Friday, January 18, 2008
आमसभाका लागि सुरक्षा व्यवस्था कडा
संविधानसभाको निर्वाच्नको वातावरण निर्माण गर्न भोली शनिबार विराटनगमरमा हुने दोस्रो संयुक्त सभाका लागि सुरक्षाका अवस्था कडा गरिएको छ । सभाको जिम्मा नेकपा एमालले पाएको हो। संयुक्त सभाको तयारीसवरुय नेपपा एमालले मोरङले विभिन्न पक्षहरुसाग छलफल गरेको छ। जिल्ला सचिव नरेश पोखरेलेका नेतृत्वको एक टोलीले पुर्वाञ्चलका सुरक्षा प्रमुखहरुसँग शान्ति सुरक्षाका सम्बन्धमा छलफल गरिसकेको छ। त्यसैगरि सोही टोलीले सभामा सहभागि हुने जनताका लागि यातायात व्यवस्था सहज बनाइएको बताइएको छ। यसैगरि सिमा सुरक्षामा पनि कडाइ गरिएको छ । सुन्सरी, मोरङ, झापालगायतका क्षेत्रका सिमा सुरक्षा व्यवस्था कड गरिएको प्रहरीले बताएको छ। नेपाल प्रवेश गर्ने र नेपालबाट बाहिर जाने उपर कडा निगरानीसमेत गरिएको छ। काठमाडौंमा भएको पहिलो चुनावी आमसभामा भएको बम विस्फोटनलाई ध्यानमा दिएर यस्तो सुरक्षा व्यवस्था अपनाइएको हो । आमसभास्थलमा २ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीबिच बेलुका सुरक्षा व्यवस्थाका विषयमा छलफल भइसकेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment