काठमाडौं, पुस २५ - अर्थ मन्त्रालयले निर्वाचन क्षेत्र विकास कार्यक्रममा खर्च गर्न प्रतिसांसद १० लाख रुपैया“ दिन सुरु गरेको छ । पहिलो चरणमा मंगलबार १ सय ९२ सांसदका लागि १९ करोड २० लाख विनियोजन गरिएको छ ।
जिविसमार्फ सांसदले आफ्नो निर्वाचन क्षेत्रमा चाहेको परियोजनामा यो रकम खर्च गर्नुपर्ने प्रावधान छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअर्न्तर्गत यो रकम राखिएको थियो ।
बजेट बनाउ“दा निर्वाचन तय भएकाले सांसदलाई सीधै रकम दि“दा चुनाव प्रभावित हुने भन्दै
यसमा विनियोजन गरिएको थिएन । तर सबै पार्टर्ीी सांसदले रकम नराखे बजेट स्वीकृत नगर्ने चेतावनी दिएपछि अर्कै शर्ीष्ाक राखेर मिलाइएकोे हो । त्यसलगत्तै निकासासमेत गरिएको हो ।
पहिलो पटक सांसद भएका र निर्वाचन क्षेत्र खुलेका सांसदलाई आफ्नो क्षेत्र तोक्न भनिएको थियो । ९ जना सांसदबाहेक सबैले आफ्नो गृह जिल्ला तोकेका छन् ।
सांसदले पहिचान गरेको योजनामा जिविसले उपभोक्ता समितिलाई यो रकम भुक्तानी दिन्छ
Wednesday, January 9, 2008
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment