Friday, January 18, 2008

कतारमा नेपालीलाई मृत्युदण्ड तय

दोहा, माघ ३ - एक इन्डोनेसियन युवतीको हत्याको अभियोगमा मृत्युदण्डको सजाय पाएका सिरहाका चन्द्रशेखर यादवको पुनरावेदनको अन्तिम निर्ण्र्ाा १५ दिनमा हुने भएको छ ।
घरेलु कामदारका रूपमा कार्यरत इन्डोनेसियाली युवतीलाई सुरुमा बलात्कार गरेर हत्या गरेको अभियोगमा चार वर्षघि यादवसहित दुइ भारतीय नागरिक अनिकृष्णनन मुढ्ढा र मासगल्ट श्रीदरन एकसाथ थुनामा परेका थिए । उनीहरूस“गै थुना परेका कम्पनीका गार्ड लमजुङका बुद्धिमान गुरुङलाई भने दुइ वर्षो जेल सजाय सुनाइसकिएको छ । उनीहरूको मुद्दा २००३ डिसेम्बरदेखि चल्दै आएको थियो ।
'२००६ को नोभेम्बरमा नेपाली यादवसहितका भारतीय नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको हो,' दोहा नियोगका उपप्रमुख रामकाजी खड्काले कान्तिपुरस“ग भने- 'मृत्युदण्डमाथि गरिएको पुनरावेदनको भने जनवरी ३१ मा निर्ण्र्ाा हुने भएको छ ।'
जनवरी ३१ मा यादवका तर्फाट प्रतिरक्षा पत्र बुझाइने र यसका लागि नियोगले कतारी मूलकी अधिवक्ता मोना अब्देल रहिमलाई जिम्मेवारी सुम्पेको छ । हाल केन्द्रीय जेलमा रहेका यादवको स्थिति बुझ्न नेपाली नियोगले पनि नियमित अनुगमन गर्दै आएको छ ।
आफ्नो नागरिकको बलात्कार वा मृत्युबारे इन्डोनेसियाली दूतावासले कतै उजुरी नदिएको र प्रहरीले रिपोर्टमा लेखेअनुसारकी इन्डोनेसियाली युवती दोहा विमानस्थलबाट बाहिरिएको रर्ेकर्ड भेटिएकाले यादवको पुनरावेदनमा सकारात्मक सुनुवाइ हुन सक्ने नियोग उपप्रमुख खड्काले बताए ।
महिनौंपछि अस्थिपञ्जर
कतारको अलखोरस्थित क्याम्पमा कार्यरत २७ वर्षो पूर्णबहादुर रोकाको मृत्यु भएको लामो समयपछि प्रहरीले सडक छेउमा शरीरका केही भाग मात्रै फेला पारेको छ ।
सन्तपुर-४ तनहु“का रोका सन् २००२ डिसेम्बरमा पायोनियर ओभरसिजबाट यता काममा आएका थिए । 'उनले केही महिनाअघि इन्टरनेसनल इन्जिनियरिङ एन्ड जेनेरल कम्पनीको काम छाडेर भागेको र लामो समयपछि उनको मृत शरीरका केही भाग सडक छेउमा भेटिएको प्रहरी रिपोर्ट छ,' उपप्रमुख खड्काले भने । लुगामा भेटिएको मोबाइलका आधारमा उनको शव पहिचान भएको थियो ।
परिवारले उनको शव बुझ्न चाहेकाले यसै साता कतार एयरवेजबाट काठमाडौं पठाउने प्रबन्ध भएको खड्काले बताए ।

No comments: