Wednesday, January 2, 2008
हतियार बोक्नेलाइ सात बर्ष कैद
२ जनवरी, ०८ । ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिले हतियार तथा खरखजना सम्वन्धि विधेयकलाइ संशोधन सहित पारित गरेको छ । बिधेयकलाइ छिटो पारित गर्न समितिले एमाले सांसद परशुराम मेघी गुरुडको संयोजकत्वमा हिजो मात्र नौ सदस्यीय उपसमिति गठन गरेको थियो ।भोली राज्य ब्यवस्था समितिको बैठकमा पेश गरिने उक्त बिधेयकमा सार्वजनिक ठाउमा हतियार लिएर हिड्नेलाइ सात वर्ष कैद,एक लाख जरिवाना वा दुवै सजाय गर्न सकिने ब्यवस्था गरिएको छ । उपसमितिका एक सदस्यले हतियारको स्तर अनुसार सजायको प्रकृति फरक फरक हुने ब्यवस्था ऐनमा गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment