Sunday, January 27, 2008
तीन बिघा जग्गामा लगाइएको अफिम नष्ट
गौर, १३ माघ । इलाका प्रहरी कार्यालय, कोपवा पिपरियाले रौतहट जिल्लाको बसन्तपट्टी गाविसको भेडियाही टोलको तीन बिघा जग्गामा लगाइएको अफिम नष्ट गरेको छ । सो गाविसको वडा नं. २, ३ र ४ मा गत केही वर्षेखि अफिम खेती हुँदै आएको सुराकीमार्फत थाहा पाएपछि कार्यालयबाट गएको टोलीले अफिम नष्ट गरेको थियो । नष्ट गरिएको अफिमको मूल्य तयार हुँदाको अवस्थामा करिब रु.एक करोड हुने बताइएको छ ।अफिम खेती गर्ने व्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको सो कार्यालयले जनाएको छ । स्थानीय व्यक्तिहरूले भने सो कार्यालयमा कार्यरत अघिल्लो प्रहरी निरीक्षककै संलग्नता र संरक्षणमा सो ठाउमा अफिम खेती हुँदै आएको बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment