Saturday, January 19, 2008
तर्राईमा सरकारले बल प्रयोग गर्न सरकारलाई सुझाव
पोखरा, ५ माघ । नेकपा एमालेका स्थायी समिति सदस्य वामदेव गौतमले तर्राईमा अहिलेसम्म राज्यले बल प्रयोग नगरेको बताएका छन् । उनले त्यहाँ भैरहेको अपराधिक गतिविधि रोक्न बल प्रयोग गर्न सरकारलाई सुझाव दिएका छन् । तर्राईमा आतंक मच्चाउन अतिहिन्दूवादी र प्रतिगमनकारीहरुले प्रयास गरिरहेका बताउदै गौतमले त्यस्ता मुठ्ठीभरका तत्वलाई नियन्त्रणमा लिन सकिने दावी गरे । प्रेस चौतारी कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गौतमले तर्राईमा विद्रोहीका नाममा अपराधिक गतिविधि भैरहेको बताए । "अहिलेसम्म सरकारले ती मुठ्ठीभरका तत्वलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको छैन । त्यस्ता तत्वलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नै पर्छ ।" गौतमले भने । उनले राजाको जुठो पुरो खाएकाहरुले राजा राख्ने कुरा गर्नु कुनै अनौठो होइन भने । बिना विभागीय मन्त्री सुजाता कोइराला प्रति लक्षित गर्दै गौतमले भने-उनले राजा राख्नु पर्छ भनिन भन्दैमा अचम्म मान्नु पर्दैन । अन्तरिम संविधान अन्तरग तबनेको सरकारमा बसेर सोही संविधान विपरित बोल्दै हिड्ने सुजातालाई काराही गर्न गौतमले कांग्रेसलाई चुनौति दिए । गौतमले माओवादी छापामार समायोजन नगर्ने कुरा गर्नेहरु संविधान विरोधी भएको आरोप लगाए । "सेना समायोजन गर्ने कुरा सम्झौतामा छ, अन्तरिम संविधानमा छ ।" उनले भने-"समायोजन गर्ने कुरा सस्थागत रुपमा गैसक्यो, अब कसैले समायोजन हुन्न भन्छ भने त्यो व्यक्तीगत कुरा मात्र हो ।" गौतमले मान्छे मारिए भन्दैमा संविधान सभाको निर्बाचन नरोकिने दावी गरे । "संविधान सभाको निर्बाचन नभए पनि मान्छे मारिएका छन् ।" गौतमले भने-"मान्छे मर्दैमा र मार्दैमा निर्बाचन रोकिन्न ।" उनले निर्बाचन एकै चरणमा हुने र जहाँ विथोलिन्छ त्यहाँ पछि गर्ने गरी निर्बाचनका कार्यक्रम तय गर्न निर्बाचन आयोगलाई सुझाव दिए । चैत्र २८ मा मुलुकभर एक साथ संविधान सभाको निर्बाचन हुने दावी गर्दै उनले भने-"त्यसपछि जहाँ विथोलिन्छ, त्यहाँ दोश्रो चरणमा हुन्छ । फेरि पनि विथोलिए तेश्रो, चौथो चरणमा हुन्छ । तर संविधान सभाको निर्बाचन हुन्छ हुन्छ ।"
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment