Tuesday, January 15, 2008
बेवारिसे अवस्थामा एक युवकको शव फेला
कलैया, १ माघ । बारा प्रि्राडी गाविस वडा नं.३ मा हिजो राति आफैँले बोकेको सकेट बम विस्फोट हुँदा सोही गाउँ बस्ने २५ वषर्य मुडल यादव गम्भीर घाइते भएका छन् । सो विस्फोटबाट दाहिने हातको पाँचै वटा औँला काटिएका निज यादवलाई उपचारका लागि वीरगन्ज लगिएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालयले हिजो बाराको नरही गाविस वडा नं. ८ बेलाही बस्ने उपेन्द्र चौधरीका घरमा छापामारी चौधरीलाई हतियारसहित पक्राउ गरेको छ ।प्रहरीले १२ बोरको बन्दुक एक थान र एक थान नलकटुवा बन्दुकसमेत बरामद गरेको थियो । यस्तै बारा जिल्ला फत्तेपुर गाविस वडा नं.३ मा हिजो बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । फत्तेपुरस्थित प्रहरी चौकीदेखि करिब दइ कि.मि. उत्तर मकै खेतमा करिब ३५ वषर्य युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment