Friday, January 4, 2008
राजाले दुःख दिएकाले काङ्ग्रेस गणतन्त्रमाःदेउवा
पोखरा, पुस १९ गते । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत महिनाभित्रै निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । "चुनाव हुँदैन भन्नु र आकाश खस्छ भन्नु एउटै हो", नेपाल प्रेस युनियन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार अन्तरक्रियामा बोल्दै देउवाले भन्नुभयो । उहाँले माओवादीलाई बाहिर राखेर निर्वाचनमा जान नहुने विचार व्यक्त गर्दै भन्नुभयो, "चुनाव हुनेमा म पूर्ण विश्वस्त छु, निर्वाचन हुन्छ हुन्छ ।"देउवाले आफू प्रधानमन्त्री रहेका बखत माओवादी द्वन्द्वकै अवस्थामा पनि निर्वाचन गर्न खोजेको स्मरण गर्दै त्यो बेलामा निर्वाचन सम्भव थियो भने अहिले किन नहुने - भन्ने प्रश्न गर्नुभयो । "मधेसमा खासै समस्या छैन, मधेसमा आन्दोलनरत अधिकांश समूहले निर्वाचनमा भाग लिने बताइरहेकै छन् । सात दल निर्वाचनका लागि प्रतिबद्ध छ । अनि किन निर्वाचनप्रति शङ्का गर्ने -", उहाँको प्रश्न छ । उहाँले निर्वाचनको मुखमा आएर जनगणनाको कुरा गर्नु निर्वाचनलाई पछाडि धकेल्ने शिवाय केही नभएको बताउनुभयो । "जनगणनाको माग गर्नु त निर्वाचन नचाहनु हो, जनगणनाका लागि त पाँच वर्षसमय लाग्छ", देउवाले भन्नुभयो । निर्वाचनको मिति आयोग र सरकारको सहमतिमा छिट्टै घोषणा हुने पनि उहाँले बताउनुभयो । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेसको एकीकरणपछि उत्साहका साथ निर्वाचनमा लाग्न नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाली काङ्ग्रेस संवैधानिक राजावादी पार्टर्ीीएको स्पष्ट पार्दै राजाले धेरै दुःख दिएका कारण बाध्य भएर गणतन्त्रको पक्षमा लागेको स्पष्ट पार्नुभयो । "२००७ देखि राजाले धेरै धोका दिए, दुःख र हैरानी दिए । हामीले त संवैधानिक मानेकै थियौँ । सधैंँ निरङ्कुश र लोकतन्त्रविरोधी भएर जनतालाई दुःख दिएपछि राजालाई नफालेर के गर्ने -", देउवाले प्रश्न गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष हेमराज बरालको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव नवीन सिग्देल र टङ्क गैरेले पनि बोल्नुभएको थियो । देउवाले सुदूरपश्चिम सर्म्पर्क एवं विकास समाज पोखराद्वारा बिहीबारै आयोजित सम्मान कार्यक्रममा बोल्दै सुदूरपश्चिममा विकासका धेरै सम्भावना रहेको बताउनुभयो । "यार्सर्ााम्बालगायत धेरै जडीबुटीको खानी छ, सुदूर पश्चिममा । बहुमूल्य ती बुटीहरुको उपयोग गर्न सके विकासले ठूलो गति लिनेछ", देउवाले भन्नुभयो । उहाँले मुलुक सङ्घीय ढाँचामा गएपछि सुदूरपश्चिममा विकासको कायापलट हुने बताउनुभयो । सुदूरपश्चिम र मध्यपश्चिमबाट पोखरा आई बसोबास गर्ने व्यक्तिहरुको सङ्गठन सुदूरपश्चिम सर्म्पर्क एवं विकास समाज पोखराका अध्यक्ष राजेश ठकुराठीको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment