संखुवासभा, माघ १३ - वाईसीएल कार्यकर्ताले मागेको चन्दा दिन नसकेपछि यहा“का एक र्सवसाधारणको घरजग्गा कब्जा गरेका छन् ।
वाईसीएलले मागेको १ करोड रुपैया“ खा“दबारी-३ गुवाबारीका भुवनसिंह गुरुङले दिन नसकेपछि एक महिनाअघि घरजग्गा कब्जा गरेका हुन् । गुरुङ पत्नी पूर्ण्ााका अनुसार घरमा रहेका चार बालबालिकालाई बाहिर निकालेर ताला लगाएका थिए । २० मुरी धान फल्ने खेतमा पनि झन्डा गाडेका छन् ।
पूर्ण्ााको खुट्टा भा“चिएकाले उपचारका लागि गुरुङ एक महिनादेखि राजधानमै छन् । 'घरमा केटाकेटीमात्रै थिए,' पूर्ण्ााले भनिन्- 'सबै लुगाफाटा, भा“डाक“ुडा फ्या“किदिएर जबरजस्ती कब्जा गरे ।' उनका अनुसार बालबालिका काकास“ग शरण लिएर बसेका छन् ।
वाईसीएलले धेरै अघिदेखि गुरुङ परिवारसित चन्दा माग्दै आएको थियो । गुरुङले भने 'सामान्य आर्थिक अवस्था भएकाले' चन्दा दिन नसक्ने बताउ“दै आएका थिए । 'एक करोड रुपैया“ कहा“बाट
ल्याउनु -' उनले भनिन्- 'सक्दैनौं भन्दा बिचल्ली पारे ।'
माओवादी कार्यकर्ता विनयले भने गुरुङको घर भाडामा लिएको दाबी गरेका छन् । वाईसीएल अध्यक्ष विश्वास जिल्ला बाहिर रहेकाले सर्म्पर्क हुन सकेन ।
जिल्लाका अधिकारकर्मीले सात दलको सहमतिविपरीत माओवादीले संविधानसभा निर्वाचन बिथोल्ने क्रियाकलाप जारी राखेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।
Monday, January 28, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment