Friday, January 18, 2008
नेता हत्याको योजना बन्दैछः प्रचण्ड
१८ जनवरी, ०८ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पाकिस्तानमा जस्तै नेपालमा पनि राजनितिक दलका नेताहरुको हत्या गर्ने योजना भइरहेको बताउनु भएको छ । आज राजधानीमा संचारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले नेताहरुलाई हत्या गर्ने उदेश्य लिएका त्यस्ता समूह राजधानी भित्रिइसकेको पनि दावी गर्नु भयो । राजधानीमा पुष ३० गते सात दलको सभापछि आफूलाई नै लक्षित गरी बम बिष्फोट गराईएको पनि प्रचण्डले बताउनु भयो । शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचन विथोल्न त्यस्ता हत्याको योजना बनाइएपनि निर्वाचन भएरै छाड्ने उहाले वताउनुभयो । माओवादी सेना राष्ट्रिय सेनामा समायोजन नहुने प्रधानसेनापति रुक्माङगत कटवालको भनाईलाई प्रचण्डले बेमौसमको बाजाको संज्ञा दिदै मधेशीको सबै माग पूरा भइसकेकाले अहिले हुनलागेको मधेश आन्दोलन बखेडा भएको उहाँको भनाइ थियो ।उहाँले आफु काठमाण्डौ र रोल्पावाट चुनाव लड्ने जानकारी दिदै माओवादीले युद्धकालमा कव्जा गरेका सर्वसाधरणका सम्पति यसै महिना भित्र फिर्ता गरीने पनि वताउनुभयो
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment