Monday, January 7, 2008

सहारा क्लबलाई ५ लाख नगदसहित जर्सी एकेडेमीलाई बुट प्रदान

पोखरा/पोखराको प्रतिष्ठित फुटबल क्लब सहारा क्लबलाई बेलायतमा बसोबार गर्ने क्लबका मानार्थ सदस्यहरुबाट आर्थिक तथा खेलकुद सामाग्री सहयोग प्रदान गरिएको छ । क्लबको भवनमा सोमबार आयोजित कार्यक्रममा क्लबका हितैसी मुक्षेत्र गुरुङले बेलायतमा संकलन गरिएको ५ लाख नगद क्लबका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गर्नुभयो । सहारा क्लबले एकेडेमीको लागि पोखरा उपमहागनरपलिाका १७ रातोपैरोस्थित २६ रोपनी जग्गा खरीद गरेको छ । उक्त जग्गामा एकेडेमीको लागि फुटबल मैदानमा बनाउन सहयोग पुर्‍याउने उद्देश्यले गुरुङले उक्त रकम क्लबलाई दिनुभएको हो । क्लबलाई आर्थिक सहयोग जुटाउन बेलायतमा केही महिनाअघिमात्रै सविन र्राई साँझको च्यारिटी शो गरिएको थियो । मुक्षेत्र गुरुङको पहलमा भएको उक्त कार्यक्रममा संकलित रकम फुटबल मैदान निर्माण गर्न क्लबलाई सहयोग गरिएको गुरुङले जानकारी दिनुभयो । 'सहारा क्लबको कामप्रति प्रेरित भएर आर्थिक सहयोग गर्ने अभिरुचि बढेको हो ।' उहाँले भन्नुभयो । त्यसैगरी क्लबका मानार्थ सदस्य नविन गुरुङले सहारा क्लबलाई जर्सी प्रदान गर्नुभएको थियो । ब्राजिलको जस्तै पहेलोंमा हरियो मिक्स जर्सीहाराको आधिकारीक जर्सीने क्लबका अधयक्ष विक्रम थकालीले बताउनुभयो । जर्सी बेलायतमा बस्ने क्लबका मानार्थ सदस्य नविन गुरुङ, भुपेन्द्र गुरुङ र सदस्य रामचन्द्र गुरुङले सहयोग गर्नुभएको हो । त्यसैगरी बाल खेलाडीको लागि मानार्थ सदस्य शेरा गुरुङले सेकेण्ड हृयाण्ड बुट सहयोग पठाउनुभएको क्लबले जनाएको छ । सहारा युकेलाई स्वागत गर्ने क्रममा लिम्कोक्विङ विश्वविद्यालयका निर्देशक अमोल गुरुङले पोखरालाई खेलकुदमा मात्र नभई शिक्षा क्षेत्रमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा क्लबका अध्यक्ष थकालीले सहारा एकेडेमीको खेल मैदान निर्माणकार्य त्रि्ररुपमा अगाडि बढाएको जानकारी दिदैं मैदानको लागि साढे दुइलाख खर्च भइसकेको बताउनुभयो । उहाँले भविष्यमा पनि बेलायतबाट आर्थिक सहयोग हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

No comments: