पोखरा, माघ २ - अमेरिकी राजदूत न्यान्सी पावेलले बुधबार पोखरामा विभिन्न दलसम्बद्ध राजनीतिकर्मी र सुरक्षा अधिकारीहरूस“ग भेट गरेकी छन् । आसन्न संविधानसभा निर्वाचनमा सुरक्ष्ँास्थितिबारे जानकारी लिन पावेल यहा“ आएकी हुन् ।
पावेलले कांग्रेस जिल्ला सभापति यज्ञबहादुर थापा र एमाले जिल्ला सचिव रवीन्द्र अधिकारीलाई होटल सांग्रिलामा भेटेकी थिइन् । त्यस्तै प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद शिवाकोटीलाई उनकै कार्यकक्षमा भेट गर्ने कार्यक्रम रहे पनि पोखरा आउन विमान ढिलाइ भएकाले शुक्रबार सारिएको छ । उनी तीन दिन पोखरा रहने कार्यक्रम छ ।
जिल्लामा रहेका माओवादी, जनमोर्चालगायत दलले भने भेटबारे आफूहरूलाई थाहा नभएको बताए । कांग्रेस र एमालेका नेतालाई दूतावासले यसअघि भेट्ने जानकारी दिई सम्पर्ूण्ा 'बायोडाटा' समेत मागेको एमाले सचिव अधिकारीले जानकारी दिए ।
Thursday, January 17, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment