Tuesday, January 15, 2008

कुकर बम विस्फोट द्वारा गाउँले आतङ्कित

लहान, १ माघ । सीमावर्ती जानकीनगरमा गए राति लुटपाट गर्न आएका हतियारधारी समूहले लुटपाट गर्न नपाएपछि तीन वटा कुकर बम विस्फोट गर्राई गाउँलेलाई आतङ्कित पारेका छन् । पन्ध्र/बीस जनाको सङ्ख्यामा आएको सो समूहलाई गाउँलेले लखेट्दा उनीहरुले कुकर बम विस्फोट गर्दै भागेका थिए । यसैबीच गए राति नै अज्ञात हतियारधारी समूहले सिरहाको महादेवा पोर्ताहा-१ बस्ने ४५ वषर्य जहरदेव यादवलाई अपहरण गरेको छ । आफ्नै घरमा बसिरहेको बेला सात/आठ जनाको सङ्ख्यामा आएको सो समूहले राति ११ बजेतिर यादवलाई अपहरण गरी अज्ञातस्थलतर्फलगेको प्रहरीले जनाएको छ । हालसम्म अपहरणको जिम्मा कुनै समूहले लिएको छैन ।

No comments: