Monday, January 7, 2008

सेनालाई राजनीतिबाट टाढा राख्न

काठमाडौं, पुस २२ - प्रधान सेनापति रुक्माङ्गद कटवालले नेपाली सेनालाई राजनीतिक पक्षधर बन्नबाट टाढै राख्न आग्रह गरेका छन् ।
माओवादी छापामारलाई सेनामा समायोजन गर्ने चर्चा चलिरहेका बेला उनले सेनालाई अराजनीतिक तर लोकतन्त्रप्रति बफादार शक्तिका रूपमा राख्न आग्रह गरेका हुन् ।
'यसलाई कुनै पनि राजनीतिक वादभित्र, कुनै पनि राजनीतिक दर्शनभित्र, कुनै पनि राजनीतिक अभिमुखीकरणभित्र पार्न हु“दैन,' चिनीया सेनाको निमन्त्रणामा त्यसतर्फप्रस्थान गनेृक्रममा आइतबार उनले त्रिभुवन विमानस्थलमा संवाददाताहरूस“ग भने । उनले एक महिनाअघि भारतीय सेनाकेा निमन्त्रणामा भारत भ्रमण गरेका थिए ।
'सशक्त, पेसागत, व्यावसायिक, अनुशासित र चेन अफ कमान्डको आदेश पालना गर्ने सेनाले मात्र प्रजातान्त्रिक पद्धतिलाई दरिलो बनाउन सक्ने,' उनले बताए । भने- 'सेनालाई निष्पक्ष र स्वच्छ राख्नुर्ुपर्छ ।'
राष्ट्रसंघीय मिसन -अनमिन) ले माओवादी लडाकुको दोस्रो चरणको प्रमाणीकरण सकेपछि सेना समायोजनको विषय र्सार्वजनिक छलफलमा छ । दोस्रो चरणको प्रमाणीकरणमा सही ठहरिएका १९ हजार ६ सयभन्दा बढी लडाकुलाई समायोजनको कार्ययोजना बनाउन माओवादीले माग गर्दै आएका छन् ।
राष्ट्रिय एकता र अखण्डता सेनाको पहिलो प्राथमिकतामा पर्ने उल्लेख गर्दै प्रधानसेनापतिले यी दुवै विषयमा अहिले प्रश्न खडा भएको बताए । 'सेनाको प्राथमिक चासोको विषय भनेको राष्ट्रिय एकता र अखण्डता हो,' उनले भने- 'अहिले राष्ट्रिय झन्डाहरू जल्न थालेका छन् । राष्ट्रिय एकता र अखण्डतामा प्रश्नचिह्नहरू खडा हुन थालेका छन् ।'
उनको भनाइ छुट्टै मधेसको माग गरी तर्राईका विभिन्न क्षेत्रमा गतिविधि चलाइरहेका सशस्त्र समूहहरूतर्फलक्षित थियो । तर्राईमा एक दर्जनभन्दा बढी सशस्त्र समूहहरू स्वतन्त्र मधेसको नाममा हत्या, अपहरण, जबर्जस्ती चन्दा असुलीलगायत क्रियाकलापमा सहभागी छन् । तिनै समूहमध्येका कार्यकर्ताले केही दिनअघि राष्ट्रिय झन्डा जलाएका थिए ।
सेनाले हरेक समस्याको सही समाधान होस् भन्ने चाहेको उल्लेख गर्दै एउटा समस्याको समाधान गर्दा अर्को विकराल समस्या नआओस् भन्नेतर्फविचार पुर्‍याउनुपर्ने उनले बताए । 'समग्र पक्षको स्थिरता र स्थायित्व प्रजातान्त्रिक पद्धतिले मात्रै ल्याउन सक्छ भन्ने हाम्रो विश्वास हो,' उनले भने ।
सेनाले राष्ट्रिय एकता, अखण्डता, प्रजातान्त्रिक पद्धति, जनताको सर्वोच्चता र र्सार्वभौमिकतालाई कहिल्यै चुनौती नदिने पनि उनले स्पष्ट पारे । भने- 'प्रजातान्त्रिक पद्धति र जनताको सर्वोच्चता, जनताको र्सार्वभौमिकता, जनताको म्यान्डेट लिएको शक्तिको आदेश निर्देश पालना गर्नु सेनाको धर्म हो । यसको पेसा हो ।'
शनिबार सुरु हुने भनिएको भ्रमण चीनको च्छेङ्दुमा मौसम खराबीका कारण विमान उड्न नसकेकाले एक दिन स्थगित भएको थियो । पुस २८ गतेसम्म हुने भ्रमणमा कटवालले चिनिया“ सेनाका उच्च अधिकारीहरूस“ग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ । स्रोतका अनुसार उनले चिनिया“ रक्षा र विदेशमन्त्रीलाई भेट्ने कार्यक्रम पनि छ ।

No comments: