Sunday, January 6, 2008
रक्सी बेचेमा एक हजार जरिवाना
पोखरा, २२ पौष । कास्की जिल्लाको कास्कीकोट गाउ विकास समिति वडा नं. ७ का युवाहरुको पहलमा गठित विहानी युवा क्लबले सो गाउमा विकृती नियन्त्रण अभियान शुरु गरेको छ । सो अभियान अन्तरगत गाउमा रक्सी उत्पादन र बिक्री बितरणमा अबरोध गर्न थालेको छ । मादक पदार्थले गाउका युवा समेत ब्रि्रेको र परिवारकका सबैलाई प्रभाव पार्ने भएकाले नियन्त्रण गर्न थालिएको विहानी युवा क्लबका उपाध्यक्ष उत्तम गिरीले बताए । सो क्लबले एक महिना अघि रक्सी नियन्त्रण गर्न सूचना टाँसेको भए पनि त्यसको वेवास्ता गरिएको भन्दै सात वटा घरमा छापा मारेर एक सय ५० बोटल रक्सी नियन्त्रणमा लिई नष्ट गरेको थियो । यसैबीच गाउका स्थानीय ब्यापारी जमुना पुरी, देव गिरी, हिरा पुरी, धर्म गिरी, रामचन्द्र गिरी, नन्दकली त्रिपाठी र कृष्णबहादुर अधिकारीले अबका दिनमा रक्सी उत्पादन र विक्री वितरण गर्दैनौं भन्दै हस्ताक्षर गरेको उपाध्यक्ष गिरीले बताए । क्लबले आगामी दिनमा पनि बिक्री वितरण गरेको थाहा पाएमा एक हजार रुपैयासम्म जरिवाना गर्ने निर्णय समेत गरेको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment