Saturday, January 12, 2008
श्रीलंकाको कम्तीमा ५९ व्रि्रोहीको मृत्यु
कोलम्बो, २८ पुस । उत्तरी श्रीलंकामा भएको भीषण संर्घषमा कम्तीमा ५९ व्रि्रोहीको मृत्यु भएको सरकारी सेनाले आज जनाएको छ । जापानी शान्तिदूतको श्रीलंका भ्रमणको पुर्व सन्ध्यामा यो समाचार र्सार्वजनिक भएको छ ।श्रीलंकालाई आर्थिक सहयोग गर्ने सबैभन्दा ठूलो मुलुक मध्ये एक जापानले तमिल टार्इगर्सका व्रि्रोहीसँगको सन् २००२ को युद्धविराम भंग गर्ने गत साता श्रीलंका सरकारको निर्णय प्रति गहिरो चिन्ता व्यक्त गर्दै आएको छ ।राष्ट्रपति माहिन्दा राजापाक्सेसँग वार्ता गर्न तीन दिने भ्रमणका लागि जापानी विशेषदूत यासुसो आकासी आइतबार कोलम्बो पुग्दै हुनुहन्छ ।श्रीलंकाको हालको शान्ति प्रक्रिया र यसको भविष्यबारे आकासीले श्रीलंकाली अधिकारीहरूसँग छलफल गर्नुहुने जापानी दूतावासद्वारा प्रकाशित एक विज्ञप्तीमा जनाइएको छ ।शनिबार भभुनिया जिल्लामा भएको संर्घष्ामा ३९, मान्नार जिल्लामा १७ जना तथा जाफ्ना प्रायव्दिपमा भएको अर्को एक संर्घष ३ जना गरी ५९ व्रि्रोहीको मृत्यु भएको र सरकारी सेनातर्फएक सैनिक जवानले वीरगति प्राप्त गरेको सेनाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment