Sunday, January 13, 2008
सेना समायोजनको कुरा छाडेर निर्वाचनमा लाग्नर्ुपर्छ ः ओली
चितवन, पुस २८ गते । नेकपा एमाले)का वरिष्ठ नेता केपी शर्मा ओलीले सेना समायोजनको कुरा छाडेर निर्वाचनमा लाग्नुपर्ने बताउनुभएको छ ।प्रेस चौतारी चितवनले शनिबार साँझ भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँँले सेना समायोजनको विवादले निर्वाचनलाई असर पार्ने हँुदा त्यसतर्फर्सतर्क रहन दलहरुलाई आग्रह गर्नुभयो ।नेता ओलीले देशमा चुनावको वातावरण बनिसकेको बताउँदै तर्राईको समस्या यथासक्य छिटो समाधान गर्नुपर्ने बताउँदै भन्नुभयो, "तर्राईमा असमानताको नाउँमा अपराध बढेको हुँदा सरकारले जायज मागलाई यथोचित ढङ्गबाट सम्बोधन गर्नुपर्छ ।" पत्रकारहरुको जिज्ञासामा बिनाविभागीय मन्त्री सुजाता कोइरालाको राजतन्त्रप्रतिको भनाइलाई खण्डन गर्दै नेता ओलीले नेपाल गणतन्त्रको बाटोमा हिँडिसकेको हुँदा अब कसैले रोक्न सक्दैन भन्नुभयो । पत्रकारहरुले झन्डै साढे दर्ुइ घण्टा कुरेपछि आइपुग्नुभएका नेता ओलीले सुस्ता र कालापानीको विवादलाई उग्र रुपमा लिएर उत्तेजित कारबाहीभन्दा समाधानका प्रयास थालिनु उपयुक्त हुन्छ भन्नुभयो ।एमालेनिकट अखिल नेपाल महिला सङ्घको प्रशिक्षण कार्यक्रममा चितवन आउनुभएका नेता ओलीले नेपालमा वैदेशिक हस्तक्षेप भने नभएको बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment