Sunday, January 6, 2008

भारत अब पहाड हान्ने दाउमा र्सुयबहादुर केसी

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय सदस्य र्सुय बहादुर केसिले अन्तराष्ट्रिय मामलामा सबै पार्टि एक भएर लाग्नु पर्ने बताउनु भएको छ । नेता के.सि.राष्ट्रिय प्रजातन्त्र पाटि कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उक्त कुरामा जोडदिनु भएको हो । केसिले सुस्तामा भारतीयहरुले गरेको अतिक्रमणको विषयमा बोल्दै अन्तराष्ट्रिय मामलामा सबै पार्टी एक भएर लागेमा नेपाली भुमि फर्काउन सकिने बताउनु भएको छ । भारतले तराईलाई उचालेर तराई टेकी पहाड हान्ने दाउमा लागेको बताउदै सरकारले छिटो तराइको समस्या समाधान गर्नु पर्ने केसिको भनाइ थियो । सात दल निरङकुस हुदै गएको बताउदै सात दल यहि स्थितिमा चलेमा राजा र सात दलको हबिगत एउटै हुने बताउनु भयो । सात दल सविधान सभाको चुनाव भनेर दौडन, न सविधान सभाको चुनाव गराउन सक्ने नत शान्ति सुरक्षा दिन सक्ने नेता केसिको कथन थियो । नेपाली काग्रेसमा बाबु गणतन्त्र चाहिन्छ भन्दै हिड्छन र छोरी २०४७ को संविधान ब्युत्याउनु पर्छर्र्भन्छन भन्ने कुराको उदाहरण दिदै राप्रपामा पनि कोही सति जान खोज्नेहोलान तर सबै राजावादी भने छैनन केसीको भनाई थियो । केसीले आफु गणतन्त्र चाहने व्यक्ति भएको बताउदै देशको निकाशका लागि गणतन्त्र अपरिहार्य भएको बताउनु भयो । कार्यक्रममा पार्टी नेता कमलमान गुरुङ्ग, राप्रपा कास्कीका जेबी कुवँर लगायतले राप्रपा राजावादी नभएर जनताको चाहना अनुसार अगाडी बढ्ने पार्टी भएको बताउनु भयो ।

No comments: