संखुवासभा, पुस २१ - छोरी पढाएर के गर्नु - भन्ने मान्यता रहेको यो दर्ुगम भेगका बासिन्दामध्येका शिवप्रसाद चापागाईं भने पृथक् भेटिन्छन् । किनकि उनले दर्ुइ छोरीलाई बोर्डिङमा पढाएका छन् भने एकमात्र छोरा सरकारी स्कुलमा पढिरहेका छन् ।
'छोरीलाई असमान व्यवहार गर्नेका लागि चेतना जगाउन खोजेका हौं,' खा““दबारी-१ का चापागाईं भन्छन्- 'कोही खिसी गर्छन्, कसै-कसैले सराहना गर्न थालेका छन् ।'
यो अशिक्षित भेगका अधिकांश बासिन्दाले छोरीलाई पढाएका छैनन् । शिक्षा कार्यालयकै तथ्यांक हर्ेर्ने हो भने ३५ प्रतिशत बालिका शिक्षाबाट वञ्चित छन् । तर चापागाईं दम्पतीले मनिता र मनीषालाई स्थानीय र्सर्ूय बोर्डिङमा पढाएका छन् । उनीहरू ९ कक्षामा पढ्छन् । उनका भाइ सुमन भने हिमाल माविमा ८ कक्षामा पढिरहेका छन् । छोरीहरूको शुल्क महिनाको ८ सय बुझाउनर्ुपर्छ भने छोरालाई ५० रुपैया“ लाग्छ ।
धुपु-१ को डकेबाट कृषि पेसा छाडेर छोराछोरीका पढाइका लागि सदरमुकाम पसेका चापागाईंले देखाएको नौलो अभ्यासको केहीले अनुसरण गर्न थालेका छन् । उनीहरूजस्तै यहा“का डम्बरबहादुर श्रेष्ठले पनि छोरीलाई बोर्डिङ र छोरालाई स्कुलमा पढाएका छन् । छोरा सुरज कक्षा ९ मा अध्ययनरत छन् भने छोरी मनीषा सनराइज बोर्डिङमा २ कक्षामा पढिरहेकी छन् । श्रेष्ठका अनुसार दुवैलाई बोर्डिङमा पढाउन नसकेपछि एकलाई स्कुलमा भर्ना गरिएको हो । 'यहा“का गाउ“लेले छोरीलाई पढाउनै चाह“दैनन्,' प्रहरी सहायक निरीक्षकसमेत रहेका श्रेष्ठ भन्छन्- 'पढाइहाले पनि सरकारी स्कुलमा पढाउ“छन् । त्यसैले उदाहरणका लागि छोरीलाई बोर्डिङमा पढाएका हौं ।'
सदरमुकाम मात्रै हैन, विकट नुम-८ का तामाङ दम्पतीले पनि छोरीलाई बोर्डिङ पढाएका छन् । नरबहादुर तामाङले एक दिन टाढाको सदरमुकाममा ल्याएर छोरी कृष्टिलाई बरुण पब्लिक बोर्डिङमा पढाइरहेका छन् ।
छोरा संग्राम भने त्यहींको स्थानीय सिंहेश्वर माविमा पढ्छन् ।
छोरीलाई बोर्डिङमा पढाउनर्ुपर्छ भन्ने विषयमा कुनै निकायले चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छैन । खा“दबारी नगरपालिकाका
कार्यकारी प्रमुख युवराज दाहाल छोरीलाई राम्रो शिक्षा दिन अभियान थाल्न छोरी बोर्डिङमा पढाउने अभिभावक खोजी गरी सम्मान गरिने बताउ“छन् ।
Sunday, January 6, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment