सेना समायोजन नहुने प्रधानमन्त्री र प्रधानसेनापतिको भनाइले आफ्नो पार्टीलाई उत्तेजित नपार्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
सेना समायोजनबारे प्रधानमन्त्री र प्रधानसेनापतिको भनाइले आफ्नो पार्टी उत्तेजित नहुने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् । मारवाडी सेवा समितिका पदाधिकारीसँग पुस २५ गते भएको भेटघाट कार्यक्रममा प्रचण्डले आफ्नो पार्टीले गम्भिरतापूर्वक चुनावमा भाग लिन जाने उल्लेख गरे ।
किर्तिपुरमा भईरहको केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यक्रममा पुगेका प्रचण्डले सेना समायोजन बारे २३ बुँदे सहमतीमै स्पष्ट उल्लेख भइसकेकाले यस विषयमा अहिले टिका टिप्पणी गरिरहन आवश्यक नभएको बताए । प्रचण्डले प्रधानमन्त्री र प्रधानसेनापतिको अभिव्यक्तिले चैतमा हुने भनिएको चुनावप्रति आशङ्का उब्जाएको उल्लेख गरे ।
प्रचण्डले सेना समायोजनबारे प्रधानमन्त्रीको भनाइ केहि महिना अघि चलेको प्रजातान्त्रिक 'कू' को चर्चा अनुसार आएको त होइन भन्ने प्रश्न गरे । आफ्नो पार्टीको बैठक चलिरहेको बेला यस्तो अभिव्यक्ति आउनु संयोग मात्र नभएको प्रचण्डको भनाइ थियो । कार्यक्रममा बोल्दै माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले आफ्नो निहित स्वार्थको लागि मण्डलेहरुले शान्ति प्रक्रिया विथोल्न लागेको बताए ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment