काठमाडौं, पुस २६ - लगानी गरिहाल्न हतार नगरौं । सरकारी तथा निजी क्ष्ँेत्रका कम्पनी एक वर्षभत्र १५ अर्ब रुपैया“भन्दा बढीको सेयर र्सवसाधारणलाई बिक्री गर्ने तयारीमा छन् ।
'यी लगानीका लागि नया“ अवसर हुन्,' धितोपत्र बोर्डका अध्यक्ष डा. चिरञ्जीवी नेपालले भने- 'लगानीका लागि हतार नगर्दा हुन्छ ।'
बजारमा पर्याप्त लगानी अवसर नहु“दा घरजग्गा र बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य अकासिएको छ । आउने सेेयरले पु“जी हुनेलाई नया“ लगानीको अवसर दिनेछ । 'यसले बचतकर्ताको ब्याजदर बढाउ“छ, यहा“ लगानी गर्न अवसर नभएर विदेशमा गएको पु“जी फिर्ता हुन्छ,' अर्थसचिव -राजस्व) रामेश्वर खनालले भने ।
धितोपत्र बोर्डमा १६ कम्पनीले सेयर निष्कासनको स्वीकृतिका लागि निवेदन दिएका छन् । यी कम्पनीले स्वीकृति पाए ३ अर्ब १० करोड रुपैया“को सेयर बजारमा आउनेछ । साउनयता २ अर्ब ६८ करोड रुपैया“ परिचालन गर्न विभिन्न कम्पनीले स्वीकृति पाएका थिए ।
नेपाल टेलिकम सबैभन्दा ठूलो र्सार्वजनिक सेयर निष्कासन गर्ने तयारीमा छ । यसले मात्र कम्तीमा ९ अर्बको लगानी अवसर दिनेछ । कृषि विकास बैंकले ७५ करोडको सेयर ल्याउने घोषणा गरेको छ । ऋणी किसानका लागि यसले १२ करोड ५० लाखको सेयर बिक्री गरिरहेको छ । एक साताभन्दा बढी समय बा“की रहेको यो सेयरका लागि १ अर्ब रुपैया“भन्दा बढीको आवेदन परिसकेको छ ।
अत्यधिक नाफा कमाएको चिलिमे जलविद्युत् कम्पनीले २४ करोड ४ लाख रुपैया“को सेयर ल्याउन बा“की छ । यसले पनि थप मूल्य -प्रिमियम) मा बिक्री गर्ने र्सार्वजनिक गरेको
छ । अन्य केही साना जलविद्युत् कम्पनी सेयर निष्कासनको तयारीमा छन् ।
आकर्ष मानिने वित्तीय संस्थाको झन्डै २ अर्ब रुपैया“को सेयर बजारमा आउने छ । गत वर्षराष्ट्र बैंकले ३६ वित्तीय संस्थालाई अनुमति दिएको थियो । कारोबार सुरु गरेको एक वर्षभत्र सेयर निष्कासन
गनर्ुर्ुर् ।
ग्लोबल, सिटिजन, सनराइज र बैंक अफ एसिया सेयर निष्कासनको तयारीमा छन् । एक अर्ब लगानीमा खुलेका यी बैंक प्र्रत्येकले ३० प्रतिशतका दरले १ अर्ब २० करोडको सेयर बजारमा ल्याउने छन् । नया“ खुलेका विकास बैंक र फाइनान्स कम्पनी पनि सेयर निष्कासनको तयारीमा छन् । दर्ुर्ुइ अर्ब रुपैया“ लगानीमा दर्ुर्ुइ वाणिज्य बैंक आउने तयारीमा छन् ।
'यो स्थितिले सस्तो ब्याजमा ऋण केही समयका लागि समाप्त हुन सक्छ,' खनालले भने । केही वाणिज्य बैंकले साढे ६ प्रतिशत ब्याजमा मोटर किन्न ऋण दि“दै आएका छन् । तरलता घट्दा मोटरमा दिने ब्याजदर बढ्छ ।
Friday, January 11, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment