Thursday, January 10, 2008

भोली संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने

सरकारले भोली संविधानसभा निर्वाचनको मिती घोषणा गर्ने सभामुख सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।
आज विहान वालुवाटारमा प्रधानमन्त्रिसंग भेटे पछि प्याप्सनको महाधिवेशन उदघाटनमा सभामुख नेम्वाङले सो जानकारी दिनुभएको हो ।
नेम्वाङका अनुसार प्रधानमन्त्रि गिरीजाप्रसाद कोइरालाले भोली निर्वाचन मिती घोषणा गर्ने कार्यक्रम स्वरुप आज केहीमन्त्रिहरुसंग वालुवाटारमा भेटघाट गर्नुभएको हो ।
सोही छलफलमा भोली वस्ने मन्त्रि परिषदको वैठकले चुनावको मिती घोषणा गर्ने भएको छ । भेटमा नेम्वाङले चुनावको घोषणा, सुरक्षाको प्रवन्ध लगायत बारे प्रधानमन्त्रि संग छलफल गर्नुभएको थियो ।

No comments: