Wednesday, January 2, 2008

मन्त्री यादवद्वारा मैथिलीमा सपथ

बन मन्त्री मातृका यादवले आज प्रधानमन्त्रीबाट मात्रृ भाषा मैथिलीमै सपथ खाएका छन् । 
पुष १६ गते मन्त्रीको सपथ नखाएका बन मन्त्री मात्रृका यादव र श्रम मन्त्री रमेश लेखकले पुष १८ गते प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट सपथ लिएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यलयमा भएको सपथ कार्यक्रम बन मन्त्री यादवले मात्रृ भाषा मैथिलीमै लिने अडान राखेपछि दुई पटक रोकिएको थियो । मन्त्रीहरुले नेपाली भाषामै सपथ लिनुपर्ने परम्परालाई अस्विकार गर्दै यादव दुई पटक प्रधानमन्त्री कार्यलयबाट बाहिर निस्किएका थिए । उनलाई माओवादी मन्त्रीहरु पम्फा भुशाल र हिशिला यमीले फर्काएका थिए ।
अन्तमा, यादवले मैथिली र लेखकले नेपालीमै सपथ खाए ।

No comments: