Saturday, January 12, 2008
पुलिसलाई पोखरामा तेस्रो उपाधि
पोखरा, २८ पुस/शसस्त्र प्रहरीबलको ताजा फुटबल चुनौतीलाई संर्घषमय फाइनलमा २-० ले पाखा लगाउँदै नेपाल प्रहरीको नेपाल पुलिस क्लबले पोखरेली मैदानमा तेस्रो पटक उपाधि उचालेको छ । पहिलो क्याराभान तथा पहिलो आहा गोल्डकपको विजेता पुलिसलाई शनिबार तेस्रो उपाधि तर्फडोर्याउन अनन्त थापा र जुमानु र्राईले एक एक गोल गरे । प्यारापिटमा सुरक्षार्थ खटिएका बर्दीधारी प्रहरीको उद्दण्ताका कारण तनावपूर्ण बनेको पोखरा रंगशालामा पुलिसको जित गोल अन्तरमा देखिए झैं सहज भने रहेन् । एपीएफको हिट एण्ड रनको रणनीतिले कायल पार्दा पुलिसले जितका लागि अतिरिक्त समयसम्म सघंष गर्नुपर्यो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निणार्याथ खेल अतिरिक्त समय तर्फधकेलिएको थियो । थप समयको दोस्रो मिनेटमै प्रतियोगिताका संयुक्त उच्च गोलकर्ता समेत रहेका अनन्तले २५ यार्डबाट फ्रिकिकमा दर्शनीय गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । अनन्तको फ्रिकिकमा विपक्षी गोलकिपर चन्दन सरकारले कुनै चाल नपाउँदा बल सिधै जालीको सर्म्पर्कमा पुगेको थियो । ९० मिनेटसम्म संर्घष गरिरहेपनि अतिरिक्त समयमा भने स्वाभाविक प्रभाव जमाएको पुलिसका लागि समय सकिन ८ मिनेट बाँकी रहदाँ जुमानुले पेनाल्टीमा दोस्रो गोल गरेका थिए । दुर्गा राजलवटले भोला सिलवाललाई लडाएपछि फिफा रेफ्री लव खत्रीले पुलिसलाई पेनाल्टीको अवसर दिएका थिए । जितसँगै पुलिसले नगदपुरस्कार १ लाख रुपियाँ पायो भने उपविजेता सशस्त्रले ५० हजार रुपियाँ हात पार्यो । धरान फुटबल क्लबले अनुशासित टिम घोषित भयो भने व्यक्तिगत पुरस्कार तर्फशसस्त्रका गणेश लावतीले उत्कृष्ट खेलाडी घोषित हुदैं यामाहा एल्बा मोटरसाइकल हात पारे । यसैगरी पुलिसका अनन्तसहित तीन तीन गोल गरेका गणेश र आयोजक सहारा क्लबका विष्णु केसीले र्सवाधिक गोलकर्ताको पुरस्कार १५ हजार नगद बाँडे । खेलको १४ औं मिनेटमा पर्वत पाण्डेले प्रहार गरेको फ्रिकिक गोलकिपर विपक्षी गोलकिपर सरकारले पन्च गरेको बल क्रसबारमा लागेर फर्किदाँ पुलिसले अग्रता लिनबाट चुकेको थियो । उता पहिलो हाफकै ३४ औ. मिनेटमा दिपक पौडेलले दिएको व्याक पासलाई गणेश लावतीले गरेको हल्का हेड पुलिसका गोलकिपर रितेश थापाको हातमा पुगेको थियो । यसअघि नै शसस्त्रले अग्रता लिने महत्वपूर्ण अवसर गुमाइसकेको थियो । दिपेन्द्र पौडेलबाट खोसेर गणेश लावतीले पेनाल्टी बक्सभित्र मिलाइदिएको पासलाई अजय केसीले उपयोग गर्न सकेनन् । पहिलो हाफमै अजयले शसस्त्रलाई अग्रता दिलाउने अर्को एउटा महत्वपूर्ण अवसर गुमाए । विपक्षी पेनाल्टीबक्सभित्र खुला अवस्थामा रहेको अजयले पाएको बल हान्न ढिलाई गर्दा पुलिसका रक्षक सुमन सुवेदीलाई क्लियर गर्ने अवसर मिलेको थियो।निर्धारित समयभरि नै जसो एपीएफले विपक्षीलाई दवाव दिइरहेपनि म्यान अफ दि म्याच राकेश श्रेष्ठको नेतृत्वमा रहेको पुलिसको रक्षापंक्ति चिर्न नसक्दा शसस्त्र करिब आधा दर्जन अवसरमा चुकेको थियो । उता पुलिसका अनन्त थापा र जुमानु र्राईका दुइ राम्रा प्रयास खेर जादाँ टोली निर्धारित समयमै नजिता हत्याउनबाट बञ्चित रहृयो । कप्तान रमेश बुढाथोकीको क्रसमा अनन्तले पेनाल्टीबक्सभित्रबाट हानेको फितलो बल विपक्षी गोलकिपर सरकारको हातमै पुगेको थियो भने दोस्रो हाफमा जुमानुले प्रहार गरेको बलले गोलकिपरलाई विट गरिसकेपनि एपीएफका लागि उच्च प्रदर्शन गरेका नरकुमार र्राईले गोल लाइनबाट क्लियर गरेर टोलीको आशा जिवित राखेका थिए । 'फाइनल खेलको समाप्तीपछि दुवै टोलीका प्रशिक्षकहरु नजितामा सन्तुष्ट देखिएपनि आफनो टोलीको प्रदर्शन विपक्षीभन्दा राम्रो रहेको दावी गरिरहेका थिए । एपीएफका प्रशिक्षक डम्बरसिंह गुरुङले युवा खेलाडीहरुको भरमा प्रतियोगितामा होमिदाँ पनि पुलिसजस्तो विपक्षीलाई दवावमा राख्दै उपविजेता बन्न सकेकोमा सन्तुष्टी व्यक्त गरे । उनले भने'हामी आज अण्डरडगका रुपमा मैदान छिरेका थियौं । तथापि हामीले उनीहरुभन्दा राम्रो खेल्यौं र बढी अवसरहरु सृजना गर्यौं । दर्ुभाग्य हाम्रा प्रयासहरु सफल भएनन् । यद्यपि एकजनापनि स्टार नाम नहुनाका बावजुद यहाँसम्म आइपुग्नु नै उपलब्धि हो ।' गुरुङले आफनो गोलकिपर सरकारलेको ठुलो गल्तीमा पहिलो गोल खानुपरेको बताउँदै त्यसगोलपछि खेलले नयाँ मोड लिएको बताए । उता पुलिस प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि आफनो टोलीले सशस्त्र भन्दा निकै उच्च स्तरीय प्रदर्शन गरेपनि जितका लागि संर्घष गर्नुपरेको बताए । 'हामीले आज पुरै समय विपक्षीभन्दा राम्रो खेलेका हौं । तर उनीहरुको डिष्ट्रक्टिभ प्रदर्शनले हामीलाई लय समाउन दिएनन् । तथापि हामीले खेलमा नियन्त्रण राख्यौं र नतिजा हात पार्यौ. ।' उनले भने ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment