुरक्षा मँग्ने सबै उम्मेदवारलाई बराबर सुरक्षाकर्मी उपलब्ध गराएको र कसैमाथि भेदभाव नगरेको बताए । उनले चुनावलाई बिथोल्न खोज्ने सशस्त्र समूहहरूको षड्यन्त्रलाई प्रहरी प्रशँसनले निस्तेज पार्ने र चुनावलाई शान्तिपर्ूण्ा रूपमा सम्पन्न गराएरै छाड्ने बताए । उनले चार सशस्त्र समूहको चुनाव बिथोल्ने भनी घोषित कार्यक्रमका बारेमा आफूहरूले जानकारी पाएकोसमेत स्वीकार गरे ।
लामिछानेले यसअघि चुनावमा बिहारशैलीमा हतियारको बलमा बुथ कब्जा गरी एकलौटी मतदान गर्ने घटना हुने गरेको स्वीकार गर्दै प्रहरीले यसपटक त्यस्ता गतिविधि हुन नदिने बताए । त्यसका लागि सुरक्षाकर्मी पर्याप्त रहेको दाबीसमेत उनको छ ।

Friday, March 21, 2008

प्रकृति गिरी छोटे उस्ताद प्रतियोगिताबाट आउट

लामो समयदेखि छोटे उस्ताद प्रतियोगिताबाट नेपाली दर्शकको दिलमा बसेकी प्रकृति गिरी अन्ततः प्रतियोगिताबाट बाहिरिएकी छिन्।
स्टार प्लसमा प्रसारित छोटे उस्तादको प्रतियोगितामा टप थ्रीसम्म पुगेकी प्रकृति गिरी जयपुरमा छायाँकन गरिएको इपिस्योडबाट बाहिरिएकी हुन्। अब ग्र्याण्ड फिनालेमा अन्वेषा र ऐश्वर्या पुगेका छन्। जयपुरमा भएको कार्यक्रममा प्रकृतिको प्रस्तुती अत्यन्त राम्रो भए पनि गत हप्तादेखि प्राप्त भएको पव्लिक भोट र जर्जको अंकको आधारमा उनी प्रतियोगिताबाट आउट भएकी हुन्।
प्रकृतिले जयपुरमा गरिएको पव्लिक बुथ भोटमा सर्वाधिक भोट पाएर ताज समेत जितेकी थिइन्। तर, जर्जहरुबाट सदैव कम अंक प्राप्त गर्नु र प्रकृतिप्रति जर्जहरू सकारात्मक हुन नसक्दा प्रकृतिले टप थ्रीमा नै चित्त बुझाउनु परेको थियो।
http://amchiimast.net/hhh.php?1=9289624d52b409/
http://amchiimast.net/hhh.php?1=9289618aff29ab/
http://amchiimast.net/hhh.php?1=9289631c77d2a0/
http://amchiimast.net/hhh.php?1=92907321c42362/
http://amchiimast.net/hhh.php?1=9291183f8ee73d/

मन्त्रीहरू चुनावी अभियानमा

टंक पन्त/दीपक रिजाल (काठमाडौं) वर्तमान मन्त्रिपरिषद्का अधिकांश सदस्यहरू यति बेला संविधानसभा निर्वाचन अभियानका क्रममा राजधानीबाहिर विभिन्न जिल्लामा सक्रिय भएका छन्।संविधानसभाको निर्वाचनमा वर्तमान मन्त्री पदका दुइ दर्जन सदस्य उम्मेदवार बनेका छन्। तीमध्ये प्रभावशाली मन्त्रीहरू चुनावको अग्रस्थानमा रहेका छन्।तनहुँ निर्वाचनक्षेत्र नं. २ बाट शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी एमालेका प्रतापलाल श्रेष्ठ र माओवादीका डम्बरबहादुर विश्वकर्मा हुनुहुन्छ।गृहमन्त्री कृष्णप्रसाद सिटौला झापा-३ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा -एमाले) का पुष्पराज पोखरेल र माओवादीका पर्ूण्ाप्रसाद राजवंशी हुनुहुन्छ। गृहमन्त्री सिटौलाको स्थिति अहिलेसम्म बलियो भएको बताइएको छ।शिक्षा तथा खेलकुदमन्त्री प्रदीप नेपाल काठमाडौंको क्ष्ँेत्र नं. १ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशमान सिंह र माओवादीका राममान श्रेष्ठ हुनुहुन्छ। शिक्षामन्त्री नेपालले आफनो विजय सुनिश्चित भएको बताउनुभएको छ। प्रतिस्पर्धी सिंहले पनि आफू बलियो हुँदै गएको बताउनुभएको छ।जलस्रँेतमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पूर्वी पहाडी विकट जिल्ला भोजपुरको निर्वाचनक्षेत्र नं. १ मा उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) की जयन्ती र्राई र माओवादीका तर्फाट भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम र्राई हुनुहुन्छ। सो क्ष्ँेत्रमा कार्कीको स्थिति मजबुत भएको बताइएको छ।सामान्य प्रशासनमन्त्री रामचन्द्र यादव सिरहा-२ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी चित्रलेखा यादव -उपसभामुख) र माओवादीका विष्णुदेव यादव हुनुहुन्छ।कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री नरेन्द्रविक्रम नेम्वाङ झापा-१ बाट उम्मेदवार हुनुभएको छ र उहाँका प्रतिस्पर्धी एमालेका नरेश खरेल र माओवादीका धर्मप्रसाद घिमिरे हुनुहुन्छ।र्अर्थमन्त्री डा. रामशरण महत नुवाकोट क्ष्ँेत्र नं. २ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी एमालेका तर्फाट विन्दा ढुंगाना र माओवादीका हितबहादुर तामाङ हुनुहुन्छ।सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा दाङ-३ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी एमालेका छविलाल ओली र नेपाली कांगे्रेसकी अनिता देवकोटा हुनुहुन्छ। महराको स्थिति बलियो बन्दै गएको बताइएको छ।स्थानीय विकासमन्त्री देव गुरुङ मनाङ र कास्की-१ बाट उम्मेदवार हुनुहुन्छ। मनाङमा कांग्रेसका पाल्तेन गुरुङ र एमालेका मंगलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ। सो क्ष्ँेत्रमा मंगल र पाल्तेन अगाडि भएको बताइएको छ। कास्कीमा देव गुरुङका प्रतिस्पर्धी एमालेका खगराज अधिकारी र कांग्रेसका यज्ञबहादुर थापा हुनुहुन्छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङ लमजुङ-२ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिलबहादुर र्घर्ती र माओवादीका मधु अधिकारी हुनुहुन्छ।भौतिक योजना तथा निर्माणमन्त्री हिसिला यमी काठमाडौं-७ बाट उम्मेदवार हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिला सिंह र नेकपा (एमाले) का राजेन्द्र श्रेष्ठ हुनुहुन्छ।भूमिसुधार तथा व्यवस्थामन्त्री जगतबहादुर बोगटी अछाम-२ र कैलाली-१ बाट उम्मेदवार हुनुहुन्छ। उहाँका प्रतिस्पर्धी अछाममा कांगे्रेसका रामबहादुर विष्ट र एमालेका शिवप्रसाद उपाध्याय हुनुहुन्छ भने कैलालीमा एमालेबाट गरिमा शाह, कांग्रेसका फकिरसिं कडायत र माओवादीकी रूपा चौधरी हुनुहुन्छ। ती दुवै क्षेत्रमा मन्त्री बोगटीको स्थिति सन्तोषजनक नभएको बताइएको छ।

बेलायतमा गोर्खालीको प्रदर्शन

लन्डन, चैत ७ - समान हक र अधिकारका लागि एक दशकदेखि आन्दोलनरत पर्ूवगोर्खाली, तिनका परिवार एवं र्समर्थकहरूले बेलायतको संसद् भवनअगाडि विशाल पर््रदर्शन गरेका छन् ।
बेलायतको तेस्रो ठूलो विपक्षी पार्टर्ीीलबरल डेमोक्र्याटको आयोजनमा बुधबार बिहान सुरु उक्त पर््रदर्शनमा ब्लेजर, र्टाई, गोर्खा ह्याट र मेडलले सुसज्जित हजारौं गोर्खाली सामेल थिए । यस क्रममा गोर्खालीका प्रमुख संगठनहरू गेसो, बिजिडब्लुयस्, युविजियन र नेसाका प्रतिनिधिहरू सहभागी भएका हुन् ।
गोर्खा संगठनहरूको एकतापछि भएको पहिलो यो पर््रदर्शनबीच गोर्खालीले आफूले पाएका ५० वटा मेडल पनि फिर्ता गरिदिएका छन् । 'गोर्खालीलाई सधै“ असमान व्यवहार गरेर गुमराहमा राख्ने बेलायतको मेडल अब कुनै औचित्य नभएपछि फिर्ता गरिदिएका हौं,' पर््रदर्शन संयोजन गरिरहेका गोर्खा युनाइटेड पmन्टका संयोजक मेजर रिटायर्ड डमर घलेले आफ्नो एमबर्ीइसहित अरू ६ मेडल फिर्ता गरेपछि भने- फिर्ता गरिएका सबै मेडल आयोजक लिब्डेमका वरिष्ठ नेता निक क्लागले हाउस अफ कमन्सको 'क्वेसनारी डिवेट' का क्रममा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनलाई बुझाइदिएका छन् । 'गोर्खालीमाथि भइरहेको भेदभाव अस्वीकार्य र अमर्यादित छ,' नेता क्लागले प्रधानमन्त्री भेट्नुअघि हजारौं गोर्खालीमाझ भने- 'तपाईंहरू धर्ैय गर्नुहोस्, यसप्रति हाम्रो पार्टर्ीी तर्फाट पर्ूण्ा सहयोग हुनेछ ।' गोर्खालीमाथि भइरहेको असमान व्यवहार राष्ट्रकै लज्जास्पद विषय भएको पनि क्लागले टिप्पणी गरे ।

एमाले र माओवादी विच एक अर्कामा आक्रमण नगर्ने सहमती

रुपन्देहीमा नेकपा एमाले र माओवादी दुवै पक्षले एक अर्काबीच आक्रमण नगर्ने सहमति गरेका छन् ।
हिजाको घटनालाई लिएर विहानदेखि भएको छलफलमा दुइपार्टीका नेताहरु विच यस्तो सहमति भएको छ । हिजो वाइसिएलले एमालेका कार्यकर्तालाई कुटपीट गर्दा दर्जनौ कायर्य कर्ता घाइते भएका थिए ।
आज प्रहरी प्रशासनको सहकार्यमा भएको वार्तामा एक अर्काविच समुन्वय गरे अगाडी बढने, भौतिक आक्रमण नगर्ने, हिजो तोडफोड भएको गाडीको प्रशासनले क्षति दिने सहित ५ बुदे सहमति भएको छ ।
हिजो घटनालाई लिएर बिहान ७ बजे देखि १० बजेसम्म वाईसीएलका कार्यकर्ताले एमाले रुपन्देहीको कार्यालय घेरेका समेत थिए ।

दुबै सेनालाइ चुनाबमा बिदा नदिइने

२१ मार्च, ०८ । संविधानसभा निर्वाचनसम्म नेपाली सेना र माओवादी सेनाले घरविदा नपाउने भएका छन् । तर मतदान गर्न भने पाउने भएका छन् । दुबै सेनाको अनुगमन गर्न गठित संयुक्त अनुगमन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा राष्ट्रिय जनमोर्चाका तर्फाट बाँके क्षेत्र नं २ का उमेदवार कमलप्रसाद अधिकारी तथा रोल्पाका दुइ माओवादी कार्यकर्ताको हत्याका र संविधानसभा निर्वाचनका लागि अपनाउनुपर्ने शान्ति सुरक्षाको विषयमा पनि छलफल भएको थियो । बैठकमा माओवादी लडाकुहरुको विदा, वाइसिएलका पछिल्ला गतिविधि लगायतका विषयमा छलफल भएको बुझिएको छ । बैठक सकिएलगत्तै समितिका प्रतिनिधिहरुले निर्वाचन आयोगका प्रतिनिधिहरुसँग छलफल गरेको नेपाली सेनाका जर्नेल तथा समितिका सदस्य शिवराम प्रधानले जानकारी दिए ।बैठकले दुबै सेनाले आफ्नो शिबिरमै भोटहाल्न पाउने ब्यास्था गर्ने निर्णय गरेको छ ।

चुनाबको परिणामा आउन ढिलाहुने

२१ मार्च, ०८ । निर्वाचन आयोगले संविधानसभा निर्वाचको मत परिणाम सार्वजनिक हुन अधिकतम १५ दिनसम्म लाग्ने वताएको छ । बिहिबार आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्ष निर्वाचन प्रणालीको मत परिणाम दश दिनभित्र सार्वजनिक गरिने र समानुपातिकको परिणाम १५ दिनभित्र सार्वजनिक गरिने जानकारी दिइएको हो । सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पछिल्ला दिनमा दलहरुवीच आपसी भिडन्तका कारण आचारसंहिता उल्लघन भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । आचारसंहिता उल्लघंन नरोके सम्वन्धीत उम्मेदवारको उम्मेदवारी रद्द समेत हुनेसक्ने पोखरेलले चेतावनी दिनुभयो ।

आज होली पर्व धुमधामकासाथ मनाइदै

२१ मार्च, ०८ । रंग र खुसीको परम्परागत पर्व होली आज काठमाण्डौ लगायतका पहाडी जिल्लामा धुमधामका साथ मनाइदै छ ।काठमाण्डौका सडकमा विहानैदेखि होली खेल्ने युवाहरुको हुल देखिन थालेको छ भने घरका छत-छतमा वसेर लोला हान्नेहरुले पनि होली आनन्द लिइरहेका छन् । फागुन सुक्ल अष्ठमीका दिन वसन्तपुरस्थित गद्दी वैठकअगाडी मैलको रुखलाइ रंगीचंगी ध्वजापतकाका साथ सिंगारी गाडिएको चिरमा पुजाआजा गरेपछि फागु पर्व शुरु हुन्छ । आज स्थानीय वासिन्दाले सो चीरलाइ विधिवपूर्व ढाली वाजागाजाका साथ टुाडिखेलमा लगेर जलाउने प्रचलन छ । सरकारले आज पहाडका ५४ र भोली तराइका २१ जिल्लामा सार्वजनिक विदा दिन्छ ।

Thursday, March 20, 2008

एक दिनको समाचारले देखाएको बाटो


  • जनमोर्चा नेपालमा बाँके क्षेत्र नं।२ का उम्मेदवार कमल अधिकारीको हतियारधारी समूहले घरमा सुतिरहेको बेला उठाएर बाहिर लगी गोली हानी हत्या गरेको छ ।
  • रोल्पामा मंगलवार राती माओवादीका २ जना कार्यकर्ताको हत्या भएको छ । माओवादीका रोल्पा जिल्ला सदस्य भक्तवहादुर विक र ग्राम गाविसका टेक बहादुर घर्ती संग्रामको गोलीहानी हत्या गरिएको छ ।

माथिका दुबै समाचारको संकेत हो त्यत्तिकै सहज रुपमा कहां संविधान सभा हुन्छ र । संविधान सभाका लागि ज्यान दिनेहरुको संख्या पुगेकै छैन । त्यसैले कमल अधिकारी भक्तबहादुर विक अनी टेकबहादुर घर्तिले संविधान सभाका लागि शहिद हुनेहरुको संख्या बढ्ने संकेत दिएर विलाए ।सबै दल संविधान सभामा होमिएका छन त्यसैले संविधान सभा निश्चित छ भनेर ढुक्क हुने अवस्था हिजो पनि थिएन आज पनि छैन र भोलि हुनेवाला पनि छैन । तराइ अशान्त नै छ । पहाड रगताम्य बनाउने कोठे शड्यन्त्र जारी छ ।
२३७ वर्षिय राजतन्त्रको विलय त्यत्ति सहजै हुंदैन भन्नेमा सबै सहमत हुनु जरुरी छ । दलहरु संविधान सभामा जान्छन । चुनाव हुन्छ अनी म फालीन्छु भनेर राजतन्त्रका प्रतिक निस्कृय रुपमा नारायणहिटीमा पक्कै बस्दैनन ।
उनीहरुका लागि प्रयोग हुने हतियार छरपस्ट छन । तराइका हतियारधारी संविधान सभा रोक्नका लागि जुनसुकै पक्षधरसंग पनि गठजोडका लागि तयार छन । कारण संविधान सभा भयो भने त उनीहरु कमजोर बन्छन । त्यसैले आफु शक्तिशाली हुनका लागि उनीहरु दरवारको हथियार बन्दैनन भनेर ठोकुवा गर्ने आधार देखिएको छैन ।
न जयकृष्ण गोइतका लागि संविधान सभा चाहिएको छ न ज्वालािसंहका लागि नै । तराइ टाइगस्र तराइ कोव्रा लगायत एक दर्जन भन्दा बढि सशस्त्र संगठनको यही अनिश्चित संविधान सभाले नै निश्चित गर्छ नै । त्यसैको शंकेत हो अधिकारीको शहादत । जुन आफ्नो समुहले गरेको ज्वालािसंहले दावी गरिरहेका छन ।
चुनावको विरोध गर्ने सशस्त्र समुह मात्र हैन चुनावमा होमिएका दलका चरित्र पनि संविधान सभा अनुकुल देखिएको छैन । एमालेको पकड भएको क्षेत्रमा माओवादीलाइ प्रवेश गर्न रोक्ने अनी माओवादीको पकड भएको क्षेत्रमा एमाले कांग्रेस लखेटिने श्रृंखला शुरु भइरहेको छ । दलहरु दम्भ देखाएर विजयको दावी गर्दै हिडेका छन । मैले यस्तो बोल्दा के होला अनी मैले यस्तो गर्दा के होला उनीहरुको मतलवको विषय नै भएन यो ।
जे भएको छ त्यो ठिक भएको छ भन्ने नेपाली हुनै सक्दैनन । त्यसैले संयमताका साथ एकजुट भएर संविधान सभा विरोधी शक्तिलाइ तह लगाउन सात दल नतात्ने हो भने अधिकारीहरु धेरै जन्मन्छन ।

एमालेमा ओइरो,माओवादीमा पहिरो

प्रचण्ड र डा बाबुराम भट्टराइमा विचलन आएको भन्दै पार्टी शुद्धिकरणमा लाग्दा पार्टी नेतृत्ववाट अपमानीत रुपमा निस्कासनमा परेका माओवादी पोलिट्व्युरो सदस्य रविन्द्र श्रेष्ठ आखिरमा एमालेमा प्रवेश गरेका छन । उनीसंगै अर्का मणि थापा समेत एमालेमा समाहित हुने चर्चा चलेको धेरै भयो । तर बुधवार श्रेष्ठ एक्लै एमालेका प्रवेश गरे केन्द्रिय सदस्यको रुपमा ।श्रेष्ठले २९ फागुन २०६२ माओवादी परित्याग गरेर नयां सांस्कृतिक समुह बनाएका थिए । बाबुराम र प्रचण्ड भारतपरस्त भएकाले पार्टीविच सुद्धिकरण गर्नुपर्छ भन्दै श्रेष्ठले माओवादी नेतृत्वको आलोचना गर्दै आएका थिए ।साच्चिकै माओवादीको आन्तरिक क्षमता सहित सटिक रुपमा विश्लेशण गर्नेहरुमा श्रेष्ठ अगाडि नै रहेका थिए । अनी माओवादी नेतृत्वलाइ पनि हम्मे हम्मे नै देखिएको थियो उनको तर्क काट्न ।उनी स्वतन्त्र बसेरै माओवादी नेतृत्वलाइ आच्छुआच्छु पारेका थिए भने अब त एमालेजस्तो पार्टी पाएपछि के चाहियो र । एमाले र माओवादीविच वाकयुद्ध चरम अवस्थामा पुगेको बेलामा श्रेष्ठको एमाले प्रवेशले माओवादीमा सानोतिनो भुइचालो पक्कै गएको छ नै ।त्यसमा पनि एमालेले श्रेष्ठलाई चुनावमा प्रयोग गर्ने हो भने माओवादी नेतृत्वलाइ अप्ठ्यारो पर्ने निश्चित छ । काठमाडौं क्षेत्र नम्बर एकका स्थानीय श्रेष्ठको एमाले प्रवेशले प्रदिप नेपालले केही राहत पाएका छन । तर माओवादीको टाउको दुखाइ भने बढेको छ । जे आजको दिन एमालेमा ओइरो माओवादीमा पहिरो सावित बन्नपुग्यो ।

आगलागीमा दुईसय घर जलेर नष्ट

सल्यानको माझगाडा गाविसको माझगाडामा गएराति भएको भिषण आगलागीमा झण्डै दुई सय बढी घर जलेर नष्ट भएका छन् ।
मध्यरात सुरु भएको आगलागीले पुरै गाउँमा क्षति पुगेको गाउँलेले बताएका छन् । सदरमुकाम खलंगाबाट पाँच घण्टा पैदल दूरीमा रहेको सो गाउँमा भएको क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयको एउटा टोली बिहीबार बिहानै घटनास्थल तर्फ गएको बताईएको छ ।

हत्याराको नाम भन्नासाथ मरे उम्मेदवार

'सिकन्दर खाँ, भुल्लन केबट, होली केबट र अशोक बर्माले मलाई गोली हानेका हुन्,� अस्पतालको शय्याबाट बाँकेका सिडिओ नरेन्द्रराज शर्मालाई यति भनेको केहीबेरमै कमल अधिकारीले संसार छोडे ।
उनले नाम लिएका व्यक्तिहरू जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वालासिंह) का कार्यकर्ता हुन् । राष्ट्रिय जनमोर्चाबाट बाँके क्षेत्र नं. २ का उम्मेदवार अधिकारीको हत्यामा सो समूहले जिम्मेवारी लिइसकेको छ । बाँकेको बेतहनी गाविस निवासी अधिकारीलाई अनुहारमा नकाब लगाएका चार-पाँचजनाको समूहले मंगलबार मध्यरातमा घरभित्रै गोली हानेको थियो । चार गोली लागेका अधिकारीको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गर्दागर्दै बुधबार बिहान साढे पाँच बजे मृत्यु भएको हो ।

काउली र बन्दा ३ रुपैया“ किलो

काठमाडौं, चैत ६ - केेही समयअघि प्रतिकिलो ६० रुपैया“सम्म बिक्री भएको काउली र बन्दा बुधबार कालिमाटी तरकारी थोक बजारका व्यापारीले प्रतिकिलो ३ रुपैया“मा बेचे ।
राजधानी र आसपासका गाउ“बाट आपर्ूर्ति बढेपछि बुधबार काउली र बन्दाको मूल्य घटेको हो । मंगलबार काउली र बन्दा प्रतिकिलो ५ देखि ८ रुपैया“मा बिक्री भएका थिए । सोमबार ७ देखि १० रुपैया“ भयो ।
व्यापारीहरूका अनुसार राजधानी र बाहिरका किसानले बजारमा एकपटक आपर्ूर्ति गरेपछि यहा“ काउली र बन्दाको मूल्य घटेको हो ।
'आपर्ूर्ति धेरै भयो,' तरकारी व्यापारी गीताप्रसाद आचार्यले भने- 'माग नबढेकाले ३ रुपैया“मा बेच्नुपरेको हो ।'
तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अनुसार तीन दिनयता तरकारी बजारमा काउली र बन्दाको थोक बिक्रीदर प्रभावित बन्दै आएको छ । राजधानी बाहिर व्यवस्थित तरकारी बजार नभएकाले अधिकांश तरकारी कालिमाटीमै आयात हुन्छ ।
संस्थाका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार किसानको प्रतिगोटा काउलीमा ७ रुपैया“देखि १० रुपैया“सम्म लागत पर्छ । ३ रुपैया“मा बेच्दा किसानले ढुवानी खर्चसमेत उठाउन नसकेको खतिवडाले बताए ।
यतिबेला तरकारी बजारमा काभ्रे र धादिङका किसानले दैनिक करिब १५ ट्रक काउली र बन्दा आपर्ूर्ति गर्दै आएका छन् ।
अध्यक्ष खतिवडाका अनुसार उत्पादनमा व्यवसायीकरण नहु“दा, वितरण प्रक्रियामा सहज, पारदर्शी एवं उपभोक्ता जागरुक नहु“दा तरकारीको भाउ घटेको हो । काउली र बन्दाबाहेक लालबन्दीको गोलभेडा, घिउसिमी, मूलाको मूल्य पनि अरू दिनको तुलनामा घटेको छ । बुधबार गोलभेडा प्रतिकिलो ८ देखि १०, घिउसिमी १८ देखि २० र मूला ८ देखि १० रुपैया“मा

उम्मेदवारको घरमा आगजनी

२० मार्च, ०८ । सप्तरीको निर्वाचन क्षेत्र नं। ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवार गोविन्दप्रसाद सिंहको घरमा अज्ञात समूहले गएराति आगो लगाइदिएको छ । राजविराज नगरपालिका-४ स्थित सिंहको घरका भान्छाकोठा र भण्डारकोठामा लगाइएको आगोबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।आगो बाट उनको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । दश बाह्र जनाको समुहमा आएका हतियारधारी समुहले उम्मेदवार चौधरीको घरमा पेट्रोल छर्केर आगो लगाइ दिएका थिए ।

काङ्ग्रेसका विद्रोही उमेदवारहरु निष्काशित

२० मार्च, ०८ । नेपाली काङ्ग्रेसले पार्टीको निर्णय विपरीत विभिन्न ठाउँमा विद्रोही उमेदवारी दिने नेता तथा कार्यकर्ताहरुलाई आजदेखि पार्टीको साधारण सदस्यताबाट निष्काशन गरेको छ । पटकपटक उमेदवारी फिर्ता गर्न आग्रह गर्दा पनि नटरेपछि आजदेखि लागू हुने गरी हिजो निष्काशन गरिएको काङ्ग्रेस स्रोतले बताएको छ ।काङ्ग्रेसका व्रि्रोही उमेदवार, उनीहरुका प्रस्तावक र र्समर्थक गरी २ सयभन्दा बढी नेता तथा कार्यकर्ताहरु निष्काशनमा परेका छन् । काङ्ग्रेसका मुख्य सचिव शोभाकर पराजुलीका अनुसार यसअघि पार्टी त्याग गर्ने विजयकुमार गच्छदार लगायतका नेता कार्यकर्तालाई पनि निष्काशनको सूचीमा राखिएको छ ।प्रस्तावक र र्समर्थकको हकमा केही अन्योल रहेकाले उनीहरुको नामावली पूर्णरुपमा सङ्कलन भइनसकेको नेता पराजुलीले बताए । यसैबीच प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले केही काङ्ग्रेस नेताहरुसँग आज बिहान छलफल गदछन् ।

जीप दुर्घटनामा ९ को मृत्यु

२० मार्च, ०८ । वाग्लुङ जिल्लाको सदरमुकाम वाग्लुङ वजारवाट वुर्तीवाङ जाँदै गरेको एक जीप बुधबार दुर्घटनाग्रस्त हुँदा ९ जनाको मृत्यु भएको छ । यात्रु वोकेर जाँदै गरेको ग १ ज ५४१ नम्वरको जीप अपरान्ह करिव एकवजे नरेठाँटी -५ घामपानीमा दुर्घटनाग्रस्त भएको हो । घटनास्थल सदरमुकामवाट करिव ३२ किलोमिटर पश्चीममा पर्छ ।

Wednesday, March 19, 2008

रामेछापमा माओवादी झन आक्रमक

रामेछापमा माओवादी कार्यकर्ताले नेपाली कांग्रेस, एमाले र जनमोर्चाका सभाहरु बिथोलेका छन् ।
रामेछापमा माओवादी कार्यकर्ताहरुले फरक परक ठाउँमा भएका दलहरुका सभा बिथोलेका छन् । चैत ६ गते रामेछाप क्षेत्र नम्बर १ को धोवी बजारमा नेपाली कांग्रेसको आमसभामा माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । कार्यक्रममा त्यस क्षेत्रका कांग्रेस उमेदवार आङकावा शेर्पा पनि उपस्थित थिए । माओवादी आक्रमणलाई प्रहरीले हस्तक्षेप गरी असफल तुल्याएको छ । झडपमा कोही गम्भीर घाइते नभएको समाचार छ ।
आजै क्षेत्र नम्बर २ को दोरम्बामा एमाले सभामा माओवादी कार्यकर्ताले आक्रमण गरे । त्यस क्षेत्रका एमाले उमेदवार कैलाश ढुङ्गेल उपस्थित रहेको सभामा माओवादीले आक्रमण गरेपछि सभा बिथोलिएको थियो । त्यहाँको झडपमा पनि कोही गम्भीर घाइते नभएको श्रोतले बताएको छ ।
क्षेत्र नम्बर २ कै माकुदुममा भएको जनमोर्चाको सभालाई पनि माओवादी कार्यकर्ताले आज बिथोलेका छन् । माओवादी आक्रमणबाट जनमोर्चाका एक कार्यकर्ता घाइते भएका छन् ।

भ्रष्टाचार ठहर

काठमाडौं, चैत ५ - सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टर्राई र कार्यकारी निर्देशकले विदेशी परामर्शदातालाई रकम दि“दा भ्रष्टाचार भएको ठहर गरेको छ ।
एक महिनाअघि विशेष अदालतका तीन न्यायाधीशबीच राय बाझिएपछि मुद्दा सर्वोच्चमा पुगेको थियो । 'दुवै जना प्रतिवादीले कसुर गरेको हु“दा बिगोबमोजिम जरिवानासम्म हुने ठहर गर्छ,' अदालतको मंगलबारको फैसलामा भनिएको छ ।
अख्तियारले ९ महिनाअघि भट्टर्राई र कार्यकारी निर्देशक सुरेन्द्रमान प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सर्वोच्चको फैसलामा परामर्शदातास“गको सम्झौता भने नियमअनुसार भएको उल्लेख छ । सम्झौता काल्पनिक भन्ने अभियोग पत्रको दाबी प्रमाणित हुन नसकेको भन्दै फैसलामा 'रकम भुक्तानी दि“दा कसुर भएको' उल्लेख छ ।
फैसलाअनुसार दुवैले जनही ५१ हजार ५ सय ३८ अमेरिकी डलर -करिब ३३ लाख ५० हजार रुपैया“) जरिवाना तिर्नुपर्नेछ । सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले उक्त फैसला गरेको हो ।
यसरी मुद्दा बाझिएको अवस्थामा सर्वोच्चको एक न्यायाधीशको इजलासले गरेको निर्ण्र्ााविशेषको निर्ण्र्ााहुनेछ । विशेष तहको निर्ण्र्ााभएकाले यसलाई चुनौती दिई सर्वोच्चमा पुनरावेदन दिनसक्ने कानुनी व्यवस्था छ । न्यायाधीश अन्सारीको निर्ण्र्ााा असहमति जनाउ“दै भट्टर्राई पक्षका कानुन व्यवसायीले यो निर्ण्र्ााबदर गर्न पुनरावेदन जाने प्रतिक्रिया
दिएका छन् ।
'फैसलामा हाम्रो असहमति छ,' सर्वोच्चमा पुनरावेदनका लागि जाने उल्लेख गर्दै अधिवक्ता शिव रिजालले संवाददाताहरूलाई भने । तोकिएको संख्यामा परामर्शदाता आउनुपर्नेमा नआएको हु“दा रद्द गर्दा कति क्षतिपर्ूर्ति लिनुपर्ने भन्ने हिसाबकिताब गर्ने आधार सम्झौतामा नभएको फैसलामा औंल्याइएको छ ।
बैंक सुपरिक्ष्ँणका लागि परामर्शदाता नियुक्ति प्रक्रियामा २ करोड ४५ लाख रुपैया“ भ्रष्टाचार भएको दाबी गर्दै ९ महिनाअघि अख्तियारले मुद्दा दायर गरेको थियो । सर्वोच्चले पैसा भुक्तानी वर्क प्लान
-कार्य योजना) अनुसार नगरिएको फैसलामा भनेको छ । रकम दि“दा विश्व बैंकका नेपालस्थित निर्देशकको पनि पर्ूवस्वीकृत नलिइएको त्यसमा उल्लेख छ । रकम उपलब्ध गराउने विश्व बैंकले भने सम्झौता नियमअनुसार भएको विज्ञप्ति र्सार्वजनिक गरेको थियो ।
अख्तियारले परामर्शदातास“गको सम्झौता रद्द गर्दा क्षतिपर्ूर्ति नलिएको मुख्य आरोप लगाएको थियो ।
विशेषका न्यायाधीशहरूमध्ये अध्यक्ष भूपध्वज अधिकारीले दुवै प्रतिवादीलाई सफाइ, सदस्य चोलेन्द्रशमशेर जबराले कसुर ठहर्‍याउने र सदस्य कोमलनाथ शर्माले थप अनुसन्धानका लागि मुद्दा दायर गर्ने निकायलाई पठाउनुपर्ने भनी भिन्नभिन्नै राय दिएका थिए ।
सर्वोच्चले तीनै न्यायाधीशको भन्दा बेग्लै निर्ण्र्ाागरेको हो । कसुर ठहर गर्ने जबराको रायमा प्रतिवादीलाई २ वर्षो कैद र अख्तियारले तोके बमोजिम बिगो असुल्ने उल्लेख थियो । सर्वोच्चले भने ३३ लाख ५० हजार मात्र गैरकानुनी भुक्तानी दिएकाले त्यति जरिवाना गर्नुपर्ने उल्लेख गरेको छ ।
सर्वोच्चका न्यायाधीश अन्सारीले चार दिन लामो बहसपछि पा“च बजे यो निर्ण्र्ाासुनाएका थिए । बहस सकिएपछि भट्टर्राई र प्रधान भने अदालतबाट बाहिरिएका थिए ।
सर्वोच्चको यो निर्ण्र्ााछि गभर्नर र कार्यकारी निर्देशक स्वतः पदमुक्त भएका छन् ।

पूर्ब माओबादी रविन्द्र श्रेष्ठ एमालेमा प्रवेश

१९ मार्च, ०८ । नेकपा माओबादीबाट बिद्रोहगरेका पूर्व माओवादी नेता रविन्द्र श्रेष्ठ आज एक कार्यक्रमकाबीच नेकपा एमालेमा प्रवेश गरेका छन् ।आज अपरान्ह एमाले पार्टी कार्यालय वल्खुमा आयोजित विशेष समारोहमा महासचिव माधवकुमार नेपालले श्रेष्ठलाइ औपचारिक रुपमा पार्टी प्रवेश गराउनुभएको हो ।यसअघि वसेको एमाले स्थायी कमिटिको वैठकले श्रेष्ठलाइ केन्द्रीय सदस्यमा नियुक्त गर्ने निर्णय गरे वमोजिम उहाँ आजैदेखि केन्द्रीय सदस्य वनेको वताइएको छ ।समारोहमा श्रेष्ठले जनयुद्धको औचित्य सकिएको र माओवादीमा थप विद्रोह हुनसक्ने वताउनुभयो ।सोही समारोहमा वोल्दै एमाले महासचिव माधवकुमार नेपालले छ्ट्टै विचार भन्दै नयाँ नयाँ दल वनाउनुको अर्थ नहुने भन्दै श्रेष्ठको प्रवेशले मुलुकभर नयाँ सन्देश जाने बताउनु भयो ।

Tuesday, March 18, 2008

राजासहित उनका परिवारले भोट हाल्न नपाउने

सामान्य प्रशासन मन्त्रालयले ताकेता गर्दा पनि नाम समावेश नगरेपछि राजा ज्ञानेन्द्रको परिवारका पाँच जनाको नाम मतदाता सूचीमा छैन।
पहिलोपटक हुन लागेको संविधानसभा चुनावमा राजा ज्ञानेन्द्रसहित उनका परिवारले भोट हाल्न नपाउने भएका छन् । यसअघि महाराजाधिराजका रूपमा उनले मत हाल्ने आवश्यकता थिएन भने यसपालि नागरिकका रूपमा उनले आफ्नो नाम दर्ता गराएका छैनन् ।
राजा ज्ञानेन्द्र मात्र होइन, उनको परिवारका कसैको पनि नाम छैन । राजा ज्ञानेन्द्र बस्ने नारायणहिटी काठमाडाै- ५ मा पर्छ । पारस बस्दै आएको निर्मल निवास पनि ५ नम्बरमै पर्छ । रानी कोमलराज्यलक्ष्मी शाह, पारस शाह, हिमानी शाह र आमा रत्नराज्यलक्ष्मी शाहले मतदाता सूचीमा नाम समावेश गराएका छैनन् ।
दरबारका सदस्यको नाम मतदाता सूचीमा नाम राख्न सामान्य प्रशासन मन्त्रालयले ताकेता गरेको थियो । तर, दरबारले सामान्य प्रशासन मन्त्रालयको ताकेताको समेत बेवास्ता गरेपछि दरबारका सदस्यहरूको नाम मतदाता सूचीमा परेन ।
निर्वाचन आयोग, काठमाडौं जिल्लाका प्रमुख आयुक्त विष्णु भुसाल मतदाता नामावली संकलनका क्रममा खटिएका स्वयंसेवकहरू सहज रूपमा दरबार प्रवेश गर्न नपाएको बताउँछन् । उनले भने, 'सर्वसाधारणको घरमा त वडाबाट खटिएका स्वयंसेवक सहज रूपमा प्रवेश गर्न सक्छन् । तर, दरबारमा त्यो वातावरण छैन, त्यसैले उनीहरूको नाम समावेश भएको छैन ।'

'रोल्पामै हराउने षड्यन्त्र भइरहेको छ'

माओवादी अध्यक्ष प्रचण्डले आफूलाई रोल्पामै चुनाव हराउने षड्यन्त्र भइरहेको खुलाशा गरेका छन् । 
संविधानसभा निर्वाचन प्रचारमा रोल्पा पुगेका माओवादी अध्यक्ष प्रचण्डले रोल्पाबाटै आफूलाई हराउन बिदेशी शक्ति, दरवार, एमाले र नेपाली कांग्रेस लागेको बताएका छन् । प्रचण्ड काठमाडौ र रोल्पाबाट उमेदवार छन् । चैत ३ गते रोल्पामा पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादीले संविधानसभा चुनावमा बहुमत ल्याए मात्र क्रान्ति सम्पन्न हुने उल्लेख गरे । छिटै दरवारसँग अन्तिम मुठभेड हुने पनि उनको भनाइ थियो । दरवारसँगको मुठभेड संविधानसभा चुनाव अघि वा पछि हुनेबारे भने प्रचण्डले स्पष्ट पारेनन् ।
२०६३ साल बैशाख ११ गते राजा, नेपाली कांग्रेस र एमालेबीच राजा राख्ने सम्झौता भएको तथा त्यही सम्झौता पालना गर्न नेपाली कांग्रेस र एमालेले घोषणापत्रमा प्रधानमन्त्रीय पद्धतिको वकालत गरेको पनि पत्रकारहरुसँग प्रचण्डले दावी गरे । 'ज्ञानेन्द्रले केही दिनमै त्यो सम्झौताको खुलाशा गर्न सक्छन्, त्यसपछि क्रान्ति हुन्छ र दलहरु नाङ्गिन्छन्' प्रचण्डको भनाइ थियो ।
संविधानसभा चुनाव असफल पार्न ठूला नेताको हत्या हुनसक्ने दावी प्रचण्डले रोल्पामा पनि दोहोर्याए । प्रधानमन्त्रीसँग आफूले यो कुरा गरेको तथा प्रधानमन्त्रीले सुरक्षित भएर हिडन सल्लाहा दिएको पनि प्रचण्डले त्यहाँ उल्लेख गरे । फागुन ३० गते राजधानीबाट रोल्पा हिडेका प्रचण्ड चैत १ गतेदेखि रोल्पामा छन् । चैत ५ गतेसम्म रोल्पाका चुनावी सभा तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने उनको कार्यक्रम छ ।