Tuesday, January 15, 2008

एक डान्सर युवतीको रहस्यमय हत्या

१५ जनवरी, ०८ । राजधानीको सुन्धारास्थित एक डान्स रेष्टुरेन्टमा डान्सरका रूपमा कार्यरत एक युवतीको बुद्धनगरस्थित आफ्नै डेरामा रहस्यमय हत्या भएको छ । स्थायी घर लमजुङ भई बुद्धनगरस्थित आफलाल अवालेको घरमा डेरा गरी बस्दै आएकी २५ वर्षिया दुर्गा थापा क्षेत्री केही दिनदेखि हराएकी ठानेका स्थानीयवासीले थापाको बन्द कोठामा पटक-पटक मोबाइलको रिङटोन बजेपछि झ्यालबाट हेर्दा मान्छे ढलिरहेको देख्नासाथ स्थानीयबासीले प्रहरीलाई बोलाई ढोका फोरेर हेर्दा सोमबार थापालाई मृत अवस्थामा भेटिएको हो ।मृत अवस्थामा भेटिएकी थापाको मुखमा रातो स्वीटर कोचेको, दुवै हात पछाडि लगेर बाँधेर सिरक ओढाएको अवस्थामा भेटिएको थियो । मृत अवस्थामा भेटिएकी थापा सुन्धाराको गोर्खा डान्स रेष्टुरेन्टमा कार्यरत रहँदै आएकी थिइन् । उनको हत्यामा दुईजना संलग्न रहेको हुन सक्ने अनुमान प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको छ । थापाको हत्या कसले र किन गरेको केही खुल्न नसकेपछि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृत थापाका पति एक महिनाअघि दुवईमा वैदेशिक रोजगारका लागि गएका र उनका नौ बर्षिय छोरा मामाघरमा पढ्दै आएका छन् ।

No comments: