Sunday, January 6, 2008

टेलिकमको सेयर मूल्य ६ सय

काठमाडौं, पुस २१ - देशकै सबभन्दा बढी नाफा गर्ने संस्था नेपाल टेलिकमको प्रतिसेयर न्यूनतम ६ सय रुपैया“ तोकेर बढाबढमा बिक्री गर्ने निर्ण्र्ााभएको छ । यो सेयरप्रति लगानीकर्ताको आकर्षा हेरेर सरकारले न्यूनतम मूल्य तय
गरेको हो ।
टेलिकममा सरकारी हिस्सा कम गर्न र्सवसाधारणलाई १ अर्ब ५० रुपैया“ बराबर -१० प्रतिशत सेयर) का लागि यो मूल्य तय गरिएको हो । यसको प्रतिसेयर अंकित मूल्य एक सय रुपैया“ छ । अर्थसचिव विद्याधर मल्लिकले यसबाट सरकारले ६ सयमा टेलिकमको सेयर बिक्रीको निर्ण्र्ााभएको पुष्टि गरे । यसबाट सरकारले कम्तीमा ९ अर्ब रुपैया“ प्राप्त गर्नेछ । यो अहिलेसम्मकै सबैभन्दा बढी रुपैया“को सरकारी सेयर लगानी बिक्री -विनिमेश) हुनेछ ।
चैत मसान्तभित्र सेयर बिक्री प्रक्रिया पूरा हुने गरी सरकारले तयारी गरिरहेको छ । यसका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक तोकिएको छ ।
सरकारले चालू आर्थिक वर्षो बजेटमा कात्तिक मसान्तसम्म सेयर बिक्री सुरु हुने उल्लेख गरेको थियो । यो सेयर बिक्री गरेर करिब ३ अर्ब ५० करोड रुपैया“ प्राप्त हुने अनुमान गरी बजेटमा राजस्वको लक्ष्य राखिएको थियो । र्
र्सवसाधारणस“गै टेलिकमका कर्मचारीलाई ७५ करोड रुपैया“ बराबर -५ प्रतिशत) सेयर बिक्री गर्ने निर्ण्र्ााभएको छ । यो सेयर भने कर्मचारीलाई यथार्थ मूल्यभन्दा कम प्र्रतिसेयर ९० रुपैया“मा दिइनेछ । 'टेलिकमको सेयर बजारमा आएपछि आपर्ूर्ति बढ्नेछ,' मल्लिकले भने- 'यसले अहिलेको अपारदर्शी पु“जी बजारलाई सच्याउन पनि सहयोग पुग्छ ।'
बजारमा पर्याप्त लगानीका अवसर नभएका बेला यो सबैभन्दा ठूलो सेयर निष्कासन हो । यसले समग्र पु“जी बजारलाई असर पार्ने र बजारमा लगानीयोग्य पु“जी कम हुने अर्थशास्त्री बताउ“छन् । लगानीका अवसर कम भएकाले हाल कारोबारमा रहेका कम्पनीको सेयर मूल्य उच्च दरले बढिरहेको छ । यो सेयर निष्कासनले नया“ लगानीका अवसर सिर्जना गर्ने र सेयर बजारलाई सुधार गर्नेछ ।
'सरकारलाई पर्ूवाधारमा लगानी गर्न यसले महत्त्वपर्ूण्ा स्रँेत उपलब्ध गराउ“छ,' अर्थशास्त्री डा. विश्वम्भर प्याकुरेलले भने ।
देशकै सबभन्दा ठूलो दूरसञ्चार सेवा प्रदान गर्ने टेलिकममा सरकारको १५ अर्ब रुपैया“ स्वामित्व छ । यसको गत वर्षो नाफा करिब ५ अर्ब थियो । तीन वर्षघि यसलाई संस्थानबाट कम्पनीमा परिणत गरिएको थियो । 'सेयर बिक्रीबाट सरकारलाई राम्रो आम्दानी हुनेछ,' टेलिकमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने ।

No comments: