Thursday, January 17, 2008

आचारसंहिता लागू

काठमाडौं, माघ २ - निर्बाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गरे पनि सात दलले त्यसलाई २ साता पर र्सार्न आग्रह गरेका छन् ।
ती दलको उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले २३ बु“दे समझदारीअनुरूप आयोगहरू गठन र स्थानीय निकायका लागि र्सवदलीय संयन्त्र बनाउन समय लाग्ने भएकाले १५ गतेदेखि लागू गर्न आग्रह गरेका हुन् । समितिको अनुरोधअनुसार सरकारले बिहीबारै आयोगलाई त्यस्तो आग्रह गर्नेछ ।
माओवादीले २३ बु“दे समझदारी कार्यान्वयनका लागि समय चाहिने प्रस्ताव राखेकाले आचारसंहिता लागू हुने मिति पछि र्सार्न बैठकले आग्रह गरेको स्रोतले जनायो । सात दलले भने निर्ण्र्ाार्सार्वजनिक गरेका
छैनन् । दलहरूको आग्रहबमोजिम आचारसंहिता लागू हुने मिति पछि सारिए सरकारले माघ १५ सम्म कर्मचारी नियुक्ति, सरुवा, बढुवा र विभिन्न आयोग गठन गर्न सक्नेछ ।
समझदारीमा एक महिनाभित्र बेपत्ता नागरिक छानबिन, सत्य निरूपण तथा मेलमिलाप, राज्यको पर्ुनर्संरचना, भूमिसुधार, उच्चस्तरीय शान्तिलगायत ५ आयोग र उच्चस्तरीय अनुगमन समिति गठन गर्ने उल्लेख छ ।
आयोगले भने सरकारी, अर्धसरकारी र स्थानीय निकायमा बुधबारदेखि नै आचारसंहिता लागू गरेको छ । चैत २८ मा हुने चुनावका लागि पहिलो चरणमा सरकार र त्यसस“ग सम्बन्धित निकायमा आचारसंहिता लागू गरेको हो । आचारसंहिता लागू भएपछि कर्मचारीको सरुवा, बढुवा, नया“ योजना स्वीकृत, शिलान्यास र अनुदान दिन पाइने छैन । मन्त्री वा राजनीति नियुक्ति पाएका व्यक्तिले सरकारी कामका लागि भ्रमणमा जा“दा निर्वाचन प्रचारप्रसार गर्न र सरकारी स्रँेत साधन दलको प्रचार-प्रसारका लागि प्रयोग गर्न पाउने छैनन् ।
आयोग प्रवक्ता लक्ष्मणप्रसाद भट्टर्राईका अनुसार आचारसंहिता अनुगमनका लागि केन्द्रीय र जिल्लास्तरमा अनुगमन युनिट बनाइएको छ । अनुगमनका लागि आयोगले आयुक्त डा. अयोधीप्रसाद यादव संयोजक रहेको समिति बनाएको छ । जिल्लामा स्थानीय निर्वाचन कार्यालयले अनुगमन गर्ने छन् । उम्मेदवार, दल, सञ्चारमाध्यममा पनि आचारसंहिता लागू भएपछि भने आयोग अनुगमनका लागि छुट्टै व्यक्तिहरू खटाइने उनले बताए । आयोगका अनुसार राजनीतिक दलका लागि फागुन ८, उम्मेदवारलाई १३ र सञ्चारमाध्यमलाई १९ गतेदेखि आचारसंहिता लागू हुनेछ

No comments: