Thursday, January 17, 2008

बाघको आक्रमणबाट बुधबार पाँच जना घाइते

दिपायल, डोटी ३ माघ । डोटीको वगलेख गाउँ विकास समिति वडा नं ३ कुडासैनमा बाघको आक्रमणबाट बुधबार पाँच जना घाइते भएका छन् । उक्त बाघले दिउँसो जङ्गलमा पाँच बाख्रा र एक गाईलाई आक्रमण गरी मारेपछि गाउँलेले थाहा पाई लेखेट्न खोज्दा पाँच जनालाई घाइते बनाएको स्थानीय युवा जहर सिंह ठकुल्लाले जानकारी दिए । घाइते हुनेमा एक महिला र चार पुरुष रहेका छन् । उनीहरूको गहिरागाउँ उपस्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । विगत पाँच महिनादेखि त्यस क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्दै आइरहेको छ । बाघको आक्रमणबाट चार जनाको ज्यान गइसकेको छ भने करिब ५० जनालाई घाइते बनाएको छ।

No comments: