Sunday, January 6, 2008

चुनाब भाँड्नेलाई वाईसिएलले कारबाही गर्ने

६ जनवरी, ०७ । वाईसिएलका अध्यक्ष गणेशमान पुनले चुनाव बिथोल्न खोज्नेहरुमाथि जनकारबाही गर्ने चेतावनी दिनुभएको छ । आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उहांहरुले सात दल एक भएर अगाडि बढे चुनाव बिथोल्न खोज्नेहरु आफै किनारा लाग्ने बताउनुभयो । आफूहरुलाई चुनाव विरोधी भन्नेहरुलाई गतिलो जवाफ दिने बताउदै भन्नुभयो,'चुनाव भाड्न खोज्नेहरुलाई कडा कारबाही गर्छौं ।' तपाईंहरु कस्तो कारबाही गर्नुहुन्छ भन्ने प्रश्नमा उहांले संविधानले दिएको अधिकार उपयोग गरी कारबाहीका अलावा उनीहरुविरुद्ध आन्दोलन छेड्ने बताउनुभयो ।राजावादीहरु आन्दोलनको खोल ओढेर संविधानसभा भाड्न लागेकाले कारबाही शुरु गरिएको बताउनुभयो । गणतन्त्र घोषणा भईसकेकाले राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा बस्ने अधिकार नभएको पुनको भनाई थियो । उहांले भन्नुभयो,'ज्ञानेन्द्रलाई नारायणहिटीमा बस्ने अधिकार छैन, हामी त्यहांबाट निकाल्न आन्दोलन छेड्छौं ।

No comments: