Monday, January 14, 2008

स्कुलमा ६ वर्षेखि पढाइ र परीक्षा दुवै भएको छैन ।

दोलखा, पुस २९ - लगातार ६ वर्षस्कुल पढ्दा विद्यार्थीहरू कति कक्षामा पुग्छन् - दर्ुर्ुगम चम्ची गाउ“स्थित नुम्लाङ प्राविका विद्यार्थी उही कक्षामा हुन्छन् । उनीहरूलाई आफ्नो नामसम्म लेख्न आउ“दैन ।
शिक्षा कार्यालयमा भने बर्सर्ेे पास भएको रर्ेकर्ड छ । स्कुलमा ६ वर्षेखि पढाइ र परीक्षा दुवै भएको छैन ।
शिक्षा कार्यालयले खटाए पनि शिक्षकहरू विद्यालय नगएकाले यस्तो भएको अभिभावक बताउ“छन् । सदरमुकामबाट ३२ कोस टाढा लामाबगर-१ स्थित यो स्कुलका बालबालिकाले शिक्षक र किताबसमेत देख्न नपाएको व्यवस्थापन समिति अध्यक्ष ङावाङपासाङ शर्ेपाले बताए । शिक्षा कार्यालमा भने शिक्षकले वर्षौपिच्छे विद्यार्थी भर्ना भएको र उत्तर्ीण्ा गराइएको प्रतिवेदन बुझाएका छन् । 'जा“चै हु“दैन, कसरी पास हुन्छ -' ङावाङले भने ।
'हामी पढ्दासम्म वर्षो दर्ुर्ुइ-तीन महिना शिक्षक बसेर क, ख सिकाएर र्फकन्थ्यो,' १० वर्षघि सोही स्कुलका विद्यार्थी कर्मा शर्ेपाले भने- 'अहिले त जानै छाड्यो ।' त्यसबेलाका विद्यार्थीले नामसम्म लेख्न जान्ने भए पनि पछिल्लो ६ वर्षताका बालबालिकाले त्यति पनि सिक्न नपाएको उनले बताए ।
शिक्षा कार्यालयले भने हरेक वर्षकिताब खर्च, छात्रावृत्ति र शिक्षकको तलब विद्यालयको खातामा निकासा गरिएको जनाएको छ । ३० भन्दा बढी विद्यार्थी रहेको यो स्कुलमा शिक्षक नगएपछि अघिल्लो साता २९ अभिभावकले उजुरी दिएका थिए । पछिल्लोपटक पठाइएका शिक्षक र्सकस पाख्रिनबारे गाउ“लेका उजुरी परेपछि कार्यालयले स्पष्टीकरण मागेको शिक्षा अधिकारी दिवाकर वस्तीले बताए ।
उनका अनुसार ती शिक्षकले दर्ुर्ुइ वर्षा एकपटक मात्र विद्यालय पुगेको स्वीकारेका छन् । उनले बाटो नभएकाले जान नसकेको दाबी गरे पनि यो वर्षात्र बाटोमा अवरोध आएको गाउ“ले बताउ“छन् ।
विद्यालयमा हरेक वर्षपुस्तकका लागि कम्तीमा दर्ुर्ुइ हजार र छात्रावृत्तिबापत तीन हजार जाने गरेको छ । शिक्षकलाई दर्ुर्ुगम भत्ता पनि दिने गरिएको छ ।
गाउ“लेको उजुरीमा व्यवस्थापन समिति अध्यक्षको किर्ते सही गरी रकम हिनामिना हुने गरेको उल्लेख छ । चार कोठाको विद्यालय भवन भए पनि फर्निचर छैन ।

No comments: