Tuesday, January 1, 2008

छैटौं आहा गोल्डकप आजदेखि

कास्की, पुस १६ - सहारा क्लब पोखराद्वारा सञ्चालित आहा गोल्डकपको छैटौं संस्करण मंगलबारदेखि पोखरा रंगशालामा सुरु हु“दैछ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र रुपन्देही-११ बीच हुनेछ । पुस २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र विदेशका गरी १२ टिम सहभागी हुनेछन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नबिल थ्री-स्टारसहित धरान फुटबल क्लब सुनसरी, रूपन्देही ११, एनआरटी क्लब, काठमाडौं, पmेन्ड्स क्लब, ललितपुरले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी क्लबले प्रतिस्पर्धा गर्नेछन् । सहभागी अन्य टिममा पेयरलेस, कोलकाता, सहारा युके र डिगान्टा पोसारी, बंगलादेश छन् ।

No comments: