Monday, January 14, 2008

सीमा क्षेत्रका भारतीय बजारमा मैत्री र्‍याली

महेन्द्रनगर, पुस २९ गते । देशको पश्चिमी सीमा नाका गड्डाचौकी र बहृमदेवमा तीन सातायता देखिएको विवाद अन्त्यका लागि आइतबार भारत-नेपाल मैत्री परिषद्ले सीमामा रहेका भारतीय बजारमा मैत्री र्‍यालीको आयोजना गरेको छ । सीमावर्ती बजार खटिमाबाट सुरु भएको र्‍याली बनबासा हुँदै टनकपुर पुगी समापन भएको थियो । र्‍यालीमा उत्तराञ्चलका विभिन्न ठाउँबाट करिब एक हजारको सङ्ख्यामा सहभागिता रहेको थियो । दुवै देशका राष्ट्रिय झण्डा बोकेर सीमामा विवाद खडा गर्ने कार्य जुनसुकै पक्षले गरे पनि सीमाका जनतालाई सह्य नहुनेमा जोड दिइएको थियो । कार्यक्रममा भारतको उत्तराञ्चल प्रदेशका राजसभा सांसद हरिश रावत, खटिमाका विधायक गोपाल राणा, नैनितालका विधायक केसी सिंह बाबा र चम्पावत जिल्लाका पर्ूवविधायक हेमेश खर्कवाललगायतको उपस्थिति रहेको थियो । र्‍यालीको समापनसभालाई सम्बोधन गर्दै अधिकांश वक्ताले नेपाल-भारत सीमा विवादबारे दुवै देशका सरकारले गम्भीर भएर कूटनीतिक पहल गर्नुपर्ने र दुवै देशका राजनीतिक दलले पार्टर्ीी लोकप्रियताका लागि सीमामा विवाद नल्याउन आग्रह गरेका थिए । उत्तराञ्चलको राजसभा सांसद हरिश रावतले नेपालको राजनीतिमा कुनै पनि भारतीय दलहरूले चासो राख्न नहुने धारणा व्यक्त गर्नुभयो ।

No comments: