Tuesday, January 15, 2008

नेपाली सेनालाई अपराधी भनेकोमा असहमति

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेनालाई अपराधी भनेकोमा असहमति जनाएका छन् । उहाँले भन्नु भयो- सेनाले राजतन्त्रलाई सहयोग नगरेकै कारण २०६२/६३ मा लोकतन्त्र आएको जिकिर गर्नु भयो । थारु पर्व माघीको अवशरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै देउवाले सेनालाई होच्याएर बोल्नु कसैको हितमा नरहेको उल्लेख गर्नु भयो । सात दलको हिजोको सभामा माओवादी अध्यक्ष प्रचण्डले नेपाली सेनालाई अपराधी भनेकोमा असहमति जनाउदै देउवाले सेनामा केही अपराधी भए पनि सबैलाई अपराधी र हत्यारा भन्न नहुने बताए । पुष ३० को सभामा आफ्नो दलको नेतृ सुजाता कोइरालालाई केहीले बिरोध गरेकोमा पनि देउवाले आपत्ति जनाए । कुनै पार्टीको नेतालाई त्यसरी बिरोध गर्दा सात दलको एकतामै अशर पर्नसक्ने तथा संविधानसभा चुनावमै संकट आउनसक्ने देउवाले बताए । सबै दलले आफ्ना कार्यकर्तालाई नियन्त्रण गर्नुपर्ने देउवाको भनाइ थियो ।

No comments: