Tuesday, January 1, 2008

शिर्ष बैठक भोली साढे ११ बजे

भोली हुने सात दलका शिर्ष नेताको बैठकले संविधानसभा चुनावको मितिबारे छलफल गर्ने तथा निश्कर्ष निकाल्ने छ ।
सात दलका शिर्ष नेताहरुको बैठक पुष १८ गते बिहान साढे ११ बजे एमाले केन्द्रीय कार्यलय बल्खुमा हुने भएको छ । बैठकमा नेपाली कांग्रेसबाट कार्यबाहक सभापति सुशिल कोइरालाले नै भाग लिने निश्चय भएको जनमोर्चा अध्यक्ष अमिक शेरचनले बताए । बैठकमा नेपाली कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै सहभागिता रहनुपर्ने माग अन्य दलले राखेपछि आज हुने भनिएको शिर्ष नेताहरुको बैठक रोकिएको थियो ।
शिर्ष नेताहरुको बैठकमा संविधानसभा चुनावको मितिबारे छलफल हुने तथा भोलीकै बैठकले मिति तोक्ने सम्भावना रहेको शेरचनले बताए ।

No comments: