Wednesday, January 9, 2008
मलेसियामा दुई नेपालीको मृत्यु
९ जनवरी, ०८ । वैदेशिक रोजगारीमा मलेसिया पुगेका सप्तरीका दुई युवकको सवारी दुर्घटनामा परी त्यही मृत्यु भएको छ । केही महिना अघि वैदेशिक रोजगारीमा मलेसिया पुगेका सप्तरीको विषहरिया ४ निवासी २९ बषिर्य वरुणकुमार यादवको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थाहा भएको छ । मलेसियाको एक प्रतिष्ठित कम्पनीमा सुपरभाइजर पदमा कार्यरत यादवको मोटरसाइकल दुर्घटनामा परी दुई दिनअघि नै मृत्यु भएपनि त्यसको खवर भर्खरै मात्र पाएको मृतकका पिता देवीलाल यादवले बताए । सोही दुर्घटनामा परी सप्तरीकै अर्का एक युवकको पनि मृत्यु भएको बताइए पनि हालसम्म उनको सनाखत हुन नसकेको थाहा भएको छ ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment