Thursday, January 17, 2008

लुट्दालुट्दै पक्राउ

काठमाडौं, माघ २ - महाराजगन्ज प्रहरीले बुधबार दिउ“सो पौने तीन बजे गोली हानी लुट्दै गरेको समूहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विशालनगरका दिपु प्रजापति, डेनिप थपलिया र बालुवाटारका अनिल ढकाल छन् ।
डीएसपी विकासराज खनालका अनुसार गोली लागी घाइते भएका प्रकाश केसीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
अभियुक्तहरूले प्रहार गरेको दर्ुर्ुइ राउन्ड गोलीमध्ये एउटा गोली केसीको बाया“ घु“डामाथि लागेको छ । केसी खजुरी कुकिजको अर्थ विभागमा कार्यरत कर्मचारी हुन् । पसल-पसलमा रकम उठाउ“दै हि“डेका केसीलाई महाराजगन्जको टुडालदेवीस्थित पवित्र वर्कसप नजिकैको किराना पसलमा गोली हानेका थिए । गोली लागेर ढलेका केसीको ब्यागबाट रकम निकाल्दै गर्दा घटनास्थल घेराउ गरी प्रहरीले लुटेरा र उनीहरूले चढेको मोटरसाइकल नियन्त्रणमा लिएका थिए ।
उनीहरूको साथबाट पेस्तोल र तीन राउन्ड गोली बरामद भएको छ । प्रहरीका अनुसार लुटेराले बा२६प ६५९६ नम्बरको मोटरसाइकलमा झुक्याउन 'अन टेस्ट' लेखी चढेका थिए । पक्राउ परेकामध्ये मोटरसाइकल पछाडि बसेका दिपुले गोली हानेको प्रहरीसमक्ष स्वीकारेका छन् ।

No comments: