Saturday, January 19, 2008

प्रचण्डले छोरा को जनवादी विवाह

माओवादी अध्यक्ष प्रचण्डले छोरा प्रकाशको बिहीबार जनवादी विवाह गरी बुहारी भित्र्याएका छन्। बिहीबार बिहान अध्यक्ष प्रचण्डले छोरा प्रकाशको हेम्जा-८ बस्ने देवकृष्ण त्रिपाठीकी छोरी सृजनालाई बुहारीको रूपमा भित्र्याएका हुन्।
बुहारी भित्र्याउन प्रचण्ड बुबा मोतीराम र श्रीमती सीतालाई लिएर बुधबार सुटुक्क पोखरा आएका थिए। प्रकाशको बिहीबार बिहान माओवादी पार्टीअदस्यसमेत रहेका त्रिपाठीकी २२ वषिर्या छोरी सृजना त्रिपाठीसित जनवादी तरिकाले विवाह भएको हो।
अखिल क्रान्तिकारीसँग आबद्ध सृजना पृथ्वीनारायण क्याम्पस शिक्षा संकायमा ऐच्छिक नेपाली लिएर स्नातक तह दोस्रो वर्षा अध्ययनरत विद्यार्थी हुन्। विवाहको चाँजोपाँजो प्रचण्डका जेठान चन्द्रकान्त पौडेलले मिलाएका हुन्। अध्यक्ष प्रचण्डको ससुराली पनि हेम्जा नै हो।
पोखरा उपमहानगरपालिका-९ पृथ्वीचोकस्थित क्याम्पमा वाईसीएलको कडा सुरक्षाबीच वरमाला पहिर्याई हात समातेर विवाह भएको बताइएको छ। विवाहका लागि सम्पूण आवश्यक तयारी माओवादी जिल्ला नेताहरूले गरेका थिए।
जनवादी विवाहमा अध्यक्ष प्रचण्ड, श्रीमती सीता, बुबा मोतीरामसहित बहिनी ज्वाइँ, भान्जाभान्जी, इष्टमित्र र माओवादीका केही नेता सहभागी भएको माओवादीस्रोतले जनाएको छ। हेम्जा गाविसबाट विस्थापित भएर बर्दिया पुगेको त्रिपाठी परिवार चार वर्षघि पुनः हेम्जामा फर्किएको हो।
अध्यक्ष प्रचण्डले यसअघि माओवादी केन्द्रीय सदस्य एवम् अनुशासन विभागका इन्चार्ज पोस्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई पहिलो बुहारीको रूपमा भित्र्याएका थिए। प्रभा र प्रकाशबीच सम्बन्ध नमिलेपछि दुवैले राजीखुशी सम्बन्धविच्छेद गरिसकेका छन्। बोगटी अहिले माओवादीको प्लाटुन कमान्डर छिन्।

No comments: