Friday, January 4, 2008

पाँच महिनाको अवधिमा ८४ वटा नयाँ र्फम दर्ता

भीमफेदी, २० पुस । घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाले चालु आर्थिक वर्ष०६४/६५ को पाँच महिनाको अवधिमा घरेलु उद्योग तथा व्यवसाय गरी कुल ८४ वटा नयाँ र्फम दर्ता गरेको जनाएको छ । यस्तै सोही अवधिमा कुल ९५५ वटा वाणिज्य व्यावसायिक र्फमको नवीकरण गरिएको सो कार्यालयले जनाएको छ । यसअघि व्यवसायिक र्फमको दर्ता वीरगन्जस्थित घरेलु तथा साना उद्योग कार्यालयबाट हुँदै आएकोमा चालु आर्थिक वर्षेखि घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडाबाट नयाँ दर्ता दिने प्रक्रिया सुरु भएको कार्यालय प्रमुख झुम्केश्वर गौतमले बताउनुभयो ।

No comments: