Friday, January 11, 2008

एड्सले सातको मृत्यु

संखुवासभा, पुस २६ - एचआईभी/ एड्सबाट जिल्लामा एक दशकमा ७ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एड्स प्रभावित ५६ मध्ये ३५ जनाको अवस्था अज्ञात छ भने १४ जना रोगग्रस्त छन् । यस वर्षो साउनदेखि मंसिरसम्म थप ३ रोगीको पहिचान भएको छ । संखुवासभामा ५४ सालदेखि रोग प्रभावित भेटिएका हुन् । जनस्वास्थ्य निरीक्षक महेशप्रसाद महतोका अनुसार शीतलपाटी, दिदिङ, याफू, जलजला, खा“दबारीमा रोगी पाइएका हुन् । विदेशमा रोजगारीका लागि गएकाबाट रोग भित्रिएको जनाइएको छ ।

No comments: