Sunday, January 6, 2008

युवतीद्वारा बलात्कार घटना र्सार्वजनिक

मोरङ, पुस २१ - पथरीका मनिकुमार र्राई पटकपटक कार्यक्रममा आमन्त्रित हुन्छन् । कार्यक्रममा डाकिनासाथ ऋण खोजेरै भए पनि र्राई जान्छन् । ६४ वषर्ीय र्राईको कार्यक्रममा सहभागी भएर भाषण गर्ने, भत्ता लिने, प्रतिवेदन प्रस्तुत गर्ने उद्देश्य होइन, उनी छोराको खबर पाइने आशाले मात्र भौंतारिन्छन् ।
तीन वर्षघि माओेवादीले अपहरण गरेका छोरा राजन र्राईको अवस्था थाहा पाउने आशामा उनी शनिबार विराटनगरमा सत्य निरुपण आयोगबारे छलफलमा सहभागी भए । 'मेरो छोरो कहा“ छ ल्याइदेऊ' आफ्नो छोराको अवस्था थाहा नपाउने बुझेपछि कार्यक्रम हलबाट निस्केका राइले प्रचण्डलाई सम्बोधन गर्दै भने, 'मारेको भए मार्‍यौं भनिदेऊ, म किरिया गर्छु ।'
विभिन्न संस्थाले आयोजना गरेको कार्यक्रममा धेरैपटक आएको स्मरण गर्दै र्राईले प्रश्न गरे, 'कस्तो कार्यक्रम हो यो, हाम्रै लागि भनेर कार्यक्रम गरेको भन्छन् अनि छोराको खबर चाहिं कहिल्यै दिंदैनन् ।'
माओवादीका स्थानीय कार्यकर्ताले छोरा कहिले सर्ुर्खेत, सल्यानमा छ त कहिले मरिसक्यो भन्ने गरेको उनले बताए । गत वर्षसञ्चार माध्यमलाई भन्दा माओवादी कार्यकर्ताबाट थप धम्की आएको स्मरण गर्दै उनले थपे, 'न्याय माग्दा पनि दुःख नै दिन्छन् के गर्नु -'
सरकारद्वारा बेपत्ता पारिएका झापा सुरुङ्गाका सुरेश पोखरेलको दाजु सुशीलको पनि अवस्था त्यस्तै छ । ०५९ सालमा भारतले सुपर्ुदगी गरेका सुरेशसहित छ जनाको अवस्था अज्ञात छ । 'सुपर्ुदगी भएको छैन, कहिले रिहा भइसक्यो, कहिले मरिसक्यो भन्ने खबर सुनिन्छ,' सुशीलले माग गर्दै भने, 'यथार्थ के हो र्सार्वजनिक गरिदेऊ ।'
जतिसुकै टाढा भए पनि अहिलेसम्म कुनै पनि कार्यक्रम नछुटाएको अनुभव सुनाउ“दै उनले पीडितको वास्तविक समस्या जहिंको त्यहीं भएको बताए ।
०६१ सालमा माओवादीबाट अपहरित चन्द्र साहीको अवस्था पनि अज्ञात भएको छोरा प्रकाशले बताए । घटना बिर्सर्ेेराजनीति गर्न सजिलो भएको आरोप लगाउ“दै बेपत्ता परिवारले आन्दोलनमा र्फकने धम्की र मेलमिलापको स्वरबाट कसैलाई पनि उम्कन नदिन सबैस“ग माग गरे । चा“डो र्सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिंदै क्षतिपर्ूर्तिको समेत माग गरे । कार्यक्रममा माओवादी र सरकारबाट बेपत्ता, हत्या गरिएका आठ परिवार उपस्थित थिए ।

No comments: