Monday, January 14, 2008
पोखरा-बागलुङ्ग राजमार्ग आज बिहानैदेखि अबरुध्द
१३ जनवरी, ०८ । सवारीचालकमाथि कुटपिट भएको बिरोधमा यातयात मज्दुरले सोमबार बिहान सबेरैदेखि पोखरा-बागलुङ्ग राजमार्ग सडक खण्ड ठप्प पारेको खबर छ । पर्वत कुश्माबाट सहयोगी पत्रकार श्रीराम पौड्यालले टेलिफोनद्वारा प्रेषित खबरअनुसार गत शनिबार बाग्लुङ्बाट कोठियाघाटतर्फ जाँदै गरेको ना २ ख ८१०६ का चालक सिताराम पाण्डेलाई पर्वतको नयाँपुल क्षेत्रका युवाहरुले मरणासन्न हुने गरी कुटपिट गरेको भन्दै यातायात मजदुरहरुले राजमार्ग अवरुद्ध गरेका हुन् । यातायात अबरुद्धका कारण लामो तथा छोटो दुरीका सवारी साधन समेत चल्न सकेका छैनन् । घाइते पाण्डेलाई पर्वत जिल्ला अस्पतालमा उपचारको क्रममा टाउकोमा १० टाँका लगाइएको र आँखा तथा शरिरका विभिन्न ठाउँमा गम्भीर चोट लागेको यातायात व्यवसायीहरुले जनाएका छन् ।पर्वतस्थित अखिल नेपाल यातायात मजदुर संगठन पर्वत, स्वतन्त्र मजदुर संगठन पर्वत, ट्रेड युनीयन कांग्रेस महासंघ, पर्वतलगायतले चक्काजाम गरेका हुन् । विगत केही समय यताबाट पर्वत जिल्लामा यातायातको क्रममा विभिन्न विवादहरु उत्पन्न भएका छन् । एक साता पहिला एक सवारी चालकले कलेजकी छात्रालाई लक्ष्यित गर्दै गाडीको धुँवा फालेको निहुँमा चक्काजाम भएको थियो भने त्यसको एकसाता अगाडि सवारी साधनका खलासीले क्याम्पसका विद्यार्थी कुटेको निहुँमा सडक अबरुद्ध गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment