Sunday, January 13, 2008

विश्वले सम्झ्यो, नेपालमा बेवास्ता

काठमाडौं, पुस २८ - विख्यात आरोही सर एडमन्ड हिलारीको निधनमा संसारभर शोक प्रकट भइरहे पनि नेपाल मौन छ । तेन्जिङ नोर्गे शर्ेपास“ग सन् १९५३ मा सगरमाथा आरोहण गरेर नेपाललाई विश्वमा परिचित गराउने यी नायकको सम्झनामा शर्ेपा समुदायले मात्र दुःख व्यक्त गरेको छ ।
हिलारीको निधनले आफू स्तब्ध भएको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव बान की-मून, बेलायतकी महारानी एलिजावेथ द्वितीया, प्रधानमन्त्री गोर्डन ब्राउन लगायतले शनिबार दुःख व्यक्त गरेका छन् । पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबारको एउटा शोक समारोहलाई सम्बोधन गर्नुबाहेक प्रधानमन्त्री, सरकारी निकाय र पर्यटन व्यवसायी बेखबरझंै छन् ।
हिलारीले संसारभर आरोहणको अनुभवबारे सयौं प्रवचन दिएर नेपालको प्रचार गरेका थिए । उनी लेखक वा सहलेखक भएका १३ वटा पुस्तकले नेपाललाई विश्वमाझ परिचित गराएका छन् । यो ऐतिहासिक घटनापछि बाहिरी विश्वमाझ नेपाल चिनिन थालेको
हो । हिलारीलेे आरोहणका सहयात्री शर्ेपा समुदाय र खुम्बु क्ष्ँेत्रमा मात्र नभएर हिमाली क्ष्ँेत्रको विकास आधार तयार पारेका छन् ।
खुम्बु क्ष्ँेत्रमा दर्ुइवटा अस्पताल, २७ वटा स्कुल, दर्जनौं स्वास्थ्य चौकी खोलेर ती क्ष्ँेत्रका बासिन्दाको जीवन सरल बनाउने अभियानका हिलारी नायक हुन् । यी सेवामा उनले खोलेको हिमालयन ट्रस्टले बर्सर्ेे करोडौं खर्च गर्दै आएको छ । लुक्ला विमानस्थल पनि उनले नै बनाएका हुन् । त्यसको आधारमा सगरमाथा क्ष्ँेत्रमा पर्यटन विस्तार भएको हो ।
हिलारीले साहस र अन्वेषणलाई नया“ परिभाषा दिएको भन्दै कि-मूनले विज्ञप्तिमा भनेका छन्- 'हिलारीले मानवीय कल्पनामाथि विजयमात्र प्राप्त गरेनन् पृथ्वीको सम्पत्ति बचाउने महान् अभियानको जीवनभर नेतृत्व पनि गरे ।'
बेलायतका प्रधानमन्त्री ब्राउनले हिलारीलाई महानायक भनेका छन् । उनले भनेका छन्- 'उनले संसारको कल्पनालाई साकार पारेका थिए, जसलाई संसारले एक अग्रणी अन्वेषक र महानायकका रूपमा सम्झने छ ।' बेलायतकी महारानी एलिजावेथ द्वितीयाले बकिङहम दरबारबाट विज्ञप्ति प्रकाशित गर्दै 'हिलारीको निधनको खबरले अत्यन्त दुःखः भएको' जनाएकी छन् । उनले हिलारीकी विधवा जुनलाई पत्र पठाएर समवेदना प्रकट गरेकी छन् ।
हिलारीको निधनको शुक्रबार घोषणा गरेका न्युजिल्यान्डका प्रधानमन्त्री हेलेन क्लार्कले विधवा जुनलाई शनिबार भेटेर सहानुभूति प्रकट गरेका थिए । न्युजिल्यान्डले राष्ट्रिय सम्मानका साथ १० दिनपछि अन्त्येष्टि गर्नेछ । भारतका राष्ट्रपति प्रतिभा पटेल र प्रधानमन्त्री डा. मनमोहन सिंहले पनि शुक्रबारै विज्ञप्ति प्रकाशित गरी हिलारीको निधनमा दुःख प्रकट गरेका थिए ।
ँउहा“का सहयोगलाई निरन्तरता दिन्छु’
नया“दिल्ली, २८ पुस -कास)- पतिको मृत्यु- शोकमा छिन् उनी । शताब्दीकै एक साहसिक व्यक्तिकी पत्नी उनी झलझली खुम्जुङ आसपासका २७ विद्यालय र १३ स्वास्थ्य क्लिनिक सम्भिmरहेकी छन् ।
पति गुमाएको २४ घन्टा नबित्दै सर एडमन्ड हिलारीकी पत्नी जुनले शर्ेपा समुदायको उन्नतिको मिसनलाई निरन्तरता दिने बताएकी छन् ।
'मेरा श्रीमान्ले जीवनका ४० वर्षसमर्पित गरेको मिसनलाई म अब निरन्तरता दिनेछु,' उनले निवासस्थान अक्ल्यान्डबाट 'टाइम्स अफ इन्डिया' स“ग भनिन्- 'मलाई थाहा छ यो धेरै कठिन काम हो ।'
यसै वर्षो अन्त्यतिर नेपाल भ्रमण गर्ने आफ्नो इच्छा उल्लेख गर्दै उनले भनिन्- 'म अहिले नेपालमा नया“ काम सुरु गर्न चाहन्न“ । मेरो ध्यान शर्ेपा समुदायका लागि स्थापित २७ स्कुल, दर्ुइ अस्पताल र १३ क्लिनिकलाई निरन्तरता दिन केन्द्रित हुनेछ ।' सर्वोच्च शिखरमा पहिलो मानव विजयका एक नायक हिलारीको शुक्रबार ८८ वर्षो उमेरमा अक्ल्यान्डमा निधन भएको थियो । मौरीपालकबाट हवाई सैनिक हु“दै आरोही बनेका २० औं शताब्दीका र्सवाधिक साहसिक हिलारीको मृत्युमा नेपाल र भारत लगायत विश्व शोकमा छ ।
शर्ेपा समुदायको विकासमा स्थापित हिमालयन ट्रस्टका लागि पैसा जुटाउने काममा हिलारीलाई जुनले सहयोग गर्दै आएकी
थिइन् । 'अब म एक्लै गर्नेछु,'
उनले भनिन्- 'मेरा श्रीमान्ले अन्तिम दिनसम्म पनि हिमालयलाई माया गर्नुभयो, म पुलहरू पुनर्निर्माण गर्नेछु, खानेपानीका संयन्त्र बनाउनेछु र समुदायलाई छात्रवृत्ति प्रदान गर्नेछु ।'
निवासस्थानमा संवाददाता- हरूस“ग जुनले अस्पतालमा रह“दा हिलारी 'गुड स्पिरिट' मा रहेको र घर र्फकने प्रतीक्षामा रहेको बताएकी थिइन् । 'उहा“ अन्तिमसम्म पनि गुड स्पिरिटमा हुनुहुन्थ्यो,' उनले भनिन् । पोर्चुगलमा रहेका हिलारीका छोरा पिटर र जुनका छोराछोरी आएपछि राष्ट्रिय सम्मानसाथ उनको अन्त्येष्टि गरिनेछ ।शर्ेपाहरूले विशेष पूजा गर्ने
काठमाडौं, २८ पुस -कास)- शर्ेपा समुदायले विख्यात आरोही सर एडमन्ड हिलारीको आत्माको शान्तिको कामना गर्दै सोमबार विशेष पूजा गर्ने भएको छ । तेङबोचे गुम्बाका अवतारी लामा नवाङ तेन्जिङ जाङ्बुको नेतृत्वमा २५ वरिष्ठ लामाले बौद्ध परम्पराअनुसार पूजा गर्नेछन् ।
बा“चुन्जेल शर्ेपाहरूस“ग ऋणी भएको बताउने हिलारीको निधनबाट खुम्बु क्ष्ँेत्र, शर्ेपा समुदाय र समग्र पर्यटन उद्योग शोकमा छ । खुम्बु क्ष्ँेत्रमा स्कुल, स्वास्थ्य चौकी, विमानस्थल र अन्य पर्ूवाधारका जग बसालेका हिलारीको निधनको खबरस“गै मुलुकभरका गुम्बामा बत्ती बाल्न थालिएको थियो ।
'जीवनभर शर्ेपा, सगरमाथा र नेपालको हितमा लागिरहेका उनलाई शान्ति मिलोस् भनेर शर्ेपा संस्कार तथा बौद्ध परम्पराअनुसार पूजा गर्नेछांै,' हिलारीद्वारा स्थापित हिमालयन ट्रस्टका प्रमुख प्रशासकीय अधिकृत आङरिता शर्ेपाले कान्तिपुरलाई भने । शर्ेपाहरूसम्बद्ध संघसंस्थाले पूजापछि त्यसै दिन शोकसभा गर्ने जानकारी पनि उनले दिए । सन् १९८९ मा आगलागीबाट जर्ीण्ा भएको तेङबोचे गुम्बा हिलारीको नेतृत्वमा संसारभरबाट सहयोग जुटाएर मर्मत गर्न तीन वर्षलागेको थियो । हिलारीको निधनको सातौं दिन यो गुम्बामा दिनभर पूजाअर्चना गर्ने कार्यक्रमसमेत छ ।
अन्तिम संस्कारमा ६ जना जाने
ट्रस्टका प्रमुख प्रशासकीय अधिकृत शर्ेपालगायत चार जना अग्रणी शर्ेपाहरू हिलारीको अन्तिम संस्कारमा भाग लिन न्युजिल्यान्ड जाने भएका छन् । टोलीमा डा. कामिक्ताङ शर्ेपा, आङ थुक्तेन शर्ेपा छन् । हिलारीकी निकट साथी एवं आरोहण ज्ञाता तथा नेपालका लागि न्युजिल्यान्डकी अवैतनिक वाणिज्यदूत एलिजावेथ हली र अर्की बेलायती साथी लिसा चोएग्याल पनि बेग्लै जाने शर्ेपाले बताए ।आइस एक्स अनलाइन बिक्रीमा
काठमाडौं- अनलाइन बिक्रेता 'टे्रड मी' ले हिलारीले प्रयोग गरेका आइस एक्सलगायत केही महत्त्वपर्ूण्ा वस्तु बिक्रीमा राखेको छ । हिलारीले सगरमाथा आरोहणमा प्रयोग गरेको 'आइस एक्स' को न्यूनतम मूल्य सबभन्दा बढी तोकिएको छ । आइस एक्स खरिदकर्ताले ३ हजार ९ सय अमेरिकी डलरबाट बोली लगाउनुपर्ने छ । बिक्रीका लागि हिलारीको हस्ताक्षरयुक्त उनकै तस्बिर अंकित ५ डलरको न्युजिल्यान्डका नोट सबभन्दा धेरै परिमाणमा राखिएका छन् ।

No comments: