Monday, January 14, 2008
प्रहरी द्वारा विना कसुर कुटपिट
राजविराज, ३० पुस । प्रहरीले विना कसुर कुटपिट गरेको भन्दै स्थानीय व्यापारीहरूले आज सप्तरीको हनुमाननगर बजार बन्द गर्राई यातायातसमेत अवरुद्ध गरेका छन् । व्यापारीहरूले राजविराज-हनुमाननगर सडकखण्डमा यातायात अवरुद्ध गरेपछि राजविराजबाट पुर्व चल्ने तथापुर्व बाट आउने दर्जनौं सवारी साधन हनुमाननगरमा रोकिएको छ ।आज बिहानदेखि सडक अवरुद्ध गरेपछि भारतीय राष्ट्रिय राजमार्ग निर्माणका लागि सप्तरीबाट निकासी हुने गरेको बालुवा, गिट्टी बोकेको पाँचदर्जन ट्रक रोकिएपछि झण्डै डेढ लाख बराबरको राजस्व प्रभावित भएको छ । छिमेकी मनोज राउतसँग सामान्य विवादको कारण इलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले स्थानीय व्यापारी मनोजकुमार दासलाई पक्राउ गरी थाना परिसरमा कुटपिट गरेपछि स्थानीय व्यापारीहरू आन्दोलित भएका हुन् ।विवाद साम्य पार्न छलफल भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक कृष्णकुमार देवले व्यापारी दासलाई कुटपिट गर्ने प्रहरी जवान रामकुमार यादवमाथि कारबाही गरिने आश्वासन दिनुभयो । स्थानीय व्यापारीहरूले भने प्रनानि देव र प्रहरी जवान यादवमाथि कारबाही गरिनुपर्ने र दुवैको सरुवा गर्नुपर्ने माग गरेका छन् । हनुमाननगर-३ का दिलीप बेल्दारले भने प्रनानि देवले थाना परिसरमा विना कुनै अपराध आफूले लगाएको बेल्ट खोली कुटपिट गरेको र जागिर खाई दिने धम्की दिएको बताएका छन् । बेल्दार राष्ट्रिय भिटामिन 'ए' कार्यक्रममा कार्यरत छन् । सामान्य कुरामा पनि इप्रकाका प्रहरीहरूले कुटपिट तथा दर्ुर्व्यवहार गर्ने गरेको स्थानीय व्यापारीहरूले आरोप लगाएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment