प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्वाचन आयोगका पदाधिकारीलाई चुनावको तयारीमा ढुक्क भएर लाग्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चैतमा चुनाव गराउन सरकारले सबै साधन र श्रोत परिचालन गर्ने बताएका छन् । षुष १७ गते आफ्नो निवास बालुवाटारमा भेटन आएका निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुलाई प्रधानमन्त्रीले चुनावको तयारी ढुक्क भएर गर्न आग्रह गरे । आयोगले भने अनुसार बजेट बेलैमा पाउने तथा कानुन पनि बेलैमा जारी हुने प्रधानमन्त्रीले उल्लेख गरे । राजनीतिकरुपमा चुनावको वातावरण बनाउन स्थानीयस्तरमा सर्वपक्षीय संयन्त्र बनाउने पनि प्रधानमन्त्रीले बताए ।
प्रधानमन्त्रीसँग आयोग पदाधिकारीहरुले चुनावको तयारीका लागि ९० दिनको समय आवश्यक रहेको बताएका थिए । चुनावको घोषणा भएपछि सरकारले चुनावका लागि सबै साधन र श्रोत परिचालन गर्नुपर्ने, सुरक्षाको ब्यवस्था मिलाउनुपर्ने र स्थानीय स्तरमा पनि दलहरुबीचको संयन्त्र हुनुपर्ने आयोग पदाधिकारीको माग थियो । भेटमा शान्ति मन्त्री रामचन्द्र पौडेल र सरकारका मूख्य सचिव भोजराज घिमिरेको पनि उपस्थिति थियो ।
आजै प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सर्वोच्च अदालतका प्रधानन्यायधिस केदारप्रसाद गिरीसँग पनि भेटेका छन् । आयोगका अनुसार, संविधानसभा चुनावको सन्दर्भमै प्रमुख आयुक्तले प्रधानन्यायधिससँग भेटेका हुन् ।
Tuesday, January 1, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment