-ज्ञानेन्द्र शाह, नारायणहिटी दरबार-
हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो । मुलुक कुन अवस्थातिर गइरहेको छ, कस्तो दिशातिर डोरिएको छ, किन अस्तव्यस्त भइरहेको छ भन्ने कुरातिर नेपाली जनताले नै बोल्नु र भन्नुपर्यो । कहिल्यै पनि राजसंस्थाले शक्ति खोजेको छैन । राजसंस्थाको इतिहासमा यस्ता क्षणहरु कति आए-कति गए, नेपाली जनताको चाहना अनुसार नेपाली राजसंस्था चलेको छ र त्यतै तिर लागेको छ
मैले सुनेको र ज्ञात नभएको होइन, जनता पनि बोल्न सकेका छैनन्, विभिन्न कारणले । प्रजातान्त्रिक तौर तरिकाका नाममा बेढंगबाट देशको भौतिक संरचना नास गर्ने कुरा प्रजातान्त्रिक भएन जस्तो लाग्दछ । कसैले पनि कुनै बेला जनतालाई टेक फर ग्रान्टेड गर्न हुँदैन ।
शान्ति होस्, प्रजातन्त्र रहोस्, राष्ट्रियता बलियो बनोस् । कुन किसिमको राजनीतिक व्यवस्था नेपाली जनताले चाहन्छन्, त्यो नेपाली जनताको चाहनामा हुनुपर्दछ त्यो नेपाल र नेपालीलाई सुहाउँदो हास् । नेपालीको शिर ठाडो पारेर हिँड्ने व्यवस्था होस् । अस्थिरतालाई सुल्झाउने कुरा पनि प्रजातान्त्रिक तौर तरिकाबाट होस् भन्ने चाहना हो ।
साइलेन्स अल्सो एक्सन । चुप लागेका मात्र छैनौँ । त्यसको धेरै अर्थ छ । जसले बुझेको छ, बुझेका छन् । कसैले बुझ पचाए जस्तै लाग्छ । नेपाली जनताको आफ्नै पन छ । त्यसैमा राजसंस्थाको विश्वास छ । सहरको कुरा गरेर मात्र हुँदैन । डाँडाकाँडामा दुःख पाएर रहेका नेपालीलाई उत्तिकै महत्व दिइनु पर्दछ ।
राजसंस्था नेपाल एकीकरणभन्दा पनि पुरानो संस्था हो । राजसंस्था पहिला पनि थियो । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको एकीकरण गरिबक्स्यो, मौसुफबाट एकीकरण नभएको भए आज हामी कहाँ हुन्थ्यौँ ? राष्ट्रनिर्मातालाई बेइज्जत गर्ने कुरा आफूलाई र राष्ट्रलाई बेइज्जत गरेको जस्तो लाग्छ । हामीले नै ककसलाई कति ठाउँ दियौँ, त्यसको सम्झनाभन्दा पनि दोष अरुलाई दिनेभन्दा पनि आफूलो सुधार्ने बानी बसाल्नु पर्दछ कि ?
राजसंस्थालाई अगाडि बढाउने प्रयासमा नेपाली जनता नै अग्रसर हुनुपर्दछ । नेपालको छाति यति गहिरो र फराकिलो छ , जहाँ सबै नेपाली अटाउँछन् ।हामीले दर्ुइ वर्षअगाडि गर्न खोजेको प्रयास पनि २०४७ साल कै नेपाल अधिराज्यको संविधानअनुसार नै जनताको नासो जनतालाई फर्काउने प्रयास प्रजातान्त्रिक तौरतरिकाबाट गरेकै हो । माओवादीले प्रयोग गरेका उपायहरु बारे खुसी थिएनौँ । त्यसैले हामीले कुनै न कुनै किसिमबाट जनताको माग बमोजिम शान्ति प्रयासमा लागेका हौँ । सफल हुन सकेनौँ । हामीले त्यो मान्नै पर्छ । त्यसको नतिजा अहिले राष्ट्र र जनताले भोगिरहेको जस्तो लाग्छ। हामीले कोसिस गरेको प्रयास ठीकै थियो, कुनै न कुनै रुपले प्रमाणित हुँदै गएको छ कि जस्तो लागेको छ । राजसंस्था राजनीतिमा सरोकारै राख्दैन, राख्नु पनि हुँदैन । नेपाली जनताले जस्तो चाहना गर्छन्, राजसंस्थालाई त्यतैतिर ढाल्नुपर्दछ र त्यसअनुसार अगाडि बढाउनु पर्दछ । प्रजातन्त्र कमजोर भएको छ त्यसैले राजतन्त्र र प्रजातन्त्रको बलियो सम्बन्ध बढाउनु र बढ्नु परेको छ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment