Thursday, January 10, 2008

बस दुर्घटनामा दुईको मृत्‍यु

पोखराबाट काठमाडौ आइरहेको यात्रुवाहक माइक्रोबस बिहीबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबु खैरेनीमा दुर्घटनाग्रस्त हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मृतक कास्की लेखनाथ नगरपालिका-८ बुडी बजारका २८ वर्षिय तिल बहादुर गर्भुजा पुन भएको इलाका प्रहरी कार्यालय आँबु खैरेनीले जनाएको छ ।
तीब्र गतिमा रहेको ग १ ज ३६५१ नम्बरको यात्रुवाहक माइक्रोबस बाक्ने हुसुका कारण राजमार्गमा चिप्लिएर बिहीबार विहान ७.३० बजेतिर दुर्घटना हुन पुगेको थियो ।
उता भैरहवाका सिद्धार्थ रंगशालाभित्र बिहीबार विहान एक प्रहरी जवान मृत फेला परेका छन् । मृतक लुम्बिनी अञ्चल सशस्त्र प्रहरी गुल्म भैरहवाका जवान दिपेन्द्र सिंह थापाको भएको प्रहरीले जनाएको छ ।
डढेलधुरा घर भएका थापाको शप पोष्टमार्टमका लागि अस्पताल पठाइएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

No comments: