Saturday, January 12, 2008

'श्रीमान्' भन्न नपर्ने ????????

१२ जनवरी, ०८ । महिला कानुन व्यवसायीहरूले आफ्नो श्रीमानबाहेक अदालतमा बहस गर्दा न्यायाधीशलाई पनि श्रीमान भन्नुपर्ने व्यवस्थाको अब अन्त्य भएको छ । यसले गर्दा महिला वकिलहरूले अब सजिलो भएको बताएका छन् । नेपाल वार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनाली र प्रधान न्यायाधीशबीच छलफल भई सो निर्णय भएको हो । महिला कानुन व्यवसायीहरूले वुटवलमा सम्पन्न सम्मेलनमा पनि सो विषयमा व्यापक आवाज उठाएका थिए । यसअघि महिला कानुन र विकास मञ्चले श्रीमान शब्द हटाउन सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलाले अब लैंगिक तटस्थता शब्द प्रयोग हुनेमा महिला कानुन व्यवसायीहरूले खुशी व्यक्त गरेका थिए । अब न्यायाधीशलाई सम्बोधन गर्दा माननीय न्यायाधीशज्यू भनी सम्बोधन गर्नुपर्ने भएको छ ।

No comments: